Nepalese Folk Music

Friday, February 4, 2011

संखै लाग्यो

Listen लाई इङ्लिसमा लिस्टन नभनेर लिसन् भनेजस्तै Ananta लाई पनि “अनन्-त” होइन “अनन्” भनेर मात्रै सबैले डाकुन् भन्ने हाम्रो आमाको सोच रैछ । अब यो इङ्लिसमा प्रयोग गरिने silent letters को कुरा कति जनालाई मत्रै मैले सिकाउदै हिड्नु? कुईरेलाई नै इङ्लिसको rule सिकाउनु परेपछि मेरो के लाग्छ? मेरो जस्तो गाह्रो नाम लिँदा फेरि ओंठ र जिब्रो ठोक्किएर भुईमा लड्लान् भनेर सबैको ध्यान पुर्‍याउदै “हेलौ, आइम् अ-नान्-ता” भनेर सजिलो पारिदिन्छु । जसरी बोलाए पनि मान्छे चिने त भैहाल्यो भन्छु ।

आबो, हवाईमा जापानिजहरुको जनसंख्या बेसि छ । एकजना जापानिज् बुढी बज्यै छिन् । तिनी बज्यैलाई सुरु-सुरुमा चिन्दा त्यसरी नै सजिलो हुनेगरि मेरो नाम “अ-नान्-ता” भनेर चिनाएको थिए । बिचरा बुढी बज्यै ! राम्रो सित कान नसुन्ने भएर होला, सयौ पल्ट सच्च्याई सके ! जहिल्यै भेटेपनि Hello! Mr. Yamanata भनेर डाक्छिन् । आबो बुढेस्काल लागेको बज्यैलाई के सिकाईराख्नु? कतै उनले आफ्नो नातिनी दिने बिचार पो गरेको हुन की ?

No comments: