Nepalese Folk Music

Friday, August 15, 2008

यस्तै हो

खै? यो पालि झन ओसन सिटीको मुभी हलमा फ्री मा फिल्म हेर्नु जाने भनेको त त्यत्तिकै हुने भो ! टिकट चेक गर्नु ढोकामा उभिने सबै नेपालीहरु नै हुन्छन हरे । झन चिनेको नेपाली छ भने त सित्तैमा हल भित्र नै पसाईदिन्छन हरे भनेर सुनेको थिए । आफ्नो त भाग्यै रहेनछ । मेरो पनि एकदुईजना चिन्ने साथीहरुले त्यहाँ काम गरिदिएहुन्थ्यो नि । अनि त्यसपछी म पनि "चान्समा डान्स" भने जस्तै एकपल्ट पसेर सबै पाचैवटा मुभी भ्याएर निस्किन्थे ! लौ न लौ ! यहाँ कसैले मलाई पनि फ्रीमा मुभी हेर्नु पसाउने हो भने कृपया कन्ट्याक्ट गर्दिनु भएहुन्थ्यो ।

Monday, August 11, 2008

त्यस्तैखाले एउटा दिन

आज बिहान बसपार्कमा थुप्रै नेपाली विधार्थीहरु गाडी पर्खेर बसिरहेका थिए । निकै बेर भो पर्खेको तर गाडी आएन । म पनि एउटा कुनामा उनीहरु संगै गाडी कुरेर बसे । छेउमा एकजना को हो नचिनेको नेपाली विधार्थी वरपर एता र उता घुमिरहेका थिए । एक्छिनमा फेडरल एजेन्टका जस्ता देखिने दुईजना अग्ला अग्ला डिटेक्टिव हुन् क्यारे, हातमा बेन्डेड् लगाएको मान्छेलाई कसैले देखेको छ कि छैन भन्दै सोध्दै हिडिरहेका थिए । पछि एउटा नेपाली केटालाई बोलाएर सरकारी नम्बरप्लेट भएको गाडीमा बोलाएर लगेर गए । किन उसलाई बोलाएर लग्यो केहि कुरा थाहा भएन । आशा गर्दछु उनि सकुशल नै छन । जे होस, मैले चै के कुरा लेख्नु आटेको भने, त्यहा अर्को नेपालीले बाटोको छेउमा गएर पिचित्तै थुके । उसको साथीहरुले "ओए! मुला के गरेको तैले?" भनेर हपार्नु थाले । उसले भने दायाँबायाँ पुर्लुक्क हेर्दै कसैले पनि देखेनछ भनेर ढुक्क भएपछी, कलेजमा आफ्नो मेजर बिषय जनाउने हिसाबले मुसुक्क हाँसेर उत्तर फर्काए - "मेरो स्प्युटम डीस्चार्ज गरेको नि!" जे होस् उसलाई मान्नु पर्छ । काम जस्तो सुकै तल्लो गरेपनि भाषा चै निकै सभ्य प्रयोग गर्नु जानेको रहेछन् ।