Sunday, November 7, 2010
बुढो भैईयो
सानो छंदा राती भात खाई सकेपछि माथि छत मा गएर परालको गुन्द्री पसारेर उत्तानो सुतिन्थ्यो । दिदी चै ब्रुनाईबाट ल्याएको प्लस्टिकको गुन्द्रीमा, अनि आमा चै दोरीले बुनेको खाटमा पल्टेर खाको भात सेलाउदै बस्थ्यौ । म चै उपरखुट्टी लगाएर दुइटै हात टाउको पछाडी सारेर सिरानी बनाउदै माथि हेर्थे । निलो आकास हुन्थ्यो, उज्यालो जुन, जताततै छरलङ तारै-तारा । त्यो बेला नेपालमा भिडियो गेम अलिक आईपुगेको थिएन । Sci-fi कार्टुन, कमिक्सहरु चै टन्नै हेर्ने बानी, टिभी सिरियल हेर्नु चै आईतबार बेलुका सम्म कुर्नु पर्ने । तर जे होस्, माथि तारा हेर्नु पाए पछि अर्कै खाले रमाईलो । त्यहा imagination को आफ्नै संसार हुन्थ्यो । We used to literally watch actual stars at night. Much better than it is for kids these days. Man, I feel sorry for them cause apparently, all the stars they get to watch today is in reality TV shows. कसैले संसार हामीलाई चाहिने भन्दा धेरै नै छिटो फेरिन्दै छ भनेको पक्कै हो । यस्तो कुरा त हामीले बुढो भएर आफ्नो नाति नातिनीलाई सुनाउनु पर्ने हो, तर आबो त भान्जा भान्जी भन्दा अगाडीको लाई नै सुनाउने बेला आईसक्यो । (द जेम्स ग्याङको त्यो गीत बेकग्राउन्डमा हल्का बज्दै छ) ।
Subscribe to:
Post Comments (Atom)
1 comment:
I love your blog, well, what I can read of it. You have a great mind. and I love listening you your traditional Nepalese music. Thank you for posting it. So beautiful. I like so much more than traditional Serbian Music!! That is where I am living now. Tried to figure out how to follow your blog, but will keep trying.
T, from Laytons
Post a Comment