Nepalese Folk Music

Tuesday, September 22, 2009

धन्न बडाले बचाउनु भयो

सानोमा स्कुले हुँदा र्‍याप् म्युजिक सुन्ने लहर चलेको थियो । त्यो भनेको 90s को ओल्डस्कुल र्‍याप म्युजिक । र्‍याप सुन्ने मान्छे कमै हुन्थे । त्यतिखेर हामी साथीभाईहरु नटी बाई नेचर अनि क्रिसक्रस निकै सुन्थ्यौ । क्रिसक्रसहरुको भिडियो युट्युबमा हेर्नु भयो भने उनिहरुले उल्टो जिन्स्, उल्टो हूड्, उल्टो टोपी लगाएको देख्नुहुन्छ । त्यै देखेर हामीले पनि एकचोटी काठमान्डुको कुन चै हो मेलामा थुप्रै अरु स्कुलको केटाकेटीहरु आको बेलामा क्रिसक्रसहरु जस्तै ड्रेसअप गरेर गाको त भरै सबैजनाले घाँटी बंगाई बंगाई हेरेको । हामी त देखाउनु पायो भनेर दंगै परिराथ्यौ तर सायद त्यो बेला र्‍याप् म्युजिक धेरैले नसुन्ने भएर होला, उनिहरुले पत्तो नपाएर हामीलाई "यो केटाहरु बौलायो क्या हो, सबै कपडा उल्टो लगाईराछ" भनेर मनमनै हासेको होलान । त्यै भएर पनि होला, होस्टेलबाट छुट्टीमा घर जाँदा पनि, "हैन, किन उल्टो कपडा लगाछ ह? एल्ले! अलच्छिना लाग्छ नि! फुकाल्!!" भनेर गाली पनि खाईयो । त्यति मात्रै काँ हो र, त्यो जमानामा जिउ भन्दा ठुलो टिसर्ट लगाउने फेसन थिएन, त्यसैले पनि होला "झोले" भनेर नाम पनि खाइयो । एक्चोटी भैरहवामा हाम्रो बडाको घर जाँदा हिपहप ड्रेसअपमै झोले टिसर्ट, झोले हाफपेन्ट र बूट्स अनि बुट्स भन्दा बाहिर सेतो मोजा देखिने गरी लगाएर गाको त बडाले देख्ने बित्तिकै "तलाई त ब्रोइलर कुखुरा जस्तो देखिएछ है!" भनेर जिस्काउनु भयो । हा.. हा.. अहिले सम्झिदा हाँसुठ्छ । त्यो बेला चै आफैलाई निकै कुरी-कुरी लागेको थियो । सायद त्यैदेखिन हो क्यारे मैले हिपहप ड्रेस्अप गर्नु छोडेको । अन्त सायद बिस्तारी बिस्तारी मेरो बिग्रिनु आठेको attitude पनि फेरि पुरानै ठाउँमा फेरिन्दै आयो । अहिले नेपालमा हिपहप पल्टिनु खोज्नेहरुको संख्या र गति देख्दा मनमनै लाग्छ मलाई मेरो बडाले धन्न बचाउनु भयो ।       

1 comment:

Unknown said...

anant at his best....very precise and to the point.everything is self explanatary.budo dekhi bachha le ramro sanga bujcha...

anant why dont u write biography????