Nepalese Folk Music

Tuesday, April 7, 2009

डलर थिएटर

हवाइ'ई मा बोईफ्रेन्ड र गर्लफ्रेन्डहरुलाई सस्तोमा मुभी हेर्न डलर थिएटरले सजिलो बनाईदिएको छ । यो थिएटरमा मुभी हेर्नको लागि खालि एक डलर भए पुग्छ । मैले युनिभर्सिटिको टन्नै केटा केटीहरु देखे । साथीभाइहरु र जोडीहरु पनि टन्नै थिए । हामी त्यहा पुग्दा भर्खरै मुभी सकिएर मान्छेहरु बाहिर निस्कदै थिए । कतिपय मान्छेहरु त भित्र मुभी सकाएर बाहिर निस्केपछि फेरि अर्को हेर्न पस्दरहेछन । एउटा मोट्टे मान्छे त बाहिर निस्केर फेरि टिकट काउन्टर अगाडी उभिएर फिला कनाउदै अर्को मुभी हेर्नलाई भित्ताको पोस्टर केलाउदै थियो ।

हामी सबैले स्ट्रीट फाईटर द लेजेन्ड अफ चुन ली हेर्ने भनेर कुरा मिलायौ । त्यस्तो खाले मुभीहरु त आजकल मनपर्नु छोडेछ । बुढो भैइयो कि क्या हो कुन्नि? तर पनि हल्का रमाईलो भयो । हाम्रो साथी स्ट्रीट फाईटर हेर्दा रुएको देखेर पो झन हांसुठ्यो । को पो स्ट्रीट फाईटर हेरेर रुन्छ होला?
चुन ली को हिल खाले जुत्ता निकै बलियो रहेछ । कति हो तल्ला माथिबाट भुईमा हाम्फाल्दा पनि उसको जुत्ताको हिल नभाच्चिएको । चुन ली लाई सोधेर आफ्नो गर्लफ्रेन्डलाई पनि त्यस्तै बलियो जुत्ता किनेर दिनुपर्ला ।

1 comment:

Anonymous said...

your blog is loading slowly