Nepalese Folk Music

Tuesday, April 1, 2008

क्याटर्याक्ट विरुद्द बेसबलको टोपी

हिमाली भेगमा बस्ने बालक तथा बृद्धहरुमा घामबाट आउने अल्ट्राभायोलेट किरणले गर्दा आँखामा असर पार्ने मौका धेरै हुन्छ हरे र त्यस्पछि आँखाले नजिकको मात्रै राम्रो सित देखिने र टाढाको चै धमिलो देखिने स्तिथि आईपर्छ हरे जस्लाई "क्याटर्याक्ट" भनिंदो रहेछ । क्याटर्याक्टका कारण दृष्टिविहीन पनि भैईने रहेछ । सोहि बिषयलाई लिएर क्यानाडाकी नागरिक वेन्डा दिदीले नेपालको दुर्गम हिमाली क्षेत्रमा क्याटर्याक्ट समस्या सुल्झाउन नेपाली बालबालिका तथा बृद्धहरु माझ थुप्रै बेसबल क्याप पुर्‍याउने निधो गरेकी रैछिन । त्यसका लागि उनले सहयोगार्थ अनेक प्रयत्न गरिरहेकी रैछन । क्याटार्याक्ट निर्मूलन पार्ने अत्ति उत्तम बिचार । म यो Caps against Cataract उद्दारकर्मीहरुको बिछट्टै नौलो अनि कलात्मक ढंगको बिचारलाई मनभित्र देखिनै आत्मसम्मान गर्दछु । क्याटर्याक्ट सर्जरी भनेको धनी र पैसा हुनेलाई मात्रै उपलब्ध भएकोले गरिब जनताका लागि भने बरु टोपी नै लगाएर भएपनि यो रोग निर्मूल पार्न सकिने सोचेर नै दिदीले पाईला चालेकी हुनुपर्छ ।

तर मलाई डर लाग्छ ...निशुल्कमा कुनै पनि कुरा पाईन्दैन हरे भन्छन ।

ती बेसबल क्यापहरुले(उद्दार गर्ने दानीहरुको इच्क्षा बिपरीत)दुर्गम क्षेत्रका कलिला नेपाली बालकहरुको क्याटार्याक्ट समस्या चट्ट सफा गरे वापत कलिला दिमागमा फेरि नेपाली टोपी भन्दा बिदेशी टोपी नै दामी भन्ने खाल्के नेपाली गौरवतामा आँच पुर्‍याउने मानसिकता नजगाईदियोस । मेरो बिचारमा हाम्रो मनमा यस्तो भावनाहरु पैदा हुनु भनेको क्याटर्याक्ट भन्दा ठुला मानसिक रोग हुन् जसले गर्दा ती बेसबल क्यापहरुमा गाँसिएका अपरिचित संस्कृति, महत्व, सपना अनि भावनात्मक मुल्यहरु आदिले व्यापारिक तथा अन्य पक्षलाई उद्दारको नाममा जानेर भनौ वा नजानिकन, जे होस् लामो अवधिमा उनीहरु आँफैलाई फाईदा हुने बाटो चै नबिछाईयोस् । उनिहरुलाई फाईदा भन्दा पनि हाम्रो आफ्नै नेपाली गौरव र पहिचानलाई बेफाइदा नभओस् भन्ने मेरो मुख्य छलफलको बिषय हो । सामान्य काठको पिर्काबाट उचालिएर गचक्क परेको आरामदायी सोफा सेटमा थचक्क बस्न त कसलाई पो मनपर्दैन ?

अर्को कुरा: हामी सधै किन सहयोग दिनेमा भन्दा लिने मध्येमा मत्रै पर्छौ ? उद्दार गर्ने राम्रो राम्रो कलात्मक तरिकाहरु किन उनिहरुलाई मात्रै आँउछ ?

नेपालीहरुको आँखा "मात्रै" जोगाउन लागिपरेका उद्दारकर्मीको प्रयास सफल रहोस् ।

यस सम्बन्धित आर्टिकल हेर्नु यहाँ थिच्नु होला ।

1 comment:

vivaforever said...

मलाई पनि चिन्ता लाग्न थालयो तर ठिकै छ तपाईं ले भन्नु भएको जस्तै आँखा "मात्रै" जोगाओश, लेट्स कीप आवर फिङर्स् क्रोस्सड ..:)