Nepalese Folk Music

Friday, February 23, 2007

"खाओवादीहरुको हातबाट रायमाझीको चिकन्‌ टेण्‍डरको हत्‍या"

लोरस खबर पत्रिका - करिब बिहानको ११:०० बजे भिजिटेसन्‌ निवासी लोरस कलेजका विधार्थी अभिषेक रायमाझी आफ्‍नो कोठाबाट काममा निस्‍कीरहेको बेला १ जना नकाबधारीद्वारा पिस्‍तोल देखाई निजको अपहरण भएको थियो । निजको झोलामा चिकन टेण्‍डरको "TO-GO wrap" गरेको ३ वटा पाकेट फेला पारे पछि अपहरणकारीले रायमाझीलाई गाडीबाट धक्‍का दिई लाईब्रेरी अगाडि छाडेको थियो । प्रहरी निरीक्षक सुदिस श्रेष्‍ठ यस छानबिनको सिलसिलामा हालसम्‍म कुनैपनि सबूत बरामद्‌ नभएको बताउनु हुन्‍छ । आफ्‍नो प्राण भन्‍दा पनि प्‍यारो चिकन टेण्‍डर गुमाएको दु:खद्‌ अवसरमा शोक व्‍य्‍त्त गर्दै रायमाझी भन्‍नुहुन्‍छ, " ज्‍ये पाई त्‍यै, इटस्‌ ईम्‍पोसिबल !!! " प्रहरी द्वारा छानबिनको क्रम जारी नै रहेको जनाउदै प्रहरी निरीक्षक श्रेष्‍ठ चिकन टेण्‍डरको पक्‍कै पनि खान नपाएको भोको मानिसद्वारा अपहरण भएको हुनसक्‍ने सबूत बरामद्‌ भएको बताउनुहुन्‍छ र हामी अपहरणकारीलाई छिट्ठै नै फेला पार्ने छौ भन्‍नुहुन्‍छ " अपहरणकारीलाई आफ्‍नै आखाँले देखेको बताउने स्‍मिथ निवासी अनन्‍त थापाज्‍यू चै आफैलाई शुद्ध शाकाहारी रहेको बताउनुहुन्‍छ ।

1 comment:

Valerie Rose said...

Ananta you are wonderful!! I wish I could read this. ;)
haha, but in the meantime, have a beautiful day!! :)
peace love and respect,
me