Nepalese Folk Music

Monday, August 11, 2008

त्यस्तैखाले एउटा दिन

आज बिहान बसपार्कमा थुप्रै नेपाली विधार्थीहरु गाडी पर्खेर बसिरहेका थिए । निकै बेर भो पर्खेको तर गाडी आएन । म पनि एउटा कुनामा उनीहरु संगै गाडी कुरेर बसे । छेउमा एकजना को हो नचिनेको नेपाली विधार्थी वरपर एता र उता घुमिरहेका थिए । एक्छिनमा फेडरल एजेन्टका जस्ता देखिने दुईजना अग्ला अग्ला डिटेक्टिव हुन् क्यारे, हातमा बेन्डेड् लगाएको मान्छेलाई कसैले देखेको छ कि छैन भन्दै सोध्दै हिडिरहेका थिए । पछि एउटा नेपाली केटालाई बोलाएर सरकारी नम्बरप्लेट भएको गाडीमा बोलाएर लगेर गए । किन उसलाई बोलाएर लग्यो केहि कुरा थाहा भएन । आशा गर्दछु उनि सकुशल नै छन । जे होस, मैले चै के कुरा लेख्नु आटेको भने, त्यहा अर्को नेपालीले बाटोको छेउमा गएर पिचित्तै थुके । उसको साथीहरुले "ओए! मुला के गरेको तैले?" भनेर हपार्नु थाले । उसले भने दायाँबायाँ पुर्लुक्क हेर्दै कसैले पनि देखेनछ भनेर ढुक्क भएपछी, कलेजमा आफ्नो मेजर बिषय जनाउने हिसाबले मुसुक्क हाँसेर उत्तर फर्काए - "मेरो स्प्युटम डीस्चार्ज गरेको नि!" जे होस् उसलाई मान्नु पर्छ । काम जस्तो सुकै तल्लो गरेपनि भाषा चै निकै सभ्य प्रयोग गर्नु जानेको रहेछन् ।

1 comment:

कलमबीर_घोताने said...

अब कुरा अरुले देख्ने कि नदेख्ने तर अमेरिका जस्तो संसारको यस्तो बिकसित मुलुकमा बसेपछि त त्यस्तै बिकसित व्यवहार गर्नु पर्ने हो क्या रे! अमेरिकामा बसेर पढेको व्यक्तिले जस्तो सभ्य भएर बोलेपनि मानिसको बानी नै उसको परिचय हो भने जस्तै गरी उसले आफू कस्तो हो भनेर त परिचय दिएछन् क्या रे!
अनि अँ याद रहोस्, यसरी जता पाए त्यतै पिचित्त थुक्नु अरुको स्वास्थ र वातावरणको लागि पनि राम्रो होइन। यो कुरा त्यो अन्जान मित्रलाई सुनाइदिनु भएमा म धन्य!
धन्यवाद!