Nepalese Folk Music

Tuesday, September 22, 2009

धन्न बडाले बचाउनु भयो

सानोमा स्कुले हुँदा र्‍याप् म्युजिक सुन्ने लहर चलेको थियो । त्यो भनेको 90s को ओल्डस्कुल र्‍याप म्युजिक । र्‍याप सुन्ने मान्छे कमै हुन्थे । त्यतिखेर हामी साथीभाईहरु नटी बाई नेचर अनि क्रिसक्रस निकै सुन्थ्यौ । क्रिसक्रसहरुको भिडियो युट्युबमा हेर्नु भयो भने उनिहरुले उल्टो जिन्स्, उल्टो हूड्, उल्टो टोपी लगाएको देख्नुहुन्छ । त्यै देखेर हामीले पनि एकचोटी काठमान्डुको कुन चै हो मेलामा थुप्रै अरु स्कुलको केटाकेटीहरु आको बेलामा क्रिसक्रसहरु जस्तै ड्रेसअप गरेर गाको त भरै सबैजनाले घाँटी बंगाई बंगाई हेरेको । हामी त देखाउनु पायो भनेर दंगै परिराथ्यौ तर सायद त्यो बेला र्‍याप् म्युजिक धेरैले नसुन्ने भएर होला, उनिहरुले पत्तो नपाएर हामीलाई "यो केटाहरु बौलायो क्या हो, सबै कपडा उल्टो लगाईराछ" भनेर मनमनै हासेको होलान । त्यै भएर पनि होला, होस्टेलबाट छुट्टीमा घर जाँदा पनि, "हैन, किन उल्टो कपडा लगाछ ह? एल्ले! अलच्छिना लाग्छ नि! फुकाल्!!" भनेर गाली पनि खाईयो । त्यति मात्रै काँ हो र, त्यो जमानामा जिउ भन्दा ठुलो टिसर्ट लगाउने फेसन थिएन, त्यसैले पनि होला "झोले" भनेर नाम पनि खाइयो । एक्चोटी भैरहवामा हाम्रो बडाको घर जाँदा हिपहप ड्रेसअपमै झोले टिसर्ट, झोले हाफपेन्ट र बूट्स अनि बुट्स भन्दा बाहिर सेतो मोजा देखिने गरी लगाएर गाको त बडाले देख्ने बित्तिकै "तलाई त ब्रोइलर कुखुरा जस्तो देखिएछ है!" भनेर जिस्काउनु भयो । हा.. हा.. अहिले सम्झिदा हाँसुठ्छ । त्यो बेला चै आफैलाई निकै कुरी-कुरी लागेको थियो । सायद त्यैदेखिन हो क्यारे मैले हिपहप ड्रेस्अप गर्नु छोडेको । अन्त सायद बिस्तारी बिस्तारी मेरो बिग्रिनु आठेको attitude पनि फेरि पुरानै ठाउँमा फेरिन्दै आयो । अहिले नेपालमा हिपहप पल्टिनु खोज्नेहरुको संख्या र गति देख्दा मनमनै लाग्छ मलाई मेरो बडाले धन्न बचाउनु भयो ।       

Sunday, September 20, 2009

बल्ल फेरि सुरु गरे

समय पनि कत्ति छिटो जाँदा रैछ । नेपाल छोडेर एता आए देखिनको आजै हो पहिलो चोटी बिहानै उठेर कुद्नु निस्केको । आज पहिलो दिन् भएको हुनाले त्यति साह्रो धेरै कुदिएन । आज Makiki uphill लागेर घुमाउरो बाटो हुदै ओरालो फर्क्यौ । जम्मा २० मिनेट कुदेको त खलखली पसिना आएर कस्तो भाको । उकालो बाटो भएर होला । पसिना फाल्नु पाउदा मज्जा नै भयो । घर आइपुगेर कोठा भित्र छिर्नु अगाडी एक्छिन बाहिरै थकाई मार्दा त एकास्सी नेपालघर आमाबाबा याद आयो । नेपालमा हुँदा सधै बिहान आमाबाबा संगै उठेर तीनैजना कुद्नु निस्किने गरेको झल्झली याद आयो । दिदी चै अल्छि गरेर एक दुई चोटी मात्रै निस्केको याद छ तर कस्तो अचम्म झण्डै झण्डै ५ बर्ष पो बितिसकेछ । आजकल आमाबाबा कुद्नु निस्किनुहुन्छ कि हुदैन कुन्नि ? जेहोस् आबदेखिन् कुद्नु continue गर्ने बिचार छ । हेरुम कहिले सम्म maintain हुन्छ । हाम्रो ठाउँबाट Waikiki Beach अलिक टाढो छ नत्र त्यतै तिरै कुद्नु जाँदाम्हुन्थ्यो । सायद हप्तामा एकचोटी जाने गर्नुपर्ला । तर डाँडा तिरै सफा हावा हुन्छ क्यारे ।

Tuesday, September 8, 2009

लिज्जी केल्विनिज्जी

लिजा किचन भित्र आयो र वरिपरी टाउको घुमाउदै "व्हेर इज् दि ओल्ड बे?" भनेर सबैलाई सोध्दै खोजिरह्यो । केल्विनले व्यस्त भएर काम गरिराको बेलामा "लुक अन्डर द टेबल, इट् माइट बी अन्डर वन् अफ् दोज सिजननिङ सल्ट बक्सेज् बिनिथ द रयापर" भनेर भन्यो । सायद केल्विनले हतारमा भनेको सबैकुरा लिजाले एकैचोटी ठम्म्याउनु सकिनन अनि टेबल मुनि हेरेर उसले खोजेको समान भेटाउदै न भेटेपछि लिजाले फेरि चिच्चाएर भनिन, "केल्विनsss! अन्डर व्हेर्sss?

केल्विनले हत्त न पत्त लिजालाई हेर्दै भन्यो, "किप इट डाउन् गर्ल, डोन्ट टक अबाउट माई अन्डरवेर!!"