मेरो नाम जाप्निजमा यसरी लेख्छ アナンタ ।
आफ्नो बारेमा आफै के भन्नु खै?
मलाई ढेंडो साह्रै मनपर्छ । एक् गाँस मुखभित्र हाल्दा आन्द्रा पनि टालिन्छ । डम्मै हुन्छ । मलाई भुटेको बासी भात पनि मनपर्छ । अझै तितो करेला मज्जाले करैमा पररर भुटेको हुनुपर्छ, ओहो भन्नै नपर्ने । धेरै पिरो खुर्सानी खायो भने मेरो टाउको चिलाउँछ र अन्त नाकबाट अलि अलि सिगान पनि चुहिनु खोज्छ तर म कंट्रोल् गर्नसक्छु । पातगोभी चै म गाईगोरुले जस्तै काचै खाईदिन्छु । मलाई बाख्राको खुट्टाको झोल् चै साह्रै मनपर्ने तर आजकल चै खाँदिन, पाप हुन्छ जस्तो लाग्छ । बिचरा उसले त्यो दुइटा खुट्टाले अझै कति पाईला टेक्थ्योहोला भन्ठानेर ...हुन त बाख्राको चारओटा खुट्टा हुन्छ ।
मेरो बिचारमा हाम्रो जीवन एउटा ठुलो नाटक हो जहाँ नाटकबाजी नगरे अफ्ठ्याह्रो हुन्छ तर असम्भव भने पक्कै छैन ।