आज चक्कुले पेन्सिल छिलेर कपिमा लेख्दा त स्यानोको स्कूलको सम्झनाहरु आयो । चक्कुले पेन्सिल तिखार्ने तरिका :
१) पेन्सिल बाँया हातमा लिने र चक्कु चै दाँईनेमा ।
२) त्यसपछि दाईने हातको बुढि औंलालाई बाँया हातको बुढि औंलाको ठ्याक्कै अगाडि राखने ।
३) याद राख्नुहोस, तपाईको दुइटै बुढि औंला पेन्सिलको माथि बसेको होस् ।
४) त्यसपछि बिस्तारै बिस्तारै बाँया बुढि औंलाले दाईने बुढि औंलालाई अगाडी र पछाडी ठेल्दै तिखार्नु थाल्नुहोस् ।

तपाईसंग चक्कु छैन भने दाह्री काट्ने टोपाज ब्लेडलाई आधा भाँचेर पनि तिखार्नु सकिन्छ ।
तपाईले यो गाईडलाईन फलो गर्दा औंला काट्नु भयो भने यसमा मेरो कुनै दोष हुने छैन।
4 comments:
एकदम रमाइलो ब्लग .... ji (खाली ठाउँ भर्नुहोस किनकी मलाई तपाईं को नाम साह्रै गाह्रो लाग्यो साँचै भन्न पर्दा ४ ५ पल्ट कोशीश गर्दा पनि जिब्रो लर्बरायो ) खास मा भन्नु पर्दा humorous ब्लग ।
तर ब्लग पढ्दै जाँदा नाम थाहा पाइयो । अनन्त । यो नाम त जिब्रो ले फ्यटअ भनिहाल्यो !!
very very nice blog and good job .keep it up !!!
Nice read, I like ur sketch..thumbs up :)
:) हाइ !धेरै दिन पछि कमेन्ट लेख्दै छु ।ओ हो हजुरको नाम अनन्त? मलाइ चै शुरुमा जापानी मान्छेको नेपाली ब्लग जस्तो लागेको थियो। हरे राम!! मेरो छोरा छोरीलाई चक्कुले पेन्सल ताच्न दियो भने उनैका बाउले चै मलाई भक्कु लुच्न सक्चन् त्यो बेला छै काप्छ्याकीलाई नै दोष हुने भो;)मेरो कपाल जति भुइमा हुदा म के गर्नु?!!
साच्चि हजुरको ब्लग निकै राम्रो छ
किप इट अप!
:)
I use knife these days. I don't have sharpner and don't want to buy it:)
Post a Comment