Nepalese Folk Music

Friday, May 2, 2008

मोडरेसन रिक्य्वायर्ड

हेर है साथी हो ! सबैजनाले थाल्नु भन्दा अगाडि राम्रो सित बिचार पुर्‍याउनु होला । जुनै कुरा पनि धेरै भयो भने हानिकारक हुने फिलोसफी तपाई-हाम्लाई थाहा भएकै कुरा हो । जे कुरा पनि मोडरेट अथवा ठिक्कको हुनु जरुरी भएको सबैलाई थाहा नै छ ।

मैले मेरो हटमेलमा "केरा खानुको फाइदाहरु थुप्रै छन" भनेर ईमेल पाए । यसले हाम्रो जीउ भित्र रगतको बहावलाई मद्दत पुर्‍याउने र मुटु, दिमाग, ब्लड प्रेसर आद्दि इत्यादि लाई ठुलो सहयोग पुर्‍याउने कुराहरु बयान गरिएको थियो । केरामा पाईने पौष्टिक आहारहरु जस्तै ग्लुकोज, फ्रुक्टोज, सुक्रोज अनि नाना-भाति सबैकुराको फाइदाहरु उल्लेख गरिएको थियो । खास गरेर आईमाईहरुलाई छोरा पाउने रहर छ भने गर्भ कन्सिव गर्नु अगाडि केरा खाने बानी बसाले हुन्छ भनेर लेखिएको थियो । यो कुरा चै साचो हो कि होइन, मलाई पक्का थाहा भएन तर शिकागोको कुन्नि के युनिभर्सिटीमा अनुसन्धान गरिएको भनेर चर्चा गरिएको थियो । मलाई लामो डिट्येलमा पढ्नु झ्याउ लाग्यो । तर केटाहरुलाई चै केरामा भएको भिटामीन बी ले आफ्नो पोटेन्सीलाई अझै बढाउनुको लागि ठुलो मद्दत गर्ने र आफ्नो सेक्सुअल लाईफलाई एक्टीभ र चालु राख्न मद्दत गर्ने भनेर लेखिएको कुरा चै साह्रै ईन्ट्रेस्टिङ लाग्यो । त्यै भएर मैले पनि आफ्नो फ्युचरको बारेमा पहिलो पल्ट सोच्दै दिनदिनै केरा खानु थालेको त भरै कस्तो साह्रो, आज तीन दिन भैसक्यो, टट्टी अड्केर कत्रो आपत!

1 comment:

Naomi said...

HI there !
I love your the Facing East by Thievery Co so just wondering where did you get that from.
I really want it for one of my performance later.

Thanks