Nepalese Folk Music

Sunday, December 16, 2007

The Birth of Saka

के तपाईहरुले सबैभन्दा माथि इन्टर्नेट ठेगाना हाल्ने ठाउँमा साकाहारी लेखेको देख्नु भयो ?

यहाहरुले यो केटा त साकाहारी पो रैछ भनेर अनुमान लगाउनु भयो होला । तर म पक्का साकाहारी होइन । ल्वाङ खाएर स्वाङ हो कि स्वाङ खाएर ढ्वाङ के-के हो भन्ने नेपाली उखान छ नि, हो त्यस्तै हो म । भन्नलाई साकाहारी तर चिटिङ गर्छु बेला-बेलामा ।

यहा एउटा रेस्टुरेन्ट्मा पहिलो चोटि काम गर्दा विदेशीहरुलाई मेरो नाम उच्चारण गर्नु अप्ठ्यारो भएकोले मलाई सजिलो नाम छैन तेरो भनेर सोधे । एउटाले भन्यो, हामी अब देखि तलाई Andy भनेर बोलाउछौ है भन्यो । मलाई त्यो विदेशी नाम मन परेन । त्यै माथि अझ मैले नेपालमा कृष्णलाई Kris, श्यामलाई Sam, हरिलाई Harry, रबिलाई Robbie भन्न रुचाउने नौटंकीहरु थुप्रै देखेछु । त्यो गोराले मलाई Andy भन्दा हो त्यै कुरा याद आयो । मलाई त्यस्तो तोर्पे नाम पिटिक्कै मनपरेन । अनि के नाम दिउ भनेर आफै सोचे । यहा तरकारी भन्दा कुखुराको मासु सस्तो । जहिले पनि कुखुरा खाँदा-खाँदा वाक्क भएर मासु खान कम गरेको बानी । आफैलाई अलि-अलि साकाहारी भएको भ्रम पनि भएको । "कल् मी - साकाहारी !" - भने ।

आश्चर्यचकित कुइरेहरु "व्हाट् द हेल् डज् दयाट् मीन् ?" भन्न थाले ।

तिनीहरुको अगाडी आफु प्रकृतिप्रेमी भएको ढोंङं गर्दै सबैलाई impress पार्ने स्वरमा भने - "इट् मीन्ज् दयाट् आइम् भेझटेरियन् !"

कुइरेहरु - "रियली ? यु डन्ट् ईट् एनि मिट् ? ईज् दयाट् सम्थिन् रिलिज्यस् ? "

मलाई फेरि ढाट्नु मन लागेन । के गर्नु सोझो मान्छे परे । त्यसैले हत्तार-हत्तार सच्याउदै भने - "नो ! नथिन् रिलिज्यस् । एक्चुअलि आई ईट् व्हाटेवर आई वान्ट् । जस्ट ट्राइन् कट् डाउन् मिट कन्सम्प्सन , यु नोह् , सो आइम् हाफ-भेझटेरियन ।" ( मासु खान कम गर्दै लैजाने भएकोले अर्ध-साकाहारी भने )

सबैजना हास्न थाले । सबैभन्दा ठुलो बेलायती कुक ले दिमाग लगाएर भन्यो - "इफ् यु आर् हाफ-भेझटेरियन, दयाट् मीन्स् यु आर् हाफ-साकाहारी । व्हाई डन्ट वी जस्ट कल यु हाफ अफ साकाहारी ? वी विल् कल् यु साका !" मलाई आईडिया मनपर्यो ।

उनिहरु सबैले भने -" वेल्कम टु द हाउस SAKA !! "

6 comments:

Anonymous said...

hahhahahhaha,......daami chha..kaile paila ta thaa ni lagena ki timi yeti ramro presenter hola bhanera....
keepup the gud work (malai nepali ma lekhna na aayera ho!!)

Anonymous said...

नेपाल हुदै सुनेको अंरिकामा तरकारी भन्दा खुकुरा सस्तो छ -त्यै भएर 'तरकारी पाइदैन रे' भनेर आमाले टन्नै गुन्द्रुक पोको पार्दिनु भाथ्यो।
साका सुन्ने बितिक्कै सोम त हिन्दि सिनेमाको हानमुग्रि गर्नेले राखेको जस्तो 'मामु' 'दादा' नाम पनि दुइटा अक्षरको 'साका' राखेको डरलाग्दो होला भन्ने संझेको बेक्कार भो। जेहोस रमाइलो चै रहेछ 'साका' को उत्पत्ति
निदाउनु अघि यसो नेट चाहार्दै थिए ठ्याक्कै पढ्न पाए- गफ दिन नि पाए त्यसो त सोम पनि गफाडि लाग्यो --किप राइटिङ ।

सेतो माकुरा said...

मैले हानमुग्रि भनेको के रहेछ भनेर पत्ता लगाउने धेरै प्रयास गरे । अझै पनि फेला परेन । के रैछ हँ यो हानमुग्रि भनेको ?

Anonymous said...

:)
हानमुग्रि शब्द मैले सृजना गरेको शब्द हो। यो दुइवटा छुट्टाछुट्टै अर्थ दिने शब्द बाट बनेको तर बेग्लै अर्थ निस्कने शब्द हो र फेरि शब्द क्रिया र नाम मिलेर समास प्रक्रिया बाट बनाएकि छु मैले। अँ समास पनि दुइथरि नै छ ।त्यसैले यस्लाइ अब्ययिभाव र बहुब्रिहि दुबै समास को पंक्तिमा राख्न सकिन्छ हे हे हे
उदाहरण: हान= हान्नु कुट्नु चुट्नु
मुंग्रि= लौरो, मुंग्रो
अब अर्थ --हान+मुंग्री =हानमुंग्री (गर्ने मान्छे )दाददगिरी गर्ने हुन्छ नि हिन्दि चलचित्रमा अनि नाम छै दादा, मामु ,साका ----यस्तै यस्तै भाको हो त्यहि भनेकी :)
पुनश्च: यो सब मजाक गरेको यहाले नै शब्दको अर्थ जान्न खोज्नु भएकोले--- शब्दको अर्थ त्यहि हो तर तपाइलाइ त्यस्तो भन्न खोजेको चै हैन है ---यो मेरो तितो तितो करेला जस्तो कमेन्ट मननपरे 'राख्ने या फाल्ने' सर्बाअधिकार ब्लगर माथि छ लोल!!
:)

सेतो माकुरा said...

क्रिया भनेको त verb भैहाल्यो । समास, अब्ययिभाव र बहुब्रिहि ओहो तपाई त नेपाली मेजर लिएर पढ्नु भाको हो क्या हो ? मलाई त दस जोड दुई पढ्दाको सम्झना आयो ।

बल्ल हानमुंग्रि को अर्थ बुझे । रमाईलो रहेछ । स्कूल पढ्दा त अलि अलि त्यस्तै हुँ भनुम तर साह्रै पनि हैन ।

पुनश्च: आत्तिनु पर्दैन । तितो तितो कमेन्ट त मेरो लागि हिरा-मोती सरह हुन । बाई द वे, मलाई पुनश्च को प्रयोग सिकाउनु भएकोमा मुरी मुरी धन्यबाद :)

तपाईको पनि ब्लग भएको भए तितो तितो कमेन्ट लेखनु हुन्थ्यो क्यारे !

Anonymous said...

ओ हो !!!!
मैले नेपालीसाहित्य पढेको हैन । मैले पनि दश जोड २ मै सिकेको हो:) मैले त्यहाँ प्रयोग गरेका शब्दहरु नेपाली भाषाको शब्द निर्माणमा देखिएका आधारभुत नियम हरु हुन नि त क्याप्छ्याकी । मलाइ के लाग्छ भने कोहि कसैले पनि आफ्नो आवस्यक्ता अनुसार नयाँ शब्द निर्माण गर्न पाउनु पर्छ --तपाई पनि शब्द बानाउनुस् अनि त्यसको प्रयोग तपाइले आफ्नै रचनाहरुमा आफै गर्नुस त बडो आनन्द लाग्छ :)

त्यसरी शब्द निर्माण गर्दा 'यो कसरी भयो?' भन्ने प्रष्न आउनेहुनाले सविस्तार लेखेको। कम्तिमा एउटो गतिलो काम भएछ म बाट। बाइ द वे अर्को पटक फेरि मेरो लेखाइ बाट केहि कामलाग्ने कुरो सिक्नु भयो भने नि:शुल्क हुने छैन :)

फाट्टफुट्ट लेख्छु म पनि यसो झोक चल्दा --तर मलाई मेरो यो ANONYMOUS नाम छै निकै मनपर्छ।