Nepalese Folk Music

Thursday, March 22, 2007

लौ भन्नुहोस् , कुखुरा पहिला कि अण्डा ?

खासगरी मैले यो ब्लग् मेरो आफ्नै बारेमा मपाई गर्नु लेख्दैछु । हुन त यो माथिको प्रश्न र मेरो बिच कुनै सम्बन्ध छैन तापनि तेत्तिकै रमाईलो को लागि हालेको । तपाईहरुलाई झुक्काको नभन्ठान्नु होला । खासमा पाठक वर्गहरुलाई आकर्षित् गर्न प्रयोग् गरेको । आकर्षित् त गर्‍यो कि गरेन कुन्नि तर जे होस्, एनिवे! मेरो बारेमा भन्नु पर्दा मलाई नेपाली भाषामा ब्लग् गर्नु चासो बढेको छ । नेपाली लिपिमा थोरै मात्रमा ब्लग् देखेको हुनाले मैले पनि अरु दुइ-चार जना साथीहरुले जस्तै सुरु गरेको हुँ। मेरो बारेमा भन्नुपर्दा मलाई देखनेहरु सबैजना मलाई अति सरल भन्ठान्छन् । मेरो अनुहारमा त्यस्तो सोझोपन् झल्किने कुरा के छ कुन्नि? फाइदाजनक् रहुन्जेल् त ठिकैको कुरो हो । अरु त के भन्ने खै? रुघा लागेको बेलामा मेरो नाकबाट सिंङान् झर्छ । तिर्खा लागेको बेलामा पानी पिउछु । मलाई भुटेको भात मनपर्छ । दाल मनपर्दैन । धेरै पिरो खायो भने मेरो टाउको चिलाउछ । मलाई त्यो बोत्तलको अचारहरु मनपर्दैन । गुलियो कुरा मनपर्दैन । गुन्द्रुकको झोल् मनपर्छ । साग् सब्जीहरुमा पात गोबि मनपर्छ । तामाको तरकारी मान्छेहरुले कसरी खान्छन् कुन्नि? अचम्मै लाग्छ । कस्तो साह्रो परैबाट गनाउँछ । मलाई बाख्राको खुट्टाको झोल् चै साह्रै मनपर्ने तर आजकल चै खाँदिन, पाप हो जस्तो लाग्छ किनकि बिचरा उसले त्यो दुइटा खुट्टाले अझै कति पाईला टेक्थ्यो होला भन्ठानेर... हुन त बाख्राको चारओटा खुट्टा हुन्छ । तर कुखुराको मासु चै फेरी खाइन्छ बेला-बेलामा । पेटमा बोसो लाग्नु थालेर हैरान् भैराकोछ अन्त त्यसैले आबो देखि मासु नखाउम् भनेको तर बेला-बेलामा आँखा चिम्लेर गैहाल्छ । घरमा आमाले म सानो हुँदा कुखुरा काटनु लगाउदा त मजाले छप्काउथे तर जति बुढो हुदै गयो त्यति कुखुरा काट्ने भनेपछि त्यतिनै भागिहिड्थे । तर डराएर होइन, जिवजन्तु प्रति दया जागेर । मलाई कुखुरा भुत्ल्याउनु मनपर्दैन तर सानोमा हुँदा कुखुराको आन्द्राभुँडी सबै केलाउथे र त्यहा भित्र भाको कुखुराको पहेलो-पहेलो हरियो-सेतो सुलीलाई आन्द्रामा पाइप् जोडेर अनि सिँन्काले घोचेर, मोजा उल्टो पारे जस्तै उल्टाएर, धाराको पानीले सफा गरीकन नुनसुन् हालेर आगोमा पोलेर खान्थे । सानोमा स्कूल् गएन्जेल् जुत्ता त्यति साह्रो फटाईन । त्यो बाटा जुत्ता लगाउदा खुट्टा पछाडी घाउ बनाइदिन्थ्यो । बाँसबारी र फिट् राईट् एउटै हो कि फरक् फरक कम्पनि हो कुन्नि? बिर्से । त्यो खाले जुत्ता पनि लगाए । एह् हे! " हात्ति छाप् चप्पल् बलियो कि गैडा छाप् चप्पल् बलियो, उस्तै उस्तै हो नानु " भन्ने रेडियोमा सुनेको विज्ञापन याद आयो । त्यो निलो रब्बरको चप्लिले पिटाई खादा कस्तो साह्रो डाम् बसाईदिन्थ्यो । मेरो धेरै लुगाहरु नलगाई-नलगाई छोटो भएर गयो । सायद काठमाँडौमा अझै पनि मान्छेहरु पहिला मैले जस्तै बिहान-बिहान ६:०० बजे उठेर झापाली पसलमा दुध् लिनु जान्छन् होलान् । बिहान-बिहान घरको कुकुरलाई मुताउनु बाहिर डाँडातिर लग्थे । के तपाईहरु पनि एस्तै गर्नु हुन्थ्यो कि अल्छिको पोको हुनुहुन्थ्यो?

3 comments:

Unknown said...

मित्रजि सायद् हजुर् लै थहा रैनछ कुखुरा पहिल आयो कि अन्ढा पहिल आयो भने र तर पिर् नमन्नुहोस् म हजुर्लाइ प्रस्ढ परिदिन्छु,हजुर् भोजनलय म गयर पहिल जुन् मग्नुहुन्छ् तेहि पहिला आउछ्।

Anonymous said...

shibi jee klw bhannu bhayeko kura gajab lagyo malai
mero bichara ra shiba jee ko bichar milyo ta

Anonymous said...

Dherai nai has uthne raichha dai! basnai mandaina. ha ha ha. nepali ma kasari hasne?! khititi. tara kasto daat nabhayeko jasto lagcha! nepalima blog ta ramro raichha.tapaiko barema lekhnu bhako raichha. ani bisaya chai kina arkai rakhnu bhako ni? tapaiko nepali posh sunido raichha. tyo hatti chaap ho ki gaida chhap haina. 'hatti baliyo ki hatti chaap chappal baliyo' po ho ta. Aja bihaan ma pani hamro purano nepali ad haru samjhidai thiye. 'muna muna muna chiya muna' ani 'tadha najai deu timi malai chhodi tadha... uff' haha.
Tapai ko chinese pen ko blog ma comment garne ta ma matrai po raichhu! Mero nepali isn't dat bad either, is it dai?! i wsnt very good at it in school. C ya. ani keep blogging dai.