Nepalese Folk Music

Monday, May 14, 2007

म आज सम्म भिजिटेसनमा बास बस्नु परेको थिएन तर आज गाडी छुटाएकोले गर्दा भिजिटेसनमा बस्नु पर्यो । तर अहिले भने यहाँ सबै साथीहरु गर्मी महिनाको बिदामा कामको खोजिमा समुन्द्र सहर तर्फ लागिसके । अहिल यहा केवल बिवेक, सन्जित, उत्सव र शिखा मात्रै छन् । यो पालि सायद समय छुटाउने लहर नै चलेकोछ । सबैभन्दा पहिला अस्तिको दिन बिप्लवले आफ्नो फ्लाइट छुटाएको थियो र त्यसपछि समिरले हिजो आफ्नो फ्लाइट छुटायो र आज चै मैले आफ्नो गाडी छुटाए । बिवेक संगै म याहा भिजिटेसनमा बसेकोछु । अहिले २ घण्टा नबित्तदै मलाई छटपट् भैसक्यो । यत्रो पुरै समरको बिदा भरी बिवेक र उत्सवले कसरी समय बिताउछन जस्तो लागिसक्यो । अहिले मलाई संसार भरिको सारा फुर्सद समय प्राप्त भएको आभास भैराकोछ । गीत पनि त्यस्तै सेन्टिमेन्टल अनि रोमान्टिक खाले मात्रै बजिरहेकोछ । साह्रो एक्लो फील् भैराकोछ । हुन त अहिले यो समरको सुरुमा मात्रै हो । काम गर्नु सुरु गरिसकेपछि म जस्तो हजारौ नेपाली विद्दार्थीहरुलाई यहा कलेजको ट्युसन फीस् तिर्ने बाध्यताले न त दिन न त रात सोचिकन केवल हरेक घण्टा-घण्टाको हिसाब गर्दै काम गर्नुपर्छ । सबै जना कामको खोजिमा ओसन सिटि जान्छन । पहिलो पल्ट संयुक्त राज्य अमेरिका आएका नेपाली विद्दार्थीहरुका लागि कुबेरको खजाना । हुन त सबैले काम पाउछन भन्ने कुनै ग्यारेण्टी हुदैन । कोहि भग्यमानी पर्न जान्छन र फ्याट्टै काम पनि पाईहाल्छन । कोहि भने कामको खोजिमा महिनौ लगाउछन । कसैलाई भनेको जस्तो काम मिल्दैन भने कसैलाई जस्तो सुकै भएपनि काम पाए हुन्थ्यो भन्ने कुराले पिरोलिरहेको हुन्छ । ओसन सिटि पुगेपछि सबैभन्दा पहिलो कुरा बास मिलाउने काम । सम्पर्क कायम राखन सकेकाहरुले पहिल्यै नै घर खोजिसकेका हुन्छन । पहिलो पल्ट गएकाहरु मध्ये कसैलाई पनि नचिनेका नेपाली दाजु भाई दिदी बहिनीहरुको भने विचल्ली देखिन्छ । तर नेपालीहरु यस्तो मामिला सुल्झाउनमा अलिक सफल नै देखिएको हो कि कसरी हो जसो तसो बस्ने कोठा चै जसरी भए पनि मिलाउछन । त्यहा नेपालीले नेपालीको मद्दत गर्ने मान्छेहरु पनि भेटिन्छन भने मत्लब नै नगर्नेहरु पनि भेटिन्छन । एउटा नेपालीले छेउ बाट अर्को नेपाली जाँदा नेपाली भएको नाताले यसो हल्का श्रद्दापुर्वक हाँसिदिनु त पर्ने हो । यो कमै मात्रामा हुने गर्छ ।

धेरै जसो नेपाली मित्रहरुको लामो लामो कपाल भएको मैले देखे । यो फेसन हो कि के हो भनेर खोज तलास गर्दा के थाहा लाग्यो भने यहाँ कपाल काटेको मात्रै केवल $ १०.०० डलर लाग्दछ । नेपालमा हजामकोमा गएर रु. २५.०० तिर्नुपर्ने ठाउमा थर्काई-थर्काई १५-२० रुपियामा कपाल काट्ने गरेको बानी

पैसाको खडेरी परेको बेलामा दश-दश डलर तिरेर कपाल काट्नु भन्दा बरु फेसन नै बनाइदिउ भन्ने मनस्थितिले पो धेरै जसो नेपाली मित्रहरुको लामो लामो कपाल देखिंदरहेछ । सय मिटर बाटो पारी कपाल लामो लामो पारेर लङ-ख्रङ लङ-ख्रङ हिढिरहेको केटा देख्यो भने तपाईले आखा चिम्लेर त्यो पक्कै पनि नेपाली केटा हो भनेर ठोकुवा गर्न सक्नुहुनेछ । हुन त विचरा कैयौ मित्रहरुले रहरले होइन कर ले पनि कपाल लामो राख्ने गरेकाछन । कोहि भने आफु पाश्चात्य संगितप्रेमी रहेको दावी गर्छन् । तर कोहि भने ठीक त्यसको विपरित कपाल पुरै खौरेर आफु हिप-हप संस्कृति रुचाउने भनेर सोहि प्रकार ठुला-ठुला कपडा लगाउछन ।

No comments: