मीर्क्याटले आफ्नो घाटी तन्क्याए झै म पनि झ्याल बाहिर घाटी तन्क्याउदै हेरे । हिउ परेको रहेनछ । जुता कसे र लागे सब्ब्वे तर्फ । अलिक् चिसो हावा चलेको रैछ । बाटोमा एउटा दुइटा मान्छे हिढेको देखे । नया बर्षको बेला, जाडोको मौसम, फूटपाथ भरि सुकेको पात हावाको बेग संगै गट्टरतिर बत्तासिदै थियो । बाटो मुनि ट्रेन कुदिरहेको आवाज आउदैथियो । आफ्नो मेट्रोकार्ड गोजीभित्र छाम्दै निकाले । तल मान्छेहरु अर्को ट्रेन पर्खिरहेका रैछन् । म पनि उनिहरु छेउ गएर उभिए । छेउमा एउटा मान्छे आफ्नो सानो फ्लुट बजाउदै थियो । निकै मिठो धुन थियो । तर कसैले पनि वास्ता गरेको जस्तो देखिन्न थियो । भीड जम्दै गयो । ट्रेन पनि आयो ।
ट्रेनभित्र कोहि निदाउदै थिए भने कोहि गफ हान्नैमा मस्त, कोहि आईपड खेल्दैमा मस्त भने कोहि किताब पढ्नैमा मस्त । म चै उभिइएर झ्याल बाहिर ट्रेनको रफ्तारसँगै बगेको दृश्य पछ्छ्याउदै थिए ।
रुजभेल्ट एभ्न्युमा ट्रेन रोकियो । बाहिर Jackson Height बजार आइपुग्यो जसलाई अप्रवासी भारतियहरु जय-किशन हाइट पनि भनेर भन्ने गर्दारहेछन । शिकागो शहरको Devon Street लाई दिवान स्ट्रीट भने जस्तै, हासो उठ्दो । जे होस, जय-किशन हाइटको एउटा घरको भित्तामा थियो भारतिय चलचित्र अभिनेता सारुखानको ठुलो पोस्टर । छेवैमा रहेछ बंगालीको समोसा पसल । समोसा पर्यो मेरो फेब्रेट । मुख च्याति च्याति समोसा टोक्नु साह्रै मनपर्ने तर काठमान्डुमा कलेज पढ्दा एकचोटी केटीसाथीहरु माझ मैले चम्चाले समोसा कोट्टाउदै खाएको देखेर केटीहरु दङै परेका थिए । मलाई निकै स्वाङ पार्नु पर्ने । तर म आजकल त्यस्तो छुइन । म एकदमै pragmatic वा practical भैसकेकोछु । विदेश यात्रा र शिक्षाले मेरा ढोंगी सोचाई र बिचारहरु बदलिईसकेका छन ।
बाटो पारि रहेछ नेपाली रेस्टुरेन्ट । नेपाली रेस्टुरेन्ट देखने बित्तिक्कै किन होला दिमागमा खाली मोमोको मात्रै याद आउने ? चिउरा र भटमास खाइयो । मिठो रहेछ । अघिल्लो रात त्यहि रेस्टुरेन्ट अगाडी एकजना नेपाली जस्तै देखिने चुरोटको सर्को तान्दै उभिएका मानिसलाई हामीले भेटेका थियौ । चिने चिने जस्तो लाग्ने तर हो कि होइन भन्दै मैले रेस्टुरेन्ट छिर्नु अघि फर्किएर सोधिहाले - " दाईलाई त एकदमै चिनेको जस्तो लाग्यो नि ! "
उहाँले भुईमा फालेको चुरोट कुल्चिदै, मन्द मुस्कान लाएर भन्नुभयो - " साथीहरु सबै मलाई हरिश माथेमा भनेर चिन्ने गर्दछन् । "
एकछिन त कुनै नेपाली फिलिमको डायलग दोहोरिएको जस्तो पनि लाग्यो । खुशी मान्दै म र मेरा साथीहरु उहाँसँग हात मिलाउदै एक दुई स्न्याप फोटो खिच्यौ र रेस्टुरेन्ट भित्र पस्यौ । रेस्टुरेन्ट भित्र गाउदै थिए दिपक बज्राचार्य । नेपाल हुदा मेरो लाईफमा यिनी कलाकारहरुलाई यत्ति नजिक बाट भेट्ने मौका कहिल्यै पाएको थिएन । म मान्दछु नेपाली पप गायक गायिकाहरु प्रति मैले पहिले पहिले श्रद्धा नराखे पनि मान्छे भेट हुदाँ त रमाइलो नै हुनेरहेछ । मान्छे भेट्नु अघि र भेटेपछिको छाप बेग्लै हुदँरहेछ ।
बाँकी दिन क्विन्स एरिया घुम्दै बित्यो । जताततै स्पेनिश भाषी मेहिकनहरुले लटरम्मै ढाकेका । मेहिकाली संगीत र खानाले उनीहरुको बजार फैलिएकोछ । त्यसै गरि भारतीय अनि बंगाली, जिविइस, पोलिश, रसियन, जर्मन, चाइनिस, कोरियन, जापानी लगायत सबैको आ-आफ्नै enclave निर्मित भैसकेको रहेछ । यहाँ एकजना सोलुखुम्बुको दाईले भन्नु भाथ्यो - "यहाँ नेपालीको बस्ती हुन त अझै लाग्छ १० बर्ष । "
रात परिसकेको रैछ । बाटोको छेउमा शांग्रीला भेन्डिङ रहेछ । तातो तातो बोसो सरीको मोमो झ्वाम्म मुखमा हाल्दा त तर्कुला पिल्छिएको पनि चाल पाएनछु । सब्ब्वे ट्रेन समातेर घर फर्क्यौ । लघभग सबै पसल बन्द भैसकेका रैछन । रातीको ११:३० भैसकेको रहेछ ।
Wednesday, January 2, 2008
Subscribe to:
Post Comments (Atom)
3 comments:
रेल चढेको अनुभव चै मसंग छैन । साच्चि कस्तो हुन्छ रेल चढ्दा क्याप्छ्याकी ?
कति मन्द गति - म नि एउटा ब्लग बनाउछु अनि फटाफट लेख्छु
नयाँवर्षको शुभ-कामना
इफ यू लाइक् भिजिट् http://dautari.org/
thankyou !
:)
गजब को रमाइलो यात्रा रै'छ । ट्रेन भन्ने कुरो चाँहि अहिलेसम्म देखेको छैन । hehe
Post a Comment