Nepalese Folk Songs

Tuesday, July 29, 2008

नेपाली डान्स् पार्टी

आज राती हेरौ है यो नेपाली डान्स पार्टीमा हिन्दी गीत बजाउछ कि बजाउदैन? उता नेपालमा भने भाईस् प्रेजिडेन्टले हिन्दीमा बोलेर सपथ लिएकोमा देश भरि कत्रो ठुलो बेहाल भैरहेको बेलामा यता भने नेपाली जनताहरु चै फेरि उहि हिन्दी गीतमा बुरुक-बुरुक उफ्रिनु को अर्थ के होला?

हेरुम आज राती त्यो पार्टी आयोजकहरुले नेपाली पार्टीमा हिन्दी गीत बजाउछ कि बजाउदैन? हिन्दी गीत बजायो भने चै म उनिहरुलाई मनमनै थुक्छु अनि खुसुक्क बाहिर हावा खानु निस्किन्छु ।

साथीले मलाई पक्कै भन्नेछ ,ह्या यस्तो स-सानो कुरामा पनि दिमाग घुमाईराको छस् तर सबैलाई सचेत पारिहालौ,यस्तै स-सानो कुराले पछि गएर पत्तै नपाई धेरै ठुलो रुप लिई सकेको हुन्छ । तपाई हामीहरुले आफ्नो र अर्काको संस्कृतिलाई धेरै नजिकबाट मसिनो भन्दा मसिनो कुरा नियालेर हेर्नु एक्दमै जरुरी छ र यो कुरा आजको बहकिएको नेपाली युवाहरुको लागि दालभात तरकारी स्वरुप हुनुपर्छ । सबैकुरा सानो बाट ठुलो हुने त हो नि ।
नचाहिने लहरे झार बेलैमा कैचीले चट्ट काटेर फाल्नुपर्छ नत्र तपाईको झ्यालढोका भरि फैलिएर आफ्नै दैलो नचिन्ने हुन्छ ।

जे होस् आज ती आयोजककर्ताहरुलाई धिक्कार्नु नपरोस् । मेरो भनाईको तात्पर्य के हो भने त्यस्को बाउको घरमा आफ्नो टाउकै जत्रो हेडफ्होन लगाएर मरुन्जेल हिन्दी गीत सुने पनि मेरो बाउको के जान्छ र? तर जब कुनै कार्यक्रमलाई "नेपाली" भनेर तोकिसके पछि फेरि हिन्दी र अङ्रेजी गीत किन झ्याउ-झ्याउ बजाउने? उफ्रि उफ्रि नाच्नु नेपाली गीतहरुको कमि रहेको त होइन होला नि ? के मैले नै दामी दामी नेपाली गीतहरु बनाउनु पर्ने हो त? फेरि मलाई रिस नउठाउ है साथी हो म त फेरि बनाईदिन्छु पो त !