Nepalese Folk Music

Wednesday, October 15, 2008

feeling infinitely finite

Ananta used to be very proud of his name which translates to "infinity". But after reading a book on philosophies in religion; to his revelation, he absolutely feels "infinitely finite". He asks himself, "What have you accomplished to live up to your name?"

(Nothing.)

How unfortunate? How hedonistic? He was miserably failing to apprehend the gist of his name. He suddenly realizes that it should be his action, not his title that describes him. He hopes to live up to his name someday, like you all do.

Help!
please throw in some,
your words of wisdom.

Saturday, October 4, 2008

एउटा बुढी बज्यै

हिजो विश्वविद्यालय तिर लाग्दा गाडीमा बसेको । छेउको सीटबाट एउटा बुढी बज्यैको झर्ने पालो आएको थियो क्यारे, गाडी रोक्नु भन्दा अगाडी नै जुरुक्क उठेर हिड्नु थालिन् । गाडी ओरालो लाग्नु थाल्यो र एकास्सी बीच बाटोमा ब्रेक हानेर रोक्दा त बिचरा बुढी बजै झन्डै लडेको गाडी भित्रै । आँखा अगाडी बुढी बज्यैलाई बल्ड्याङ खानुबाट रोक्नु सक्दासक्दै पनि चुप लागेर लडेको हेरेको भा झन कत्ति नराम्रो लाग्नेथियो । धन्न कसो समयमै बुद्धि पुर्‍याइएछ । मैले उनलाई हात दिएर नसामेतेको भा के पो हुन्थ्यो । बिचरा बुढी बज्यैलाई सहयोग गरेकोमा साह्रै खुसी ब्यक्त गर्दै धन्यबाद दिईन् । सायद भलो गर्ने बानी नभएर होला, कहिले कसो गर्ने मौका पाउदा त त्यतिखेर भने आफैलाई निकै राम्रो काम गरेको जस्तो लाग्यो । म पनि मुसुक्क हासेर "its alright" भन्दै हात हल्लाए । बज्यै बिस्तारी गाडीबाट ओर्लिन्दै आफ्नो बाटो लागिन् ।

हुन त कुनै गर्व गर्ने कुरा त होइन । त्यैपनि ब्लग खाली नहोस भनेर यो कुरा पनि लेख्दिहालेको नि । फेरि आफैले आफ्नै गीत गायो भनेर जमाउन खोजेको जस्तो लाग्यो भने त्यसो नसोचिदिनु होला ।

Wednesday, October 1, 2008

बल्ल चाल पाए

एअर्पोर्टमा प्लेन पर्खेर बस्दा बस्दा वाक्क लागेर सबै साथीहरुलाई पालैपिलो फोन गर्दै बसे । एकजना साथीलाई फोन गरे । नम्बर डायल गरिसकेपछि उता घन्टी बज्दै थियो । केहि छिनपछि उता बाट कसैले फोन उठायो - "हलो?"

"को बोलेको?"
-मलाई चिन्यौ?
"को हो? अहं? ओह! ए-अ चिने, के छ? कत्ति पछि फोन गर्यौ त?"

(केहि बेर एता-उता कुरा भयो । फोनको कनेक्सन पनि त्यत्ति राम्रो थिएन । आवाज अलि झ्यार-झ्यार सुनिराको थियो । त्यैपनि कुरा हुँदै थियो।)

"अनि तिमी अहिले कता जानु लागेको?" उस्ले सोध्यो ।
- म आबो हवाई जानु आटेको ।

उताबाट अचानक नपत्त्याउदो उत्तर आयो । "ए! ल ल! बाई-बाई !" त्यति भन्ने बित्तिकै उसले फोन घड्याप्पै राख्यो । म त - अरे? के भएछ? किन उसले त्यसरी फोन एक्कासि राखेको होला भनेर छक्कै माने ।

(पछि थाहा भयो - मैले हवाई भन्दा उस्ले बाईबाई सुनेको रैछ । )