Nepalese Folk Music

Thursday, March 22, 2007

मेरो बिचार

जिवन भनेको एउटा ठुलो नाटक हो । हामी सबै यसका पात्र हौ । कलाकार भने पनि, दर्शक भने पनि, दुवै हामी हौ । त्यसैले कि त नाटक गरौ कि त तमासा हेरौ । मेरो बिचारमा नाटक हेर्नु भन्दा खेल्नु रमाईलो हुन्छ । दर्शक भयौ भने हरेक कुराको मनन् गरौ । जसरी जिवन् एउटा भ्रम हो, त्यसरी यसका हरेक् पक्षलाई केलाएर हेर्ने गरौ । यो एउटा बल्झिएको जालो हो जसलाई फुकाउन निकै समय लाग्छ । हामी सबैलाई चिन्ह भनौ वा कुनै एउटा कुराको पहिचान दिने तथा अस्तित्व जनाउने चिन्हले सदैव अकर्षित गरिआएकोछ । मानवजाति र चिन्ह बिच गहिरो सम्बन्ध छ । हामीलाई कुनै कुरा मनपर्यो भने त्यस्लाई एउटा चिन्ह स्वरूप सम्मान दिन्छौ । मानिसहरु सामाजिक प्राणी भएकाले गर्दा समाजभित्र मानिसलाई मानसिक् तथा भौतिक दुवै रुपमा वशमा राखनुकोलागि अनेक किसिमको जालो बिछाईएको हुन्छ । अब त्यो जालो मान्छेहरु लढे भने बचाउनको लागि भनेर राखिएको हो कि नत्र सामाज भित्र भौतरिएका पात्रहरुलाई समातेर बाहिर जालोमा फाल्नको लागि बनाईएको हो? विचार गर्नुहोस् । हत्तेरिका ! झण्डै झण्डै गत्तिलै निबन्ध पो भएछ । तर खास् भन्ने हो भने मैले के भन्नु खोजेको हो म आफैलाई थाहा छैन । लेखनु त अलिकति मार्मिक कुरो नै लेखे की जस्तो लाग्दैछ । ब्लग् लेख्नु सुरु गरेपछि के लेखने पत्तो नभएर त्यत्तिकै जे पाई त्यै शब्दहरु हालेर हुन्छ वा लामो लामो वाक्य बनाएर सक्दोसम्म यो पेज भर्ने कोसिस गर्दैछु । तपाईहरुले यहाँ सम्म पढने दुख गरिदिनु भएकोमा म यहाँहरुलाई धेरै धेरै धन्यबाद् टक्र्याउदछु । स्कूल छाडेपछि यत्तिका वर्षसम्म नेपाली नलेखेकोले गर्दा पो मेरो औला चिलाईरहेको रैछ । त्यती बेला भने नेपाली विषयलाई हेप्ने गरेको बानी अहिले आएर नेपालीमा मात्रै लेखनु र नेपालीमा मात्रै पढ्नु मन लाग्दैछ ।

2 comments:

कलमबीर_घोताने said...

यो बिचार भनेको कुरा अचार जस्तै हो के मित्र। कुनै अचार पिरो हुन्छ, कुनै अ मिलो, कुनै गुलियो भने कुनै नुनिलो.. त्यसैले मलाई के लाग्छ भने नि ब्लगमा बिचार जस्तो आए पनि पोखिहाल्नु पर्छ जसरी म पोख्ने गर्छु।
साँच्चै जीवन र नाटकको सन्दर्भमा म के पनि भन्न चाहन्छु भने नि, हामी कलाकार र दर्शक बाहेक निर्देशक पनि हौं के.. आफैंले बनाउने फिल्म अनि आफै अभिनय गरेर तमासा हेर्ने हामी स्वंय हौं जस्तो लाग्छ है मेरो बिचारमा।

कलमबीर_घोताने said...

मित्र साकाहरीमा मेरो नमस्कार।
आज धेरै दिनपछि कम्प्यूटर अगाडि आउँदा मेरो ब्लग कसैले पढेछ र कमेन्ट पनि गरेको देख्दा साह्रै खुसी लाग्यो। त्यसको लागि सर्वप्रथम म धन्यवाद टक्रयाउन चाहन्छु।
र आजभोलि म मीनपचासमा रहेको पनि जानकारी गराउन चाहन्छु। मेरो पढाइको कारणले अलि व्यस्त रहेको र स्वास्थ्यमा पनि घोटाला भएकोले ब्लग लेख्न सकिएरहेको छुइन्। तर तपाईले गर्दा अलि प्रेरित भएको छु र छिट्टै यहाँ ब्लगमण्डलमा उपस्थित हुनेछु।