Nepalese Folk Music

Tuesday, October 16, 2007

हिमाली ट्रान्षक्रिप्सन

समय पनि कति छिटो बित्छरहेछ । लघभग ४-५ बर्ष नै भैसकेछ नेपालमा हुँदा काम गरेको। त्यतिखेर म जावलाखेल अवस्थित एउटा अफिसमा काम गर्थे । यो कुरा निकाल्नुको मुख्य कारण चै मलाई office भन्ने कमेडी सिरियल हेर्दा आफ्नो पुरानो अनुभव याद आएर हो । यो शो मा कर्मचारीहरु अफिस भित्र Call of Duty खेलेर समय बिताएको देखाईएकोछ । त्यहा जावलाखेलको अफिसमा हामी कर्मचारीहरु आ-आफ्नो काम छिटो-छिटो सक्काएर अफिस बन्द गरेपछि मल्टिप्लेयर गेमिङ सुरु हुन्थ्यो । हामी संग pentium II प्रोसेसर कम्प्युटर भएकोले गर्दा नया नया गेम नचल्ने हुनाले Delta Force, Half-Life खेलिन्थ्यो अनि पछि-पछि Counter-Strike जम्न थाल्यो । त्यो दिनहरु खुब झलझलि याद आउछ । सुरेन्द्र सर, सुनिल, सन्देश, प्रोबिन, गगन दाई, माधव सर, खेम दाई, सुमेन्द्र र सुबर्ण अनि म । मेरो weapon of choice चै mp5 थियो । केटाहरु साह्रै खप्पिस थिए । आफ्नै टिमलाई गोली हानेर मार्यो भनेर रिसाउने, पख तलाई बदला लिन्छु भनेर जित्ने कुराहरु, रमाइलो हुन्थ्यो । जे होस् म चै king नै थिए । हा हा ।


भिडियोमा देखाईएको जस्तै पुरा बत्ती-सत्ती मारेर, चिया खाने ब्रेकमा माथि छतमा गएर आ-आफ्नो टिमको strategy बनाएर पुरा गहिरो छलफल हुन्थ्यो । गगन दाई जहिले पनि sniper लिएर एउटा map को कुनामा ढुकेर बस्थ्यो अन्त म चै पछाडी बाट गएर चक्कुले slit गरिदिन्थे हा हा । सुनिलको weapon of choice खालि shotgun लिन्थ्यो । प्रोबिन चै खालि त्यो दारी भाको टेरोरिस्ट लिन्थ्यो । Close encounters हुँदा opponent खालि उफ्रे को उफ्रै गर्यो भने चै त्यो सुरेन्द्र सर हो भनेर चिनिन्थ्यो । खेम दाई चै साह्रै उत्तेजित हुन्थे र उसलाई कसैले मार्यो भने भन्नुहुन्थ्यो -"मेरो mouse बिग्रेछ के त्यसैले...."

Call of Duty ले चै Loras College को सम्झना ल्याउछ ।

Sunday, October 14, 2007

POW

तपाईहरुलाई मानव अधिकार सम्बन्धि विषयमा हल्का चासो छ भने यो वेब्साइट हेर्नुहोला । यहाँ युद्ध ताका कुन पक्षका र कसलाई युद्धबन्धि मानिन्छ, कसलाई अधिनमा लिन मिल्छ वा मिल्दैन, युद्धबन्धिहरुको जेनेभा कन्भेन्सन् ३ अनुरुप् कुन् तरिकाले व्यवहार सन्चालन गरिनुपर्छ भनेर एउटा idea दिन्छ ।

http://nobelprize.org/educational_games/peace/redcross/game.html

tiltviewer

मलाई हालैमा मनपरेको वेब्साइट यो हो । यो tiltviewer ले Flickr.com भन्ने वेब्साइट बाट फोटोहरु तानेर देखाउने गर्दछ । तपाईले यो cool application को प्रयोगले फोटोहरु नौलो तरिकाले हेर्नसक्नुहुन्छ । आफुलाई जता मन पर्यो त्यतै बङाएर पक्कैको फोटो एल्बम पल्टाएजस्तै पल्टाएर अरु फोटोहरु हेर्नसक्नुहुन्छ । एउटा फोटोमा क्लिक गरेपछि त्यस्लाई पछाडिपट्टि फर्काएर caption पनि पढ्नसक्नुहुन्छ र फोटो बाहिर क्लिक् गरेर सबैभन्दा तल रहेको return चिन्हलाई क्लिक् गरेर अझै थुप्रै फोटोहरु निकाल्नसक्नुहुन्छ । मलाई यो साह्रै मनपर्यो ।

Saturday, October 13, 2007

छम्ल्याहा

कम्प्युटर बिग्रेर मर्मत गर्दै बसेको दिनभरि आज । कतै बाहिर गएको छैन । अहिले दिमाग एक्दम खोक्रो भएको लागिरहेकोछ । त्यसैले टिभि निकै हेँरिदैछ । चेनल फ्लिप गर्दै बसेको। डिस्कवरी हेल्थ चेनलमा जोह्न एण्ड केट् प्लस एट भन्ने शो आउदरहेछ । एउटै घरमा आठ जना बच्चाहरु ! पत्ताउनै गाह्रो । Twins लाई जुम्ल्यहा भन्छ भने Sixtuplets लाई नेपालीमा के भन्छ ? तिनीहरुलाई के छम्ल्याहा भन्ने ? Sixtuplets को अर्थ एकैचोटी ६ जना जन्मेकाहरुलाई भनिन्छ । हुन त sixtuplets भन्ने अङ्रेजीमा कुनै शब्द नै छैन जस्तो लाग्छ तर जोह्न र केट जोडीले यो sixtuplets भन्ने शब्दको निर्माण मात्रै गरेनन्, सम्भव पारेर नै देखाईदिए । यो संसार अचम्मको छ । हरेक दिन नयाँ नयाँ कुराहरु देख्नुपाइन्छ ।