Nepalese Folk Music

Tuesday, March 10, 2009

So Young

युनिभर्सिटी भित्रका हरुले सामान किन्नु पर्यो भने आफ्नो स्टुडन्ट आई डी कार्ड प्रायोग गर्छन । युनिभर्सिटीलाई जति पैसा तिर्यो त्यति नै बराबर पैसाको मुल्य कम्प्युटर द्वारा त्यो कार्डमा हालिदिएको हुन्छ । अनि तपाईले त्यहि कार्डबाट खाने ठाउमा व कफि खाने ठाउमा अनि किताब पसलबाट केहि किन्नु भयो भने त्यहि कार्ड देखाएर काम चलाइन्छ । त्यो कार्ड चै मसिनमा लुत्त्त स्वापे पछि पैसा काटिन्छ । तपाईको कार्डमा तपाईको फोटो सहित नाम पनि लेखिएको हुन्छ ।

आज दिउसो काम गर्दा खेरी एकजना केटी सामान किन्नु आईपुगिन् । केटी त नभनौ तर अलिक पाको उमेरको थिईन् । पक्कै पनि ३५ नजिक हुनुपर्छ । हेर्दा त्यस्तै देखिन्थिन् । म चै पैसाको रेजिस्टर चलाउदै थिए । सामान किने वापत उनीले आफ्नो कार्ड मतिर पसारिन । मैले कार्ड लुत्त्त स्वापे । कार्ड फर्काउन अगाडी उनको नाममा मेरो आखा पर्न गयो । अनि मैले पनि नसोचिकन फ्याट्टै भनि हाले । "oh my! you're card says you're So Young" पछाडी लाईनमा उभिएकाहरु हास्न थाले । उनि हाँसिनन । रिसाईन क्यारे । उनको कोरियन नाम पो रैछ So Young तर उमेर भने काटिसकेकी । मैले जिस्कायो भन्ठानिन होला । उनको नामै त्यस्तो परे पछि मैले के गर्नु? जे होस उनि भाग्यमानी रैछिन । भोली पर्सी लौरो टेक्ने बुढी बजै भउन्जेल पनि उनको कोरियन नाम अङ्रेजीमा चै "साह्रै तन्नेरी" रहने भो ।

1 comment:

Anonymous said...

Took me time to read the whole article, the article is great but the comments bring more brainstorm ideas, thanks.

- Johnson