Nepalese Folk Music

Monday, April 28, 2008

तपाईले कति ओटा खसी ढाल्ने ?


कोसैलाई आफ्नो बिहामा पाँचवटा खसी ढाल्यो भन्दा निकै फुरुक्कै हुनु मनलाग्छ होला कि कसो? पक्कै पनि जोसुकै भएपनि निकै दंगै पर्छन होला । तर त्यो बिचरा मार पर्ने खसीलाई कस्तो अनुभव भैरहेको हुन्छ होला भनेर म त्यो खसीको दिमाग भित्र पसेर उसको मर्का बुझ्ने कोसिस गर्दैछु । एकातिर एक्दमै रमाईलो अनुभव बाँडिएको हुन्छ भने अर्कोतिर चै साह्रै डरलाग्दो त्रास छाएको हुन्छ । म किन यस्तो कुराहरु सोच्दैछु? कतै म बौलाउनु आटेको त होइन? कस्तो कस्तो खाले कुराहरु दिमागमा आँउदैछ हँ ? मुखमा क्वाम्म मासु हालिसकेपछि दाँतले दाँया र बाँया लुच्छ्दै, गालाबाट झोल चुहिएर औंला देखिन् कुईनासम्म पुगुन्जेल भने केहि पत्तो हुदैन। अनि केहि समय अगाडि जागेको दया त्यत्तिकै बिलाएर जान्छ । हाम्रो आँखा किन यसरी टाल्लिन्छ ? यस्तै छ लाईफ !

Tuesday, April 1, 2008

पेन्सिल कसरी तिखार्ने ?

आज लगभग १२-१३ बर्ष पछि होला मैले चक्कुले पेन्सिल छिलेर लेखेको । तपाईको छोरा छोरीलाई पेन्सिल चक्कुले पनि छिलेर तिखार्न सकिन्छ भनेर थाहा दिनुहोला । आजकल त सबैजना शार्पनर चलाउछन त्यसैले उनिहरुलाई यसबारे ज्ञान नहुन सक्छ । चक्कुले पेन्सिल तिखार्दा राम्रो सित ध्यान पुर्‍याएन भने औंला काट्टिनु सक्छ भनेर सचेत गराउनु होला ।

आज चक्कुले पेन्सिल छिलेर कपिमा लेख्दा त स्यानोको स्कूलको सम्झनाहरु आयो । चक्कुले पेन्सिल तिखार्ने तरिका :

१) पेन्सिल बाँया हातमा लिने र चक्कु चै दाँईनेमा ।
२) त्यसपछि दाईने हातको बुढि औंलालाई बाँया हातको बुढि औंलाको ठ्याक्कै अगाडि राखने ।
३) याद राख्नुहोस, तपाईको दुइटै बुढि औंला पेन्सिलको माथि बसेको होस् ।
४) त्यसपछि बिस्तारै बिस्तारै बाँया बुढि औंलाले दाईने बुढि औंलालाई अगाडी र पछाडी ठेल्दै तिखार्नु थाल्नुहोस् ।


तपाईसंग चक्कु छैन भने दाह्री काट्ने टोपाज ब्लेडलाई आधा भाँचेर पनि तिखार्नु सकिन्छ ।

तपाईले यो गाईडलाईन फलो गर्दा औंला काट्नु भयो भने यसमा मेरो कुनै दोष हुने छैन।

क्याटर्याक्ट विरुद्द बेसबलको टोपी

हिमाली भेगमा बस्ने बालक तथा बृद्धहरुमा घामबाट आउने अल्ट्राभायोलेट किरणले गर्दा आँखामा असर पार्ने मौका धेरै हुन्छ हरे र त्यस्पछि आँखाले नजिकको मात्रै राम्रो सित देखिने र टाढाको चै धमिलो देखिने स्तिथि आईपर्छ हरे जस्लाई "क्याटर्याक्ट" भनिंदो रहेछ । क्याटर्याक्टका कारण दृष्टिविहीन पनि भैईने रहेछ । सोहि बिषयलाई लिएर क्यानाडाकी नागरिक वेन्डा दिदीले नेपालको दुर्गम हिमाली क्षेत्रमा क्याटर्याक्ट समस्या सुल्झाउन नेपाली बालबालिका तथा बृद्धहरु माझ थुप्रै बेसबल क्याप पुर्‍याउने निधो गरेकी रैछिन । त्यसका लागि उनले सहयोगार्थ अनेक प्रयत्न गरिरहेकी रैछन । क्याटार्याक्ट निर्मूलन पार्ने अत्ति उत्तम बिचार । म यो Caps against Cataract उद्दारकर्मीहरुको बिछट्टै नौलो अनि कलात्मक ढंगको बिचारलाई मनभित्र देखिनै आत्मसम्मान गर्दछु । क्याटर्याक्ट सर्जरी भनेको धनी र पैसा हुनेलाई मात्रै उपलब्ध भएकोले गरिब जनताका लागि भने बरु टोपी नै लगाएर भएपनि यो रोग निर्मूल पार्न सकिने सोचेर नै दिदीले पाईला चालेकी हुनुपर्छ ।

तर मलाई डर लाग्छ ...निशुल्कमा कुनै पनि कुरा पाईन्दैन हरे भन्छन ।

ती बेसबल क्यापहरुले(उद्दार गर्ने दानीहरुको इच्क्षा बिपरीत)दुर्गम क्षेत्रका कलिला नेपाली बालकहरुको क्याटार्याक्ट समस्या चट्ट सफा गरे वापत कलिला दिमागमा फेरि नेपाली टोपी भन्दा बिदेशी टोपी नै दामी भन्ने खाल्के नेपाली गौरवतामा आँच पुर्‍याउने मानसिकता नजगाईदियोस । मेरो बिचारमा हाम्रो मनमा यस्तो भावनाहरु पैदा हुनु भनेको क्याटर्याक्ट भन्दा ठुला मानसिक रोग हुन् जसले गर्दा ती बेसबल क्यापहरुमा गाँसिएका अपरिचित संस्कृति, महत्व, सपना अनि भावनात्मक मुल्यहरु आदिले व्यापारिक तथा अन्य पक्षलाई उद्दारको नाममा जानेर भनौ वा नजानिकन, जे होस् लामो अवधिमा उनीहरु आँफैलाई फाईदा हुने बाटो चै नबिछाईयोस् । उनिहरुलाई फाईदा भन्दा पनि हाम्रो आफ्नै नेपाली गौरव र पहिचानलाई बेफाइदा नभओस् भन्ने मेरो मुख्य छलफलको बिषय हो । सामान्य काठको पिर्काबाट उचालिएर गचक्क परेको आरामदायी सोफा सेटमा थचक्क बस्न त कसलाई पो मनपर्दैन ?

अर्को कुरा: हामी सधै किन सहयोग दिनेमा भन्दा लिने मध्येमा मत्रै पर्छौ ? उद्दार गर्ने राम्रो राम्रो कलात्मक तरिकाहरु किन उनिहरुलाई मात्रै आँउछ ?

नेपालीहरुको आँखा "मात्रै" जोगाउन लागिपरेका उद्दारकर्मीको प्रयास सफल रहोस् ।

यस सम्बन्धित आर्टिकल हेर्नु यहाँ थिच्नु होला ।