Nepalese Folk Music

Monday, April 9, 2007

भोकटे

हामीले भोकटे रुखबाट झार्‍यो अन्त त्यस पछि भोकटेको फुटबल खेल्ने गर्थ्यौ । भोकटेले खेलाडीहरुको लात्ती खादा खादा नरम र गिलो गिलो भैसकेको हुन्थ्यो । त्यस पछि त्यो भोकटेलाई धारामा लगेर पानीले पुरा मजाले सफा गरेर, क्लासरूम भित्र गैइ नङ-काटनेको छुरीले भोकटेलाई सावधानी पुर्वक बिचबाट चिरेर, अनि त्यस्को बोक्रा चै ढ्वाङमा फाल्ने अनि खादा पनि टाउको नै चिलाउने एक्दमै पिरो नुन खुर्सानी एउटा स्टिलको भाडामा हालेर अनि रेसा रेसा छुट्टाएको भोकटे माथी झन् गुलियो चिनी थप्ने । भोकटेको हरेक रेसा रेसामा त्यो पिरो र गुलियोको समीश्रण; एउटा काटा प्रयोग् गरेर मिसाउने अनि त्यस्लाई छप्पक्क भिजुन्जेल छोडीदिने । त्यसपछि त्यो भोकटेलाई रससरी टप्प टिपेर आफ्नो मुखमा झ्वाम्म हाल्दा पुरा घाटी नै रसैरसले भित्र सम्म भिज्ने गरी खानु पाउदा कत्ति रमाईलो हुन्थ्यो । कस्तो मेरो त आफ्नै मुखमा थुक आयो । ट्वाक् ट्वाक् जिब्रो पडकाउनु मन लाग्यो ।

1 comment:

सन्तोष said...

तपाईं ले भोगटे को कुरा गर्दा मेरो त मुख मा पानी आयो । साच्चै कत्ती मिठो हुन्छ हगी ?