Nepalese Folk Music

Tuesday, November 25, 2008

थुईया ! मोराहरुले अब फेरि लाखौ टर्कीहरु मार्ने भए ...

थेंक्सगिभिङ डे आउदै छ । यो बेला कलेजहरुमा छुट्टी हुन्छ । कुइरेहरुको दशै सरह चाड हो यो भन्नु सकिन्छ । टाढा टाढाबाट परिवारजनहरु यो चाड मनाउनु घर फर्किने गर्दछन् । यो बेला सबैजना अबेर सम्म सुत्ने, ढिलो उठ्ने गर्दछन । परिवारका सदस्य सबै सङै बसेर खाना खाने गर्दछन । यो चाडको मुख्य भोजन चै टर्की हो । उहिले जमानामा यहाको नेटिभ अमेरिकनहरु र कुइरे बिच एक आपसलाई धानबालाको साटोमा टर्की दिएर धन्यबाद दिएको देखिनको चलन हो हरे । अब यो नोभेम्बर २७ तारिक मनाउदैछन फेरि कुइरेहरु ।

थुईया ! मोराहरुले अब फेरि लाखौ टर्कीहरु मार्ने भए ...

क्रिस्च्यन धर्म अनुसार हिन्दु लगायत अन्य धर्म जस्मा पशुबलि चढाईन्छ अथवा पशु मारकाट गरिईन्छ त्यि सबै धर्महरु विह्चक्राफ्ट (बोक्सी तंत्र) हुन भनेर बुझिएको पाईन्छ । मैले हिन्दु धर्मको पक्षमा बोलेको होइन । तर यो कुरालाई एसो बिचार गरेको । यो थेंक्सगिभिङ पर्व सांस्कृतिक होस् या धार्मिक,जेसुकै भने पनि आखिर मनाउनेहरु त मुख्य क्रिस्च्यनहरु नै हुन नि ।

भनेपछि क्रिस्च्यनहरुले पनि आखिर आफ्नो चाडपर्वमा सिधै देवतालाई चर्चमा पशुबलि नचढाए पनि आखिरमा कुखुरा वा टर्की फारममा भए पनि नदेखिदो पाराले पशुबलि त चढाउदा रहेछन् नि त । जसोसुकै गरे पनि अन्त्यमा रक्तपात त भैहाल्यो नि । भने पछि कुन् धर्म विह्चक्राफ्ट भयो त?

Saturday, November 22, 2008

आफ्नो तरकारी आफै रोपौं

नेपालमा भित्रिने सयौ ट्रकलोडका फलफूल तरकारी भारतको कुन राज्यबाट आउने गर्दछ? त्यहा तरकारी ब्यवसायिक रुपमा हुर्काईने भएकाले बारीमा कस्तो खाले बिउ छरिईन्छ त? भारतमा मात्रै नभैइ नेपाल भित्रै पनि बारीमा छरिने बिउ कहाँबाट आउने गर्दछ होला? कतै ती सबै बिउहरु बिदेशी ल्याब्रटरीमा सुई घोचेर जेनेटिकली बनाईएको त होइन कतै? हाम्रा आमा बाबा भाई बहिनीहरुले पनि यस्तै सुई घोचेर बनाईएको तरकारी त खाईरहेका छैनन्? खासगरी गर्भवती महिलाहरु । कस्तो खाना खाई रहेका होलान् मेरा भाई बहिनीहरुले?

Friday, November 21, 2008

नेपालको झण्डा

जेकी चेनले हंगकंगमा आफ्नो अफिसरलाई फोन गर्छ । अफिसर चै दिन भरि बिदेशबाट आउने फोनकलमा ब्यस्त भएपछि थकित छन अनि आफ्नो बुढीलाई उठाउन लगाउछन । टेबलमा टन्नै देश-बिदेश बाट आउने फोनकलको लागि फोन झण्डा अनुसार मिलाएर राखिएको छ । तर एउटा कुरा मैले बुझिन । के त्यो जमानामा हरेक देश बिदेशबाट आउने फोनकलको लागि छुट्टाछुट्टै फोन हुने गर्थ्यो र? फोन त केवल एउटै मात्रै भए पुग्दैन र?

Tuesday, November 18, 2008

चिल्ड्रन अफ हेभन्

आज दुईतीन दिन भयो । निकै रमाईलो रमाईलो फिल्महरु हेरियो । अरु बेला हेर्नु मन लाग्दैन, उहि जाँच आउने बेलामा चै टन्नै हेरिन्छ । हालै हेरेको फिल्महरु मध्ये मलाई साह्रै मनपरेको चलचित्र एउटा "चिल्ड्रन अफ हेभन्" हो ।

यो चलचित्रको दुईटै भाग हेर्नुको लागि तलको लिंकमा थिच्नु होला ।

चिल्ड्रन अफ हेभन् (१)
चिल्ड्रन अफ हेभन् (२)

Saturday, November 8, 2008

तिमीहरु धेरै दाँत न तिखार

मलाई फेरी मासु खाने बिचार फर्केर आयो । साकाहारी हुनु त निकै गाह्रो पो हुँदोरैछ । सायद तपाईहरुलाई पनि यस्तै लागेर होला साकाहारी हुनु मन नपरेको । तर मासु नखादा भने जीउ चै एक्दमै हल्का भएको मलाई लाग्यो । हुन त मासु खानु चै ठिक होइन जस्तो लाग्छ । बिचरा कुखुरा, गाईगोरु, भैसी, बाख्रालाई हामीले हाम्रो उपभोगका लागि भनेर हुर्काउने गर्दछौ । कस्तो पापी हामी ! तर हामी बाच्नुको लागि भनेर मासु खाने गर्दछौ । यहि कुरा सोचेर चै मैले पनि होस् हौ अब देखि म पनि मासु खानु थाल्छु भनेर सुर कसेको छु तर एउटा खण्डमा !

म रहुन्जेल चै म कुखुराको मासु खाएर बाँच्छु तर मेरो कथा सकिसकेपछि चै मेरो हरेक पाटपुर्जा भोको गिद्धलाई चढाईनुपर्छ ।

मासु खान रुचाउने त्यी सबै मांसाहारी महानुभावहरु जसलाई आफु बाच्नुको लागि भनेर अर्काको मासु खानु चै कुनै आपत्ति नहुने तर फेरि आफु मरिसकेपछि आफ्नो जिउ चै भोको गिद्धलाई चढाईनु हुदैन भनेर जिउको चिन्ता पनि गर्ने? त्यो त साह्रै लोभी बिचार भयो नि । "आफुले अर्कासित केही कुरा लिईसकेपछि ज्ञानपूर्वक फिर्ता फर्काउनु पनि जान्नु पर्छ" भन्ने कुरा तपाई-हामी सबैले सानोमै सिकेको कुरा होइन र? यति ज्ञान हुदाहुदै पनि अनेक थरी निहुँ बनाएर कुरा बङाउने त्यस्ता स्वार्थी,मतलबी अनि लोभी महानुभावहरुलाई कुनै पनि कुराको मासु खाने कुनै अधिकार छैन !!! तिमी मोरामोरीहरु टोफु खाएर बसो ।