Nepalese Folk Music

Showing posts with label ananta thapa. Show all posts
Showing posts with label ananta thapa. Show all posts

Friday, February 23, 2007

"खाओवादीहरुको हातबाट रायमाझीको चिकन्‌ टेण्‍डरको हत्‍या"

लोरस खबर पत्रिका - करिब बिहानको ११:०० बजे भिजिटेसन्‌ निवासी लोरस कलेजका विधार्थी अभिषेक रायमाझी आफ्‍नो कोठाबाट काममा निस्‍कीरहेको बेला १ जना नकाबधारीद्वारा पिस्‍तोल देखाई निजको अपहरण भएको थियो । निजको झोलामा चिकन टेण्‍डरको "TO-GO wrap" गरेको ३ वटा पाकेट फेला पारे पछि अपहरणकारीले रायमाझीलाई गाडीबाट धक्‍का दिई लाईब्रेरी अगाडि छाडेको थियो । प्रहरी निरीक्षक सुदिस श्रेष्‍ठ यस छानबिनको सिलसिलामा हालसम्‍म कुनैपनि सबूत बरामद्‌ नभएको बताउनु हुन्‍छ । आफ्‍नो प्राण भन्‍दा पनि प्‍यारो चिकन टेण्‍डर गुमाएको दु:खद्‌ अवसरमा शोक व्‍य्‍त्त गर्दै रायमाझी भन्‍नुहुन्‍छ, " ज्‍ये पाई त्‍यै, इटस्‌ ईम्‍पोसिबल !!! " प्रहरी द्वारा छानबिनको क्रम जारी नै रहेको जनाउदै प्रहरी निरीक्षक श्रेष्‍ठ चिकन टेण्‍डरको पक्‍कै पनि खान नपाएको भोको मानिसद्वारा अपहरण भएको हुनसक्‍ने सबूत बरामद्‌ भएको बताउनुहुन्‍छ र हामी अपहरणकारीलाई छिट्ठै नै फेला पार्ने छौ भन्‍नुहुन्‍छ " अपहरणकारीलाई आफ्‍नै आखाँले देखेको बताउने स्‍मिथ निवासी अनन्‍त थापाज्‍यू चै आफैलाई शुद्ध शाकाहारी रहेको बताउनुहुन्‍छ ।