Nepalese Folk Music

Tuesday, April 10, 2007

स्मुदिस

मलाई खासै भन्नु पर्दा आईसक्रिम खानु मनपर्दैन तर आईसक्रिममा लेमन लेखेको देखेर मेरो मुखमा थुक आयो । किनेर ल्याएको भरै त फ्रिजमा बिर्सेर तलपट्टि पो राखेछु अन्त पछि खाने बेलामा हेरेको त पुरै पग्लेर बाक्लो न बाक्लो पानी जस्तै भाको रैछ । तिर्खा लागेको बेलामा पर्खिनसक्नु भयो तर पनि केहिछिनको लागि फ्रिजरमा राखेको त आईस्क्रिम जम्नु साह्रै बेसि समय लग्ने जस्तो भएर मेरो पाली चम्चाले हल्का पानी-पानी नै रहेको आईस्क्रिम खानुथाले । अचम्मलाग्दो, यसरी पहिलोपल्ट खाएको आधा-पानी र आधा बरफक्रिम (बल्ल नेपालीमा आईस भनेको बरफ भनेर याद आयो त्यसैले बरफ लेखेको ) जे होस्, मलाई त निकै मिठो लाग्यो । कता-कता स्मुदिस खाको जस्तो पनि लाग्यो । अब स्मुदिसलाई नेपालीमा कसरी वर्णन गर्ने गाह्रो लाग्यो । तपाईहरु पनि यसरी बरफक्रिम खाने होइन त? :)

No comments: