Nepalese Folk Music

Wednesday, May 30, 2007

बोर्डवकमा एउटा मान्छेले आफ्नो ट्रम्पेट बजाईराखेको थियो र अन्त छेउको पसलमा कुनि कुन चै एउटा र्‍याप बिट् बजिरहेको थियो । त्यो दुइटा छुट्टा छुट्टै धुन एक्दम मिठो फ्युजन बनिरहेको थियो । म कुनै दिन त्यस्तै एउटा "लो बिट्" संगै स्याक्सोफोन नभए ट्रम्पेटको साउन्ड मिक्स गर्नेछु ।

Monday, May 28, 2007

कछुवाको बच्चा

काम खोज्दा पाएन । त्यसैले सुदिशले समुन्द्रबाट कछुवाको बच्चा समातेर घर ल्याएको छ । क्य्राक । आशा छ साथीले छिट्टै काम पाउने छ र जीवजन्तु समातेर घर नल्याओव्स ।

अहिले भर्खरै TV मा ipod को नयाँ विज्ञापन हेरे । यो ल्याटिनो गीत एक्दमै मनपरेर खोजि हाले । एक्दमै राम्रो ट्युन छ ।

Mi Swing es Tropical by Quantic & Nickodemus on Grooveshark

Friday, May 25, 2007

नेपालमा हुदाँ एउटा ढलेको सिंका पनि ठाडो नपार्नेलाई यहा आएर दिन रात आव्हर्स् गन्दै काम गर्नु पर्दा त गाह्रो त हुन्छ नै । हरियो डलरले जिउमा नभएको मैला पनि निकालिदिँदा रहेछ । असम्भवलाई पनि सम्भव बनाउदरहेछ ।

काठमाण्डुमा घरमा बस्दा मधिसे मिस्त्रिहरु काम गर्नु आउदा आफु चै मज्जाले बहिर घाम तापी तापी चियाको मज्जा लिंदै उनिहरुले काम गरेको हेरेको कुरा याद आयो । यहा ओसन सिटिमा रेस्टुरेन्टमा काम गर्दा कुर्सिहरु पेन्ट गर्दा खेरी कुइरेको बच्चाहरुले मैले काम गरेको ध्यान दिएर हेर्दा त्यै कुरा याद आयो ।

सबैको पालो फर्केर आउदरहेछ ।

नेपाली दाजुभाईहरुको दुख मर्का देख्दा सुन्दा त यस्तो पाराले कहिले सम्म चल्छ होला भनेर टेन्सन पनि हुन्छ । हुन पनि किन नहोस? नेपालीहरुले कहिले सम्म यसरी आफ्नो देश छोडेर अर्काको देशमा काम गर्ने हो ? यहा विदेशमा जत्तिको दुख गरिन्छ, त्यति नै दुख आफ्नै देशमा गरे वापत अहिले सम्म हाम्रो नेपालमा पनि केहि न केहि प्रगति त भैसकेको हुन्थ्यो कि?

Tuesday, May 22, 2007

२००७ सालको गर्मीको बिदा

आज चै काम गरेर आएको । एक्दमै थकाई लागिरहेको छ । बिस्तारी बिस्तारी मैला लुगाहरु थुप्रिदैछ । हुन त कपडा धुने लण्ड्री पनि यो पालि त घरको ठ्याक्कै पछाडी छ । इन्टर्नेट पनि घर भित्र सजिलै टिप्ने रहेछ । यो पालि चै रमाईलो भैरहेकोछ । हुन त आज खासै भन्नु पर्ने कुरा त केहि छैन त्यैपनि ब्लगलाई निरन्तरता दिनका लागि केहि दुई चार शब्द भएपनि कोरौ भनेर हो ।

बसमा चढ्नु $२.०० डलर लाग्छ । बस चढेपछि एउटा टिकट पाईन्छ र त्यो टिकटले पुरा दिन भरि चढ्ने ओर्लिने गर्नु पाईन्छ । एउटा टिकटको समय चै बिहान ६ बजे देखिन लिएर भोलिपल्ट बिहानको ६ बजे सम्म गरेर पुरा २४ घण्टा सम्म लागु हुन्छ । हरेक दिन फरक-फरक कलरको टिकटमा फरक-फरक अक्षर लेखिएको टिकट हुन्छ । यहाँ ओसन सिटिको बसमा चढ्नु पनि एउटा नौलो अनुभव हुन्छ । संसार भरिका थरि थरि देशबाट आएका मान्छेहरुले भरिएको हुन्छ । कुईरे, काले, नेपाली, रसियन, थाई, पोलिश, मोरोक्कन देखिन लिएर, जमैकन अनि त्यस्तै त्यस्तै देशहरु गरिकन मेहिकन लगायत सबै थरिको मान्छेहरु त्यो बसमा चढेको हुन्छन । रसियन केटीहरुको अगाडी अमेरिकन केटीहरु त सबै कस्तो साह्रो मोटी-मोटी देखिन्छ रहेछ । रसियन केटीहरु चै दुब्ली न दुब्ली, पातली झण्डै मोडल जस्तै ज्यान भएको हुन्दारहेछ । अमेरिकनहरु बेसी मासु र चिज्ज खाएर होला मोटा मोटा भएको ।

Monday, May 14, 2007

म आज सम्म भिजिटेसनमा बास बस्नु परेको थिएन तर आज गाडी छुटाएकोले गर्दा भिजिटेसनमा बस्नु पर्यो । तर अहिले भने यहाँ सबै साथीहरु गर्मी महिनाको बिदामा कामको खोजिमा समुन्द्र सहर तर्फ लागिसके । अहिल यहा केवल बिवेक, सन्जित, उत्सव र शिखा मात्रै छन् । यो पालि सायद समय छुटाउने लहर नै चलेकोछ । सबैभन्दा पहिला अस्तिको दिन बिप्लवले आफ्नो फ्लाइट छुटाएको थियो र त्यसपछि समिरले हिजो आफ्नो फ्लाइट छुटायो र आज चै मैले आफ्नो गाडी छुटाए । बिवेक संगै म याहा भिजिटेसनमा बसेकोछु । अहिले २ घण्टा नबित्तदै मलाई छटपट् भैसक्यो । यत्रो पुरै समरको बिदा भरी बिवेक र उत्सवले कसरी समय बिताउछन जस्तो लागिसक्यो । अहिले मलाई संसार भरिको सारा फुर्सद समय प्राप्त भएको आभास भैराकोछ । गीत पनि त्यस्तै सेन्टिमेन्टल अनि रोमान्टिक खाले मात्रै बजिरहेकोछ । साह्रो एक्लो फील् भैराकोछ । हुन त अहिले यो समरको सुरुमा मात्रै हो । काम गर्नु सुरु गरिसकेपछि म जस्तो हजारौ नेपाली विद्दार्थीहरुलाई यहा कलेजको ट्युसन फीस् तिर्ने बाध्यताले न त दिन न त रात सोचिकन केवल हरेक घण्टा-घण्टाको हिसाब गर्दै काम गर्नुपर्छ । सबै जना कामको खोजिमा ओसन सिटि जान्छन । पहिलो पल्ट संयुक्त राज्य अमेरिका आएका नेपाली विद्दार्थीहरुका लागि कुबेरको खजाना । हुन त सबैले काम पाउछन भन्ने कुनै ग्यारेण्टी हुदैन । कोहि भग्यमानी पर्न जान्छन र फ्याट्टै काम पनि पाईहाल्छन । कोहि भने कामको खोजिमा महिनौ लगाउछन । कसैलाई भनेको जस्तो काम मिल्दैन भने कसैलाई जस्तो सुकै भएपनि काम पाए हुन्थ्यो भन्ने कुराले पिरोलिरहेको हुन्छ । ओसन सिटि पुगेपछि सबैभन्दा पहिलो कुरा बास मिलाउने काम । सम्पर्क कायम राखन सकेकाहरुले पहिल्यै नै घर खोजिसकेका हुन्छन । पहिलो पल्ट गएकाहरु मध्ये कसैलाई पनि नचिनेका नेपाली दाजु भाई दिदी बहिनीहरुको भने विचल्ली देखिन्छ । तर नेपालीहरु यस्तो मामिला सुल्झाउनमा अलिक सफल नै देखिएको हो कि कसरी हो जसो तसो बस्ने कोठा चै जसरी भए पनि मिलाउछन । त्यहा नेपालीले नेपालीको मद्दत गर्ने मान्छेहरु पनि भेटिन्छन भने मत्लब नै नगर्नेहरु पनि भेटिन्छन । एउटा नेपालीले छेउ बाट अर्को नेपाली जाँदा नेपाली भएको नाताले यसो हल्का श्रद्दापुर्वक हाँसिदिनु त पर्ने हो । यो कमै मात्रामा हुने गर्छ ।

धेरै जसो नेपाली मित्रहरुको लामो लामो कपाल भएको मैले देखे । यो फेसन हो कि के हो भनेर खोज तलास गर्दा के थाहा लाग्यो भने यहाँ कपाल काटेको मात्रै केवल $ १०.०० डलर लाग्दछ । नेपालमा हजामकोमा गएर रु. २५.०० तिर्नुपर्ने ठाउमा थर्काई-थर्काई १५-२० रुपियामा कपाल काट्ने गरेको बानी

पैसाको खडेरी परेको बेलामा दश-दश डलर तिरेर कपाल काट्नु भन्दा बरु फेसन नै बनाइदिउ भन्ने मनस्थितिले पो धेरै जसो नेपाली मित्रहरुको लामो लामो कपाल देखिंदरहेछ । सय मिटर बाटो पारी कपाल लामो लामो पारेर लङ-ख्रङ लङ-ख्रङ हिढिरहेको केटा देख्यो भने तपाईले आखा चिम्लेर त्यो पक्कै पनि नेपाली केटा हो भनेर ठोकुवा गर्न सक्नुहुनेछ । हुन त विचरा कैयौ मित्रहरुले रहरले होइन कर ले पनि कपाल लामो राख्ने गरेकाछन । कोहि भने आफु पाश्चात्य संगितप्रेमी रहेको दावी गर्छन् । तर कोहि भने ठीक त्यसको विपरित कपाल पुरै खौरेर आफु हिप-हप संस्कृति रुचाउने भनेर सोहि प्रकार ठुला-ठुला कपडा लगाउछन ।