Saturday, June 14, 2008
नराम्रो बानी
मेरो सानोमा थाल चाट्ने एक्दम नराम्रो बानी तर अहिले त्यस्तो छैन । दुईटा हातले समातेर ल्याप-ल्याप थाल मात्रै हो र? तरकारी पकाएको कह्रैमा उभ्रेको मसलाको लेदो माथि भात मोलेर सबै हसुर्ने । आमाले कस्तो राक्षस पाएछु भन्नुहुन्थ्यो । डाढु चाटिस भने तेरो बिहामा पानी पर्छ भन्नुहुन्थ्यो । दिदीले तरकारीमा बेसार अड्कलिनु नजानेर हो क्याओ कुन्नि? हात पखालिसकेपछि पनि पहेल्लै हुन्थ्यो । धन्न मैले त चिटिक्क गरेर खान्थे । कोसै-कोसैले त भात मुछ्नु पनि जान्दैनन । हत्केला फिजाएर गुजुङ् गुजुङ् भात मिच्छन अनि औला-औलाको चेपबाट भातको सिठा निस्कुन्जेल अचट्छन । गाँस पनि आखा चिम्लेर हाल्छन अनि राम्रो सित नचपाईकनै निल्छन । म त आजकल चम्चाले मात्रै भात खान्छु । मोर्डन पल्टिनु खोजेको त होइन तर आफ्नो हातले के के छुइन्छ के के । त्यसैले ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment