हवाई छोडेर मेन्लेन्ड पुगेको । एकजना नेपाली अंकलकोमा गाको । खसी खाने प्लान रैछ । मासु काटकुट पार्नु मान्छे चाहिएको भनेर सघाउनु बसे । घर पछाडी बसेर ठुल्ठुलो मासुको चोक्टा सानो पार्न थालियो, हिर्काउने चक्कु अलिक नलाग्ने रैछ, भित्र किचनमा खुकुरी छ हरे भनेर लिनु गाको, ढोका खोल्दा त कुन्नि को एकजना नेपाली मान्छे आएर सोफामा बसिराको रैछ । पक्कै पनि अंकलको कोहि पाउना होला भनेर झन् परैबट हाँस्दै-नमस्ते गर्दै-नजिक पुगेर हात मिलाउनु अघि बढाएको त पाँच सेकेन्ड भैसक्यो, हातै निकाल्दैन ! मनमनै "एहे! देखेनन् क्याहो" भन्ठान्दै अलिकति हात अघाडि सारेको त भरै गोजीबट हात निकालेर;चोक्खिन पानी छर्केको जस्तो गरेर, आफ्नो टाउको माथि फुत्त्त फालेर फेरि गोजीभित्रै पो लान्छ ! म त ट्वाँ परि रा । छक्कै पार्यो !
एकछिन त, सानोमा नेपाल हुँदा धाराको पानी गाग्रीमा थापेर ठुलो ड्रममा खनाउँदा--गाग्रीको घाँटी एउटै हातले अचटेर पानी खनाएको जस्तै--उचाल्दिउ कि क्याहो जस्तो पनि लाग्यो । शनिबार शनिबार छत माथि ठुल्ठुलो कपडा धुँदा दुईटा हातले उचालेर पानी निचारे झै--त्यसको आन्द्रा पनि त्यसरि नै बटारदिम्की जस्तो लागेथ्यो तर फेरि 'ह्या!' भन्दै किचन तिर लागे । सोध्नु पनि नमिल्ने । अचम्मै भयो । अवतारी नै रैछ ।
Thursday, April 21, 2011
Subscribe to:
Posts (Atom)