हिजो विश्वविद्यालय तिर लाग्दा गाडीमा बसेको । छेउको सीटबाट एउटा बुढी बज्यैको झर्ने पालो आएको थियो क्यारे, गाडी रोक्नु भन्दा अगाडी नै जुरुक्क उठेर हिड्नु थालिन् । गाडी ओरालो लाग्नु थाल्यो र एकास्सी बीच बाटोमा ब्रेक हानेर रोक्दा त बिचरा बुढी बजै झन्डै लडेको गाडी भित्रै । आँखा अगाडी बुढी बज्यैलाई बल्ड्याङ खानुबाट रोक्नु सक्दासक्दै पनि चुप लागेर लडेको हेरेको भा झन कत्ति नराम्रो लाग्नेथियो । धन्न कसो समयमै बुद्धि पुर्याइएछ । मैले उनलाई हात दिएर नसामेतेको भा के पो हुन्थ्यो । बिचरा बुढी बज्यैलाई सहयोग गरेकोमा साह्रै खुसी ब्यक्त गर्दै धन्यबाद दिईन् । सायद भलो गर्ने बानी नभएर होला, कहिले कसो गर्ने मौका पाउदा त त्यतिखेर भने आफैलाई निकै राम्रो काम गरेको जस्तो लाग्यो । म पनि मुसुक्क हासेर "its alright" भन्दै हात हल्लाए । बज्यै बिस्तारी गाडीबाट ओर्लिन्दै आफ्नो बाटो लागिन् ।
हुन त कुनै गर्व गर्ने कुरा त होइन । त्यैपनि ब्लग खाली नहोस भनेर यो कुरा पनि लेख्दिहालेको नि । फेरि आफैले आफ्नै गीत गायो भनेर जमाउन खोजेको जस्तो लाग्यो भने त्यसो नसोचिदिनु होला ।
Saturday, October 4, 2008
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment