Nepalese Folk Music

Monday, December 3, 2007

यस्तो पनि हुँदरैछ

अस्ति भर्जिनियामा नेपाल पास पुच अमेरिकाये द्वारा आयोजित नेपाली कार्यक्रममा इन्डियन आईडल विजेता प्रशान्त तामाङको प्रस्तुति हेर्न पुगेको थिये। पहिले पहिले साथीभाईहरुले प्रशान्तको चर्चा गर्दा मैले त्यति ध्यान दिएको थिइन, न त टेलिभिजनमा कुनै प्रतिस्पर्धाको भाग नै हेरे, मैले केवल एकैचोटि मेरा मित्र प्रज्वल श्रेष्ठज्युले कर गरेर देखाउनु भएको youtube भिडियो चै हेरेको हु ।


एउटा नेपाली भएको नाताले मैले नेपाली कार्यक्रम नचुकाउने भनेर दाईहरु सित भर्जिनिया कर्यक्रमस्थलमा पुगे । कार्यक्रम सुरु भयो । मङोलियन हार्ट्सका राजु लामाले सर्वप्रथम नेपाली गीत् गाएर सबैलाई अभिनन्दन गरे । त्यस् पछि चै प्रशान्त तामाङले गीत गाउन थाले । मेरो सिट पछाडी बस्नु भएका नेपाली दिदी बहिनीहरुले मेरो कानै टुन्न हुनेगरी चिच्चाएर समर्थन गरे । प्रशान्तले चै अगाडी स्टेजबाट नेपाली गीत गाइदिएर दर्शकको मन जिते । उनले आफ्नो हिन्दी गीत गाउने कलाको प्रस्तुति पनि गरे । अनि फेरि नेपाली ढाका टोपी लगाएर "यो मन त मेरो नेपाली हो" भन्दै १९७४ ए डी को गीत गाएर दर्शकमाझ आफ्नो लोकप्रियता बढाए ।

प्रशान्त तामाङले कार्यक्रमको बिच-बिचमा छोटो ब्रेक लिदाबखत- सारङा श्रेष्ट र सरोज खनालले नेपाली गीतमा भारतीय पोशाकमा सज्जिएर पो नाच्नु थाले । एकछिन त म के नमिलेको के नमिलेको जस्तो लग्यो । हैन सायद यिनीहरुले अमेरिका आएर नेपालीको अस्तित्व नै बिर्सेका त होइनन् भन्ने जस्तो मलाई लाग्यो । त्यति मात्रै कहाँ हो र? क्यानडाबाट पाल्नु भएका दुइटा नेपाली बहिनीहरु कुनि के-के नाम हो क्यारे, अब त नेपाली पोशाकमा सजिएको नेपाली नाच हेर्न पाइने भयो भनेको त भुत्रो हुनु - जिप्सी जस्तो खाल्के लुगा लगाएर जिउ र कम्मर नछाटटिएको भएपनि जबर्दस्ती Belly Dancing गरेर मरे । त्यै पनि हिन्दी गीत हो कि अरबि गीतमा । हुन त अनुहार हेर्दा पनि केटा नै जस्तो देखिन्थ्यो । मलाई यिनीहरुले जानीबुझी रिस् उठाउन खोजेको हो कि के हो कुन्नि, भर्जिनिया कै एउटा लोकल बहिनीले अन्त्यमा अफ्नो नाचने कला प्रस्तुत गरिन् । त्यो पनि फेरि हिन्दि गीत मै नाचेर । हैन, मैले एउटा कुरा बुझ्नु सकिन, नेपाली गीतमा नाचेको भए के बिग्रिन्थ्यो? अझ गुन्यो चोलो लगाएको भए सुनमा सुगन्ध हुन्थ्यो नि हैन र? हुन त त्यो बहिनी हेर्दामा पनि साह्रै राम्री थिइन् तर के गर्नु, मेरो मन भने जितनुसकिनन् । हुन पनि बिचरीको के दोष । यतै अमेरिकामा हुर्किउन्जेल यस्तै सयौ नेपाली कार्यक्रममा गइन् होलि र जहिले पनि नेपाली गीतमा भारतीय पोशाक लगाएर नाचेको देख्दा भारत र नेपाल त एउटै हो भनठनिन् होला । बिचरालाई कसैले पनि भारत र नेपाल दुई भिन्न राष्ट्र हुन् र उनिहरुको आ-आफ्नो भेष-भुषा हुन्छ भनेर सिकाएन क्यारे ।


सयुक्त राज्य अमेरिका मैले आएपछि सबैभन्दा पहिलोचोटि उपस्थिति जनाएको नेपाली कार्यक्रममा टन्नै हिन्दी गीतहरुमा प्रस्तुति देखे तर नेपाली पोशाकमा सजिएर गरिएको नाच भने एउटा पनि देखनुपाइन । धिक्कार छ आयोजक तिमीलाई र हिन्दी र नेपाली अस्तित्व बिच फरक फरक पहिचान नराखनेहरुलाई । आफुलाई मनपरेको कुरा जोसुकैले अप्नाएपनि आफ्नो पहिचान भन्ने कुरा सदैव आफुसाथ राखनुपर्दछ ।

4 comments:

Anonymous said...

tapai ko lekh padhera comment hanna man lagyo dai. u hav a good point. tara malai kina kina prashant nepali jasto lagdaina. he ws born n brought up in india plus indian army ma kaam garchha. anyway, dats not the point.
prashant is indian idol, teibhayera tyo organiser haru le indian ra nepali dubai garnu khojeko hola tara janenan.

सेतो माकुरा said...

maybe you're right. aba arko choti program bhayo bhane, ekpali feri hernu janu parla. feri pani testai bhayo bhane chai.. baru gharma nai basi youtube ma belly dancing hernu parla. :)

Anonymous said...

मैले हजुरलाई नेपाली जस्तो लागेन भनेको बेक्कार भयो , तपाइ त नेपाली नै पो रे'छ । तर अझै म उहि कुरो दोहराउछु है --तपाईको लेख्ने कला निकै मनपर्यो मलाई ।प्रशान्तको कार्यक्रम मा हिन्दि गित र हिन्दि पोशाकले तपाइलाई झोक चलाए जस्तै वेब खोल्ने बित्तिकै बज्ने राम्रो संगित सहितको गितले मन त मेरो छोयो नै तर झोक पनि चलायो। कुन पो भाषा हो बुझ्नै सकिन । खुरुक्क नेपालीको ''तिम्रो घर चाँचरी ति तल हैन र,रेसम फिरिरि रेसम फिरिरि उडेर जामकि डाडामा ....' राख्न छोडि --:)

सेतो माकुरा said...

anonymous ज्यु .. तपाईले ठिक कुरा गर्नुभयो । त्यसैले मैले तपाईले भनेको जस्तै गर्नु खोजेको छु । अब मेरो पेज खोल्ने बित्तिक्कै नेपाली गीतहरु घन्किनेछन् । तपाईलाई पक्कै पनि मनपर्ने छ ।