Nepalese Folk Songs

Tuesday, January 29, 2008

धेरै हतार नगरौ

जाडोको महिना थियो क्यारे । टि भी कोठामा हिटर बालेको थियौ । पाहुनालाई डाईनिङ रूममा चिसो होला भनेर टि भी कोठामा नै भात खुवाउने भन्नुभयो । त्यस्तो राम्रो कार्पेट माथि भातको सिठा अथवा चिल्लो तरकारी वा तेल-सेल झार्ला भनेर टेबल मेट बिछाईयो । पाहुनाले खाना खाएर सकाउनुभयो । पाहुनालाई Tissue Paper ल्याएर दिनु नभ्याउदै पाहुनाले त हत्त न पत्त छेउको newspaper ट्याप्प टिपेर काच्याक कुचुक पार्दै हातमुख पुछ्न थाल्नुभयो । Newspaper परेछ एक्दमै low quality paper को । हुन्छ नि त्यो सुन्धारा असन तिर बेचिने दृष्टि, देशान्तर, जनादेश खाले खबरपत्रिका । पक्कै पनि त्यस्तो पत्रिकामा सस्तो खाले मसीको प्रयोग भएको हुनुपर्छ । अब त्यस्तो खाले कागजले मुख पुछेपछि के होला ?

बिचरा हाम्रो पाहुनाले मुख पुछेर टाउको ठाडो पार्दा त उन्को गाला, मुख र निधार भरि जताततै देशान्तर र जनादेश लेखिएको अक्षरै अक्षरले पोतिएको ।

जेन्युअरी नबित्त्दै हल्ला सुरु भैसक्यो

फेरि आउदैछ यो भेलन्टाइन्स डे ! मनाउनेहरुलाई मेरो धेरै धेरै शुभकामना ।
कतिजनाले यो दिनको बिद्रोह गर्छन, कतिपयले रमाइलो सित मनाउछन ।
तपाईलाई के लाग्छ ?

जोडी हुनेहरुले त बर्षै भरी माया पिरती लाउदै बसे भैहाल्यो नि, यो १४ तारिकको दिन मात्रै किन यति बिषेश ? जोडी नहुनेहरुले चै बर्षै भरी एक्लो हुदाहुदै पनि बिचराहरु यो दिन भने किन हो झन् ठुलो एक्लो हुनुपर्ने ? भन्नेहरुले भलेन्टाइन्स त परिवार अनि मित्रहरु सित पनि मनाउनु मिलिहाल्छ नि भन्छन् तर मलाई पत्त्यार लाग्दैन । त्यो जोडी नहुनेहरुले चित्त बुझाएको मात्रै हो -हुन त म पनि ती मध्ये एक परे ।

केटाहरुले गिफ्ट नै दिनु पर्छ र केटीहरुले गिफ्टनै पाउनु पर्छ भन्ने कुरा चै सायद हामीलाई पसले अनि व्यापारी दाजुभाईहरुले सिकाउनु भएको हो । सबैलाई गिफ्ट किन्नै हतार छ । भित्र भित्र व्यापारीहरु गदगद् छन । मनाउलेहरुले उनिहरुलाई जसरी ठिक लाग्छ, मनाईहाल्छन नि, होइन र ? तर जताततै बिज्ञापन गरेर, यस्तो किनेर देउ, उस्तो किनेर देउ, त्यहा लगेर जाउ, उता घुम्नु लैजाउ भनेर अर्काले सिकाईराखनु पर्छ र ? के जोडीहरु यति मुर्ख हुन्छन ? के उनिहरुलाई यो दिन कसरी मनाउने व्यवसायहरुले सिकाउनु पर्छ ? हुन त सामान किनेर दिदैमा र नदिदैमा माया गर्ने नगर्ने भन्ने कुरा त हुदैन तर मैले पनि गिफ्ट पसल चलाएर बसेको भए अर्कालाई यस्तो किनेर देउ उस्तो किनेर देउ भनेर Marketing पक्कै पनि गर्थेहोला ।

आफ्नो कथा त के भन्नु खै, हरेक बर्ष आउछ, लात हान्छ, जान्छ ।
अब त लात खाने बानी पनि भैसक्यो ।

Saturday, January 26, 2008

सजाय कसरी दिने मलाई पनि सिकाउनुस न

सजाय दिने सबैभन्दा उपयुक्त तरिका के हो ? सजाय कसरी दिनु पर्छ ? के सजाय दिनु खाँचो नै छ त ? के सजाय दिदैमा सबैकुरा ठिक हुन्छ ? कुन सजाय ठिक र कुन बेठिक ? खोई मलाई पनि थाहा छैन । यस्तै हाउडे कुराहरु सोचिराको थिए । एउटा सानोको कुरा याद आयो । ७-८ कक्षा तिर पढ्दा हो, Unit Test को रिजल्ट आयो । मलाई एउटा subject लागेको रहेछ । अब होस्टल इन्चार्जको कालो पाईपको स्वाँठ खाने भैइयो भनेर पिर परिराको थियो तर अचम्मै भयो । कस्तो रमाईलो, पिटाई नै खाईएन । त्यो जमानामा प्रज्ञा प्रतिष्ठानमा Interschool Spelling Contest हो कि नत्र Elocution Contest हुने गर्दथ्यो । यो पाली चै जो विद्धार्थी पास भएका छन उनिहरुलाई मात्रै प्रतियोगिता हेर्नु लैजाने हरे अन्त फेल हुने लट्ठक जतिलाई चै नलैजाने हरे भनेर होस्टल इन्चार्जले सबैलाई सुनाए । कस्तो झन् बेल्काको चिया बिस्कुट खाएपछि मज्जाले खेल्नुपर्छ भन्ठानेको त सबै साथीहरुलाई इन्चार्जले प्रतियोगिता हेर्नु पो लग्यो अन्त त्यत्रो ठुलो होस्टलमा खाली हामी तीन जना फेलौडेहरु मत्रै रह्यौ - म, सान्तोना र छेवाङ ।

संजिव सरले भन्नु भयो - "बोईज, दिस इज योर पनिष्मेन्ट!"
साथीले टाउको निहुराएर मसिनो स्वरमा भन्यो - "साला धोती मरी जा!"

हुन त सुने पनि के नै बुझ्थे होलान् र । सबै साथीहरु स्कूल ड्रेस नफेरिकन बसतर्फ लागे । हामी तीनजना चै कपडा चेन्ज गर्न dormitory तिर लाग्यौ । त्यो दिन कहिले बास्केटबल कोर्ट त कहिले टेबल टेनिस भाको तिर, कहिले गार्डन तिर त कहिले लअन टेनिस ग्राउन्ड तिर घुम्दै फिर्यौ । रातो माटो भएको त्यो लअन टेनिस कोर्टमा एउटा एक्दमै ठुलो सिमेन्टको lawn roller थियो । गएको हफ्ता कुन फुच्चेले हो चलाउदा खुट्टा चेपेकोले गर्दा lawn roller लाई कुनामा राखिएको थियो र कसैले पनि त्यो roller नचलाउनु भनेर warning दिईएको थियो । रिसको झोंकमा हामीले मिलेर त्यो roller लाई अर्को छेउ तिर धकेल्यौ र त्यतिकै छोडिदियौ । हुन त कस्लाई के क्षति नै पुग्यो र ? तर पनि rules and regulations break गर्न हिच्किचाउने हुदाँहुदै पनि त्यो दिन त एक्दमै ठीक काम गरेको जस्तो लाग्यो । (अझै के के चर्तिकला गर्यो, सबै विवरण त नखोलौ क्यारे )

जो विद्धार्थी पढ्नुमा कमजोर हुन्छन र जस्लाई त झन शैक्षिक कार्यक्रमहरुको पढ्न लेख्न जान्ने विद्धार्थीहरुको भन्दा बढि खाँचो हुन्छ, तिनीहरुलाई नै झन यस्ता curricular activities हरु बाट पन्छाएर ती गुरुले के सिद्ध गर्न खोजेका हुन त्यो त वहाँलाई नै थाहा होला । यो त समाजमा धनीलाई झन धनी र गरिबलाई झनै गरिब बनाउने काम जस्तै भएन र ? पक्कै पनि हाम्रा इन्चार्जले यो पाली यिनीहरुलाई रोक्यौ भने अर्को पालि यस्तै कार्यक्रमहरुमा जान पाउनको लागि यिनीहरुले मेहनत गर्नेछन भनेर अपेक्षा गरेको हुनुपर्छ । के वहाँले सोचेको जस्तै भयो होला त ?

Sunday, January 20, 2008

इन्डोनेस्यन आमै

एका बिहान इन्डोनेस्यन आमैले आफ्नो नातिनीको फोटो देखाउदै भनिन् - "लुक दिस इज माई ग्रेन्डटर । " हामी जस्तो ठिटालाई के खान देखाउनु पर्यो होला उस्को नातिनीको फोटो । अझै उ अहिले तरुनी भैसकी भनेर पनि भनिन । हामी सोझो मान्छे अलिकति लजाएको एकटिङ पनि गरिहाल्यौ । मैले पनि मौकामा थपिहाले,"शी इज भेरी प्रिटी! वि केन बी कावान-कावान ! बुढि आमैले हास्दै आफ्नो नातिनीको फोटो हत्तपत्त लुकाइन् । भरै भोलिपल्ट त पुरै फेमिली एल्बम नै बाहिर टेबलमा, त्यैपनि दुई-दुई ओटा । तर अहिले मलाई एल्बम हेर्ने फुर्सद भने छैन । यी आमैले केरालाई तेलमा तारेर पकौडा जस्तो बनाउद रैछिन । अन्त सिद्रा माछा पनि इन्डोनेस्याको एक्दमै सबैलाई मनपर्ने खाना भएको बताउछिन । वहाँले पकाउनु भएको खाना खाँदा त ब्रुनाईमा नासी कातोक खाएको याद आँउछ । दुईजना बुढाबुढी सधै मस्जिद जाँदा केई न कै खानेकुरा पकाएर लैजाने गर्दछन । आवाशले भन्यो धर्म नै गर्नु छ भने घरबाट नै सुरुगरे भैहाल्यो नि हैन ? त्याँ मस्जिदमा लगेर खुवाउनु भन्दा बरु हामीलाई नै मिठो मिठो पकाएर खुवाए कति उपकार हुन्थ्यो, हामीलाई सधै भात पकाई राख्नु पनि पर्दैनथ्यो । यस्तै यस्तै कुरामा अर्को कुरा निस्कियो । मान्छे हरु किन मन्दिरमा गएर मात्र खाना बाँढछन । बाटोमा बसेको माग्ने लाई पनि किन मन्दिरमै पुग्नुपर्ने ? उपकार गर्नेहरुले के मन्दिर वा मस्जिदमै गएर मात्रै अर्काको भलो गर्नुमिल्छ भनेर सोच्दछन ? सांचो परोपकारीले त यसरी आफ्नो उपकार गर्ने गन्तव्य पक्कै पनि छुट्टाउदैनन् ।

कतिपयले भलो गरेवापत स्वर्ग पुगिन्छ भन्ने लोभमा उपकार गर्दछन । त्यो उपकार होइन, लोभ हो । त्यो उस्ले स्वर्गको ढोकाभित्र छिर्ने टिकट बनाउनु खोजेको मात्रै हो । त्यहाँ ढोकामा बस्ने accountant लाई लौ! हेर भग्वान मैले कत्ति धेरै मान्छेलाई उपकार गरेकोछु भनेर भन्नुको लागि मात्रै हो । पक्का उपकारीलाई न स्वर्ग चाहिन्छ न त पाताल नै । न उस्लाई कसैको पुजा गर्नु छ न कसैले आफुलाई पुजोस भन्ने आश नै । धर्मको कुरा गर्ने हो भने कहिल्यै पनि सकिन्दैन र मान्छेहरु एक आपसमा सधै म ठिक र त बेठिक भनेर लड्छन । यै कुराले धर्म भनेको मानव निर्मित institution हो भनेर बुझिन्छ नत्र त्यो युगमा दैविय शक्तिहरु भएको भए पक्कै पनि आजसम्म मानिसहरु यसरी लडिरहेको हुदैनथिए । धर्म भनेको अन्धोहरुको लागि हो तर यो भन्दै गर्दा मैले आफैलाई ज्ञानी भन्नु खोजेको पनि होइन । म नाष्तिक होइन । मलाई सबै धर्मको teachings हरु मनपर्छ तर धर्मसंगै संस्कृतिबाट गाँसिएर आउने rituals को भने म सबैभन्दा ठुलो शत्रु हुँ । मलाई भग्वानको फोटो पुज्नु मनलाग्दैन । बरु उस्ले सिकाएको पाठ अनि राम्रो कुराहरु पुज्नु मनपर्छ (rituals excluded)।

कहाँ इन्डोनेस्यन आमाको कुरा कहाँ गाग्रामा पुगिराको । भैगो आजलाई यति नै । त्यो फोटो एल्बम चै कुनै दिन हेरौला । पक्कै पनि त्यहाँ उन्को थुप्रै राम्री राम्री नातिनीहरुको फोटो हुनुपर्छ ।

Saturday, January 19, 2008

तातो पानी

टोइलेटभित्र बाट कसैले बेस्सरी चिच्चाएको आवाज आयो, ”आsssत्था! मा...ने !"
सुन्दा पनि साह्रो हाँसुठ्यो । पक्कै पनि प्रज्वललाई तातो पानीले झुक्काएर पोलेको हुनुपर्छ । अहिले घरमा shower बिग्रेकोछ । तातो पानी कतिखेर एकैछिनमा व्हात्त आउने हो थाहा हुदैन । फेरि जतिसुकै मसिनो धारा पारे पनि एकदमै पोल्ने तातो पानी आउछ । त्यैमाथि धारा पनि कुन जमानाको हो कुन्नि? थोत्रे न थोत्रे छ । अस्ति म नुहाईरादा पानी साह्रो चिसो भयो भनेर हल्का तातो पानी पार्नु खोजेको त भरै झ्वाम्मै तातो पानी बढ्यो । त्येई माथि पानीको force ले बिग्रेको shower को बिर्को पनि फ्वात्तै झर्यो । त्यत्रो ठुलो पानीको भेल त सिधै मेरो निधारमा - आत्थु ! धारा बन्द गर्नु खोज्छु, पानी बन्द नै हुदैन ! त्यो जाबो सानो चारकुने shower, पछाडि सर्नु पनि नमिल्ने, एकछिन त ओहो झन्डै मरिन ! मासुलाई देक्चीमा उमाल्दा कस्तो हुदरैछ भनेर अलिकता अनुभव पनि भयो । कस्तो साह्रो निधार पोलेर burn भैराको छ । कस्सो ! तपाईहरुले झन्डै boil गरेको मासु खान पाउनुभएन । प्रेशर कुकरमा दाल पकाउदा, बिर्को भरि पानीको पहेलो फाप्रा बन्छ नि अन्त कोट्टाउदा पनि प्वाक्क प्वाक्क उप्किन्छ नि! हो त्यस्तै मेरो पनि निधारबाट छाला त्यसरी नै उप्किन्दैछ । मैले अईनामा हेरेको । अब नया छाला पलाउने भयो । जे होस् ! अब मेरो पुरानो टेन्सनै टेन्सन ले भरिएको निधारको छाला सबै निस्केर जाने भयो । २००८ मा मेरो नया निधार हुने भयो ।

Wednesday, January 2, 2008

Jackson Height को यात्रा

मीर्क्याटले आफ्नो घाटी तन्क्याए झै म पनि झ्याल बाहिर घाटी तन्क्याउदै हेरे । हिउ परेको रहेनछ । जुता कसे र लागे सब्ब्वे तर्फ । अलिक् चिसो हावा चलेको रैछ । बाटोमा एउटा दुइटा मान्छे हिढेको देखे । नया बर्षको बेला, जाडोको मौसम, फूटपाथ भरि सुकेको पात हावाको बेग संगै गट्टरतिर बत्तासिदै थियो । बाटो मुनि ट्रेन कुदिरहेको आवाज आउदैथियो । आफ्नो मेट्रोकार्ड गोजीभित्र छाम्दै निकाले । तल मान्छेहरु अर्को ट्रेन पर्खिरहेका रैछन् । म पनि उनिहरु छेउ गएर उभिए । छेउमा एउटा मान्छे आफ्नो सानो फ्लुट बजाउदै थियो । निकै मिठो धुन थियो । तर कसैले पनि वास्ता गरेको जस्तो देखिन्न थियो । भीड जम्दै गयो । ट्रेन पनि आयो ।

ट्रेनभित्र कोहि निदाउदै थिए भने कोहि गफ हान्नैमा मस्त, कोहि आईपड खेल्दैमा मस्त भने कोहि किताब पढ्नैमा मस्त । म चै उभिइएर झ्याल बाहिर ट्रेनको रफ्तारसँगै बगेको दृश्य पछ्छ्याउदै थिए ।

रुजभेल्ट एभ्न्युमा ट्रेन रोकियो । बाहिर Jackson Height बजार आइपुग्यो जसलाई अप्रवासी भारतियहरु जय-किशन हाइट पनि भनेर भन्ने गर्दारहेछन । शिकागो शहरको Devon Street लाई दिवान स्ट्रीट भने जस्तै, हासो उठ्दो । जे होस, जय-किशन हाइटको एउटा घरको भित्तामा थियो भारतिय चलचित्र अभिनेता सारुखानको ठुलो पोस्टर । छेवैमा रहेछ बंगालीको समोसा पसल । समोसा पर्‍यो मेरो फेब्रेट । मुख च्याति च्याति समोसा टोक्नु साह्रै मनपर्ने तर काठमान्डुमा कलेज पढ्दा एकचोटी केटीसाथीहरु माझ मैले चम्चाले समोसा कोट्टाउदै खाएको देखेर केटीहरु दङै परेका थिए । मलाई निकै स्वाङ पार्नु पर्ने । तर म आजकल त्यस्तो छुइन । म एकदमै pragmatic वा practical भैसकेकोछु । विदेश यात्रा र शिक्षाले मेरा ढोंगी सोचाई र बिचारहरु बदलिईसकेका छन ।

बाटो पारि रहेछ नेपाली रेस्टुरेन्ट । नेपाली रेस्टुरेन्ट देखने बित्तिक्कै किन होला दिमागमा खाली मोमोको मात्रै याद आउने ? चिउरा र भटमास खाइयो । मिठो रहेछ । अघिल्लो रात त्यहि रेस्टुरेन्ट अगाडी एकजना नेपाली जस्तै देखिने चुरोटको सर्को तान्दै उभिएका मानिसलाई हामीले भेटेका थियौ । चिने चिने जस्तो लाग्ने तर हो कि होइन भन्दै मैले रेस्टुरेन्ट छिर्नु अघि फर्किएर सोधिहाले - " दाईलाई त एकदमै चिनेको जस्तो लाग्यो नि ! "

उहाँले भुईमा फालेको चुरोट कुल्चिदै, मन्द मुस्कान लाएर भन्नुभयो - " साथीहरु सबै मलाई हरिश माथेमा भनेर चिन्ने गर्दछन् । "

एकछिन त कुनै नेपाली फिलिमको डायलग दोहोरिएको जस्तो पनि लाग्यो । खुशी मान्दै म र मेरा साथीहरु उहाँसँग हात मिलाउदै एक दुई स्न्याप फोटो खिच्यौ र रेस्टुरेन्ट भित्र पस्यौ । रेस्टुरेन्ट भित्र गाउदै थिए दिपक बज्राचार्य । नेपाल हुदा मेरो लाईफमा यिनी कलाकारहरुलाई यत्ति नजिक बाट भेट्ने मौका कहिल्यै पाएको थिएन । म मान्दछु नेपाली पप गायक गायिकाहरु प्रति मैले पहिले पहिले श्रद्धा नराखे पनि मान्छे भेट हुदाँ त रमाइलो नै हुनेरहेछ । मान्छे भेट्नु अघि र भेटेपछिको छाप बेग्लै हुदँरहेछ ।

बाँकी दिन क्विन्स एरिया घुम्दै बित्यो । जताततै स्पेनिश भाषी मेहिकनहरुले लटरम्मै ढाकेका । मेहिकाली संगीत र खानाले उनीहरुको बजार फैलिएकोछ । त्यसै गरि भारतीय अनि बंगाली, जिविइस, पोलिश, रसियन, जर्मन, चाइनिस, कोरियन, जापानी लगायत सबैको आ-आफ्नै enclave निर्मित भैसकेको रहेछ । यहाँ एकजना सोलुखुम्बुको दाईले भन्नु भाथ्यो - "यहाँ नेपालीको बस्ती हुन त अझै लाग्छ १० बर्ष । "

रात परिसकेको रैछ । बाटोको छेउमा शांग्रीला भेन्डिङ रहेछ । तातो तातो बोसो सरीको मोमो झ्वाम्म मुखमा हाल्दा त तर्कुला पिल्छिएको पनि चाल पाएनछु । सब्ब्वे ट्रेन समातेर घर फर्क्यौ । लघभग सबै पसल बन्द भैसकेका रैछन । रातीको ११:३० भैसकेको रहेछ ।