Nepalese Folk Music

Tuesday, May 6, 2008

रेस्टुरेन्ट भाषा

रेस्टुरेन्ट भित्र भान्छा कोठामा कुनै पनि कुरा सकिएको छ भने '86' भनेर कोड प्रयोग गरिने रहेछ । "के हो यो 86 भनेको?" भनेर सोद्धा, जेट्ठा कुकले मलाई बुझाए,"यदि हामी संग किचनमा पाउरोटी सिद्धियो भने बाहिर वेट्रेसहरुलाई पाउरोटी 86!! भनेर चिच्चाउनु पर्छ अनि त्यसपछी उनीहरुले हामी संग अहिलेलाई पाउरोटी सकिएको रहेछ भनेर बुझ्नेछन!"

ठ्याक्कै आज बिहान किचनमा व्हिट ब्रेड सकिएको रहेछ अनि एकजना वेट्रेसले पनि फेरि त्यहि कुराको नै अर्डर झ्यालमा सुटुक्क् छोडेर गएछिन । अस्तिनै सिकेको कुरा आज ठ्याक्कै काम लाग्ने भयो भन्ठान्दै झ्याल निर गएर अब "व्हिट ब्रेड 86!!" भनेर जोडले चिच्च्याउछु भनेर गाको त भरै जतानामको ठुलो स्वरमा "व्हिट ब्रेड 69!!" पो भनेछु । किन त्यसो भन्न पुगेछु कुन्नि आफै अचम्म परे । उता घाँटी बटार्दै सबैजनाले मलाई हेरेर गललल हास्नुथाले । "ल्हौ मार्‍यो कता टाउको लुकाउने होला" जस्तो भएर एक्छिन त कता जाम-कता जाम भाको । थोत्थोरै लाज पनि लाग्यो । एउटा कुरा भन्छु भन्दा अर्कै कुरा भनिपठाएछु ।

No comments: