बिदाको दिन मौका पारेर हल्का दिमागको सन्तुलनका लागि गिटार फिट्दा रमाईलो हुन्छ । मलाई अरुपनि थुप्रै इन्सट्रुमेन्टहरु बजाउनु चासो छ । मलाई ग्राण्ड पियानो बजाउनु सिक्नु चै साह्रै रहर थियो तर के गर्नु, सिक्ने मौका आइपरेन तर भोलिपर्सी समय पाएभने एकदिन पक्कै पियानो बजाउनु सिक्ने छु ।
-------------------------------------------------
अनि भोक लाग्यो भने खाना पकाएर खानु पनि प्रशस्तै समय लिएर पाकएर खाईन्छ । मैले यहा प्याज, बोडी, श्रिम्प माछा , भेज्जी बर्गर, पातगोभी लाई भुटेको भात सित फ्राई गरेर पकाएको - मिठो भयो ।
------------------------------------------------------------------------------
मलाई ब्ल्यान्चले साह्रै हेरविचार गर्छिन् । वहा यस स्मिथ हलको सबैभन्दा पुरानो आया हुनुहुन्छ । स्मिथ् हल मात्र नभैइ सारा लोरस कलेज भरिका कर्मचारीहरु मध्य सबैभन्दा पुरानो स्टाफ वहा नै हुनुहुन्छ । सधै धेरैजसो म आफ्नो कोठामा बसेर पढिरहेको बेलामा, वहा मलाई खोज्दै "मिस्टर पापा, व्हेर आर यु?" भन्दै आएर जहिले पनि एउटा न एउटा चकलेट् व केन्डी छोडेर जानुहुन्छ । भो पुग्यो अब देखि मलाई यस्तो चकलेटहरु सधै ल्याएर दिनु पर्दैन भन्दा पनि, "ओ नो!, किप् ईट, यु लुक सो अन-नरिष्ड (unnourished) भन्दै चकलेट छोडेर जान्छिन ।
ब्ल्यान्च
Monday, April 9, 2007
Subscribe to:
Post Comments (Atom)
1 comment:
How nice of her. I wish I could cook for myself. We don't have kitchen in our dorms. :(
Post a Comment