Nepalese Folk Music

Tuesday, October 16, 2007

हिमाली ट्रान्षक्रिप्सन

समय पनि कति छिटो बित्छरहेछ । लघभग ४-५ बर्ष नै भैसकेछ नेपालमा हुँदा काम गरेको। त्यतिखेर म जावलाखेल अवस्थित एउटा अफिसमा काम गर्थे । यो कुरा निकाल्नुको मुख्य कारण चै मलाई office भन्ने कमेडी सिरियल हेर्दा आफ्नो पुरानो अनुभव याद आएर हो । यो शो मा कर्मचारीहरु अफिस भित्र Call of Duty खेलेर समय बिताएको देखाईएकोछ । त्यहा जावलाखेलको अफिसमा हामी कर्मचारीहरु आ-आफ्नो काम छिटो-छिटो सक्काएर अफिस बन्द गरेपछि मल्टिप्लेयर गेमिङ सुरु हुन्थ्यो । हामी संग pentium II प्रोसेसर कम्प्युटर भएकोले गर्दा नया नया गेम नचल्ने हुनाले Delta Force, Half-Life खेलिन्थ्यो अनि पछि-पछि Counter-Strike जम्न थाल्यो । त्यो दिनहरु खुब झलझलि याद आउछ । सुरेन्द्र सर, सुनिल, सन्देश, प्रोबिन, गगन दाई, माधव सर, खेम दाई, सुमेन्द्र र सुबर्ण अनि म । मेरो weapon of choice चै mp5 थियो । केटाहरु साह्रै खप्पिस थिए । आफ्नै टिमलाई गोली हानेर मार्यो भनेर रिसाउने, पख तलाई बदला लिन्छु भनेर जित्ने कुराहरु, रमाइलो हुन्थ्यो । जे होस् म चै king नै थिए । हा हा ।


भिडियोमा देखाईएको जस्तै पुरा बत्ती-सत्ती मारेर, चिया खाने ब्रेकमा माथि छतमा गएर आ-आफ्नो टिमको strategy बनाएर पुरा गहिरो छलफल हुन्थ्यो । गगन दाई जहिले पनि sniper लिएर एउटा map को कुनामा ढुकेर बस्थ्यो अन्त म चै पछाडी बाट गएर चक्कुले slit गरिदिन्थे हा हा । सुनिलको weapon of choice खालि shotgun लिन्थ्यो । प्रोबिन चै खालि त्यो दारी भाको टेरोरिस्ट लिन्थ्यो । Close encounters हुँदा opponent खालि उफ्रे को उफ्रै गर्यो भने चै त्यो सुरेन्द्र सर हो भनेर चिनिन्थ्यो । खेम दाई चै साह्रै उत्तेजित हुन्थे र उसलाई कसैले मार्यो भने भन्नुहुन्थ्यो -"मेरो mouse बिग्रेछ के त्यसैले...."

Call of Duty ले चै Loras College को सम्झना ल्याउछ ।

1 comment:

Unknown said...

wow...ananta sir...thanx for remembering us after such a long time also...HIS ko best moments madhye ek tyahi thiyo...good memories. anyway stay in contact everyone....bye bye