Nepalese Folk Music

Wednesday, October 1, 2008

बल्ल चाल पाए

एअर्पोर्टमा प्लेन पर्खेर बस्दा बस्दा वाक्क लागेर सबै साथीहरुलाई पालैपिलो फोन गर्दै बसे । एकजना साथीलाई फोन गरे । नम्बर डायल गरिसकेपछि उता घन्टी बज्दै थियो । केहि छिनपछि उता बाट कसैले फोन उठायो - "हलो?"

"को बोलेको?"
-मलाई चिन्यौ?
"को हो? अहं? ओह! ए-अ चिने, के छ? कत्ति पछि फोन गर्यौ त?"

(केहि बेर एता-उता कुरा भयो । फोनको कनेक्सन पनि त्यत्ति राम्रो थिएन । आवाज अलि झ्यार-झ्यार सुनिराको थियो । त्यैपनि कुरा हुँदै थियो।)

"अनि तिमी अहिले कता जानु लागेको?" उस्ले सोध्यो ।
- म आबो हवाई जानु आटेको ।

उताबाट अचानक नपत्त्याउदो उत्तर आयो । "ए! ल ल! बाई-बाई !" त्यति भन्ने बित्तिकै उसले फोन घड्याप्पै राख्यो । म त - अरे? के भएछ? किन उसले त्यसरी फोन एक्कासि राखेको होला भनेर छक्कै माने ।

(पछि थाहा भयो - मैले हवाई भन्दा उस्ले बाईबाई सुनेको रैछ । )

2 comments:

Arati said...

Hi Jack भन्दा Hijack भनेको जस्तै भएछ ।
अन्त ब्लगमा लेख्न कती सारो गाह्रो भएको । एसो एक महिनामा दुइवटा पोस्ट गर्नु होला है । सुझाब मात्र हो । बाँकी तपाईंकै इच्छा ।

NKM said...

lau hai, dai pani aayo ghumdai firdai!

:)