सानोमा साथीहरु बसेर कुरा गर्दा, "यस्को खुट्टामा त कान्छी औंला निर कोठी रैछ, एल्ले चै देश बाहिर घुम्ने भयो!" भनेर कुरा हुन्थ्यो । त्यै कुरा अहिले सोच्दा खेरि यस्तो लाग्छ सायद नेपालीहरु आजभोली जन्मिदै कान्छी औंलामा कोठी बोकेरै आउने गर्छन् । हुन त मान्छेको लाईफ हाम्रो किचनको सांङ्ली किराको भन्दा कुनै कम छैन । उब्जनी गर्नु सर्नु छैन । खालि खायो, सुत्यो, multiply भयो । लाईफ नै त्यतिमा सिमित भएको छ ।
त्यैमाथि हिजोअस्ति खाली एउटा दुईटा सांङ्ली देखिन्थ्यो भने आजभोलि त जनसंख्या बढेर हैरान छ । बिचरा आफ्नो कुना काप्चामा खानेकुरा नभएर आफ्नो दुलो भन्दा बाहिर भौतारिएर हिडेको हिडै छ । जब साँङ्ली बाहिर आउछ, कि त किच्चाई पठाउछ कि त सिठा खानु पौउछ । सांङ्लीले सायद आफ्नै कुनामा बसेर खानेकुरा उमार्नु सक्ने क्षमता भएको भए बाहिर निस्किनु पनि पर्दैन थियो होला ।
खानेकुरा भने हामीले फ्रिज भित्र थुनेर राखेको छौ । बिचरा त्यै खाने लोभमा पनि बाहिर निस्किन्दैछ । बिचरा साँङ्लीको समस्या कस्ले बुझिदिने ? सायद हाम्रो पनि एउटै खाले समस्या हो । खालि फरक भनेको उनिहरु सानो छन, हामी चै ठुलो । सांङ्लीहरु जतासुकै छरिएपनि सबै एउटै कुनाबाट आको हुनुपर्छ भन्ठानि बसेको त भर्खरै मत्रै थप दुईटा ठाउँमा विभाजित भैसकेको रैछ । अझै कतिओटा छुट्टाछुट्टै ठाउँमा छुट्टिने हुने हो कुन्नि ? दिक्क लागि सक्यो । हाम्रो किचन भित्र पनि सांङ्लीहरुलाई नेपाली राजनितिको लहर चलेको हुनुपर्छ ।
Sunday, December 20, 2009
म्याथ टिचर
सायद म ३ क्लासमा पढ्थे । म्याथ्मेटिक्स पढाउने सर हाम्रो क्लास टिचर थियो । त्यसै त म्याथ मन नपर्ने, त्यैमाथि टिचर पनि काले अनि मोट्टो जुङा भाको डरलाग्दो, मनै नपर्ने । पक्कै पनि सुरुमै त्यस्तो टिचर परेकोले पनि मलाई पछि लाईफमा सायद म्याथ मन नपरेको हुनु सक्छ ।
एकदिन आमाले तरकारी किन्नु मलाई संगै हाटबजार लग्नु भाकोथ्यो । म आमा नजिकै उभ्भिराको थिए अनि आमा चै तरकारी छानिराको हुनुहुन्थ्यो क्यारे । ठ्याक्कै त्यै बेलामा मेरो आँखा त्यो क्लास टिचर माथि पर्नु गयो । उ पनि हातमा प्लास्टिकको झोला बोकेर तरकारी चाहार्दै थियो । धन्न मैले उसलाई पहिला देख्खिहाले र सुस्तरी चप्ली घिसार्दै पछाडी सरे । झन आमाको लुंङ्गी पछाडी लुक्नु खोजेको त भरै त त्यो सर त झन नजिकिन्दै पो आउछ । लुक्ने ठाँउ पनि थिएन । मेरो दिमागले एउटै उपाए सोच्नु सक्यो । त्यो सरले मलाई चिन्नु नसकोस् भनेर मैले जिब्रो निकाल्दै मेरो मुख बंङाए, नाक पनि खुम्चाए, अनि आँखा बटारेर माथि छेउ तिर हेर्दै टाउको फर्काउनुथाले ।
"ओए! अनन्त हेर त तेरो सर, गुड् आफ्ट्नुन् भन!" भन्दै झन उल्टै आमाले पो देखाई राख्नु भाको ।

Subscribe to:
Posts (Atom)