Thursday, May 24, 2012
किन होला?
मेरो दाईले मलाई धेरै माया गर्छ । सँगै खाना पनि ख्वाउछ । होमवर्क पनि नगरिकिन मो सित मतै खेलिरान्छ अन्त आमाको गाली खान्छ । तर मेरो दाई आजभोलि म सित धेरै खेल्दैन । मलाई अलिक सन्चो पनि छैन । छाद्ने र छेर्ने, मुखबाट र्याल बग्ने के भाको हो कुन्नि मलाई ? टोल तिर बौलाएको कुकुरहरुलाई नगरपालिकाले जहर ख्वाउदै मार्छ हरे भनेर आमाले कुरा गर्नुभाको त सुनेको हो ।
एकदिन आमाले दाईहरुलाई ठुलै काम अह्राउनु भयो क्यारे । दुर्गा दाईले बाहिर जान साईकल निकाल्नु भयो । मेरो दाई पनि म तिर आउनुभयो । दाईले मलाई पक्रेर माया गर्नुभयो, एकैछिन खेल्यौ, टाउको सुम्सुम्याउनु भयो । म धेरै खुसी भए । दाईहरुले मलाई पनि सँगै घुमाउन लैजानु भयो । म झन खुसीले उफ्रिनु थाले र रमाउदै दाईहरु सितै गए । अगाडी दुर्गा दाईले साईकल चलाउनु भाको थियो र पछाडी मेरो दाईले मलाई भुईमा नलडोस् भनेर राम्रो सित पक्रिनु भएको थियो ।
साईकलमा बस्दा हावा मज्जाले लाग्दरैछ । दाया र बाया हेर्नु रमाईलो हुदारैछ । बाटोमा कति धेरै मान्छेहरु । कैले नदेखेको सबै नया नया कुराहरु हेर्नु पाईने । सधै दाईसित हिडेर घुम्नु जाँदा, आधा बाटो बाटै फर्किहाल्नु पर्ने तर आज त निकै पर सम्म जानु पाईयो । रमाईलो लागिराको थियो । बजार हेर्दै जाँदा रमाईलो भैराको थियो । पछि बजार पनि सकिन्दै गएपछि ठुलोठुलो ट्रकहरु मत्रै देख्खिनु थाल्यो । मान्छेहरुको भिंड पनि थोरै हुदैगयो । पर पट्टि निकै लामो पुलको बाटो देखिन्थ्यो । हामी त्यतै लाग्दैथियौ । साइकल उकालो चढ्यो । पुलमाथिबाट मुनि खोला हेर्दा एक्दमै रमाईलो लाग्दरैछ ।
पुल पारी पुगेपछि दुर्गा दाईले बिस्तारी साइकल ब्रेक हान्यो । आबो त यहाबाट हिंडेर घुम्ने होला जस्तो लाग्यो । दाईले मलाई राम्रो सित हेरिराको थियो । उनिहरु एक आपसमा गुनगुन् कुरा गर्दैथियो । मलाई चै कहिले भुईमा झार्छ र बाटोमा हिडुम् भनेर हत्तार भैसकेको थियो । दाईले मलाई बिस्तारी भुईमा राख्नुभयो । म खुसी हुदै अलिक अगाडी सम्म कुद्दै पुगे । दाई पनि आउनु भयो । अगाडी पुगेर दाईलाई पर्खेर बसे । दाई अलिक नजिक आएपछि अझै अगाडी जान्छु भनेर सोच्दैथिए ।
साझको बेला घाम अस्ताउनु आटेको थियो । अध्यारो निकै परिसकेको थियो । दाईले टक्क अड्केर एक्छिन् मलाई एकहोरो हेरिराख्नु भयो । भरै त दाई फनक्क फर्केर कुद्दै साईकलमा बस्नु पुग्यो र दुर्गा दाईले साईकल कुदायो । म तर्सिए । मैले त कुरै बुझिन । म पनि कुद्दै कुद्दै पछ्छाए । जति छिटो भेट्टाउनु कुदे, साईकल त्यत्ति नै छिटो कुद्दै गयो । पुलको बाटो निकै लामो थियो । म मरुन्जेल कुदे तर पनि साइकललाई भेटाउनु सकिन अन्त साईकल बिस्तारी बिस्तारी सानो सानो देखिन्दै गयो र निकै पर पुगेर थोप्ला हुदै मेरो आखा अगाडीबाट लोप भयो ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment