Nepalese Folk Music

Tuesday, April 14, 2009

Wednesday, April 8, 2009

US पढ्नु पुगेको नेपाली विद्यार्थी

तपाईहरु कहिलेकाई कुनै एक्दमै अफ्ठ्यारो situation मा पर्नु भएको छ?
यो साङ्ली किरालाई जस्तै न एता न उता जाउ भाको छ?
हुन त ...नेपाल फर्क्यो भने पनि मेरो यै ताल हुन्छ भन्छन सबैले ...


हवाइ'ई मा साङ्ली किराको एक्दमै बिगबीगी छ । जति सफा गरेपनि आईहाल्छ । साङ्ली मार्ने दवाई कम्पनिले चै टन्नै कमाउछ । अस्ति राती पनि उठेर किचनमा टन्नै मारेको । तर आज चै बिचरा यल्लाई देखेर कुन्नि किन हो माया लागेर आयो अन्त यो साङ्लीलाई चै उठाएर घर बाहिर लगेर झारीमा नमारिकन छोडिदिए । I hope फर्केर किचनमा चै नआवोस् । नत्र फेरि ढिंच्च किच्चाई खान्छ ।

Tuesday, April 7, 2009

डलर थिएटर

हवाइ'ई मा बोईफ्रेन्ड र गर्लफ्रेन्डहरुलाई सस्तोमा मुभी हेर्न डलर थिएटरले सजिलो बनाईदिएको छ । यो थिएटरमा मुभी हेर्नको लागि खालि एक डलर भए पुग्छ । मैले युनिभर्सिटिको टन्नै केटा केटीहरु देखे । साथीभाइहरु र जोडीहरु पनि टन्नै थिए । हामी त्यहा पुग्दा भर्खरै मुभी सकिएर मान्छेहरु बाहिर निस्कदै थिए । कतिपय मान्छेहरु त भित्र मुभी सकाएर बाहिर निस्केपछि फेरि अर्को हेर्न पस्दरहेछन । एउटा मोट्टे मान्छे त बाहिर निस्केर फेरि टिकट काउन्टर अगाडी उभिएर फिला कनाउदै अर्को मुभी हेर्नलाई भित्ताको पोस्टर केलाउदै थियो ।

हामी सबैले स्ट्रीट फाईटर द लेजेन्ड अफ चुन ली हेर्ने भनेर कुरा मिलायौ । त्यस्तो खाले मुभीहरु त आजकल मनपर्नु छोडेछ । बुढो भैइयो कि क्या हो कुन्नि? तर पनि हल्का रमाईलो भयो । हाम्रो साथी स्ट्रीट फाईटर हेर्दा रुएको देखेर पो झन हांसुठ्यो । को पो स्ट्रीट फाईटर हेरेर रुन्छ होला?
चुन ली को हिल खाले जुत्ता निकै बलियो रहेछ । कति हो तल्ला माथिबाट भुईमा हाम्फाल्दा पनि उसको जुत्ताको हिल नभाच्चिएको । चुन ली लाई सोधेर आफ्नो गर्लफ्रेन्डलाई पनि त्यस्तै बलियो जुत्ता किनेर दिनुपर्ला ।