सायद म ३ क्लासमा पढ्थे । म्याथ्मेटिक्स पढाउने सर हाम्रो क्लास टिचर थियो । त्यसै त म्याथ मन नपर्ने, त्यैमाथि टिचर पनि काले अनि मोट्टो जुङा भाको डरलाग्दो, मनै नपर्ने । पक्कै पनि सुरुमै त्यस्तो टिचर परेकोले पनि मलाई पछि लाईफमा सायद म्याथ मन नपरेको हुनु सक्छ ।
एकदिन आमाले तरकारी किन्नु मलाई संगै हाटबजार लग्नु भाकोथ्यो । म आमा नजिकै उभ्भिराको थिए अनि आमा चै तरकारी छानिराको हुनुहुन्थ्यो क्यारे । ठ्याक्कै त्यै बेलामा मेरो आँखा त्यो क्लास टिचर माथि पर्नु गयो । उ पनि हातमा प्लास्टिकको झोला बोकेर तरकारी चाहार्दै थियो । धन्न मैले उसलाई पहिला देख्खिहाले र सुस्तरी चप्ली घिसार्दै पछाडी सरे । झन आमाको लुंङ्गी पछाडी लुक्नु खोजेको त भरै त त्यो सर त झन नजिकिन्दै पो आउछ । लुक्ने ठाँउ पनि थिएन । मेरो दिमागले एउटै उपाए सोच्नु सक्यो । त्यो सरले मलाई चिन्नु नसकोस् भनेर मैले जिब्रो निकाल्दै मेरो मुख बंङाए, नाक पनि खुम्चाए, अनि आँखा बटारेर माथि छेउ तिर हेर्दै टाउको फर्काउनुथाले ।
"ओए! अनन्त हेर त तेरो सर, गुड् आफ्ट्नुन् भन!" भन्दै झन उल्टै आमाले पो देखाई राख्नु भाको ।
Sunday, December 20, 2009
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment