Nepalese Folk Music

Saturday, September 13, 2008

कल्चरल मिसन्डर्स्टेन्डिङ

ओसन सिटीमा पहिलो पल्ट आएका एउटा नेपाली भाईलाई त्यहाको फिलिप्पे नाम गरेको मेहिकन सित परिचय गराईदेको थिए । मेहिकन फिलिपे र नेपाली भाईको चिनापर्ची भएपछि दुईजना गफगाफ गर्न थाले । म चै आफ्नै कामकुरो गर्न पट्टी लागे । नेपालबाट आएका भाई साह्रै सोझो थिए । पक्कै सोझो हुन कि मेरो अगाडी एक्टिङ गरेका हुन कुन्नि तर हाउभाउ हेर्दा सोझा नै देखिन्थे ।

उसलाई फिलिपेले जिस्केर सोधेछ - "ए! अमिगो तलाई केटी मनपर्छ?

नेपाली भाईले चै अलिक सिरियस पल्टेर नेपालमा बुढापाकाहरुले झै सोझो भन्ठान्छ भनेर होला,"अहं!मलाई त केटीहरु मनपर्दैन" भनेर भनेछ ।

फिलिपेले आएर मलाई पछाडीबाट कोट्टाउदै खुसुक्क भन्यो, "साका तेरो नेपाली भाई त ग्ये हो क्या हो, के हो? केटीहरु मनपर्दैन भन्छ नि?