आज मैले ठमेल सम्बन्धि ब्लग्माण्डुमा एउटा पोस्ट पढे । पोस्ट पढ्दा त अहिले भर्खरै टिकट काटेर ठमेल जाउ जस्तो लाग्ने । विदेशी पर्यटकहरुको भीड, साथीभाईहरुको जम्घट, साना साना गल्ली र पसलहरु, झिलिमिली बत्ति, मोटरसाइकल र गाडीहरुको टिटिट् र पिपिप - कल्पना गर्दा त मनै थाम्न नसकिने । ब्लग चाहर्ने क्रममा तलपटि कमेन्ट पढे । सो ठमेल बारे लेखिएको पोस्टले खालि राम्रा राम्रा कुराहरु मात्रै जनाएकोमा एक्जना असन्तुस्ट पाठकले ठमेलमा नराम्रा कुराहरु पनि भएको कुराहरु लेखिनुपर्ने भनेर गुनासो गर्नुभएको रहेछ । कुरो ठिकै हो जस्तो लाग्यो । अनि मैले पनि कमेन्ट थपे ।
" बुट्वलबाट पढ्ने सिल्सिलामा काठमान्डु पुगेका मेरा मित्रले ठमेल घुम्दा एक जोर ट्राउसर किन्न भनेर ठमेलको एउटा पसल भित्र पसेछन् । पसल भित्र छिरेर उन्ले "यो ट्राउसरको दाम कति हो दाई" भनेर सोध्दा त पसलेले झर्किदै अङ्रेजीमा सेखी झार्दै " दिस् इच् नट् फर नेपलिज् !!" भनेर थर्कायो यार भन्दै उनि मुर्मुरिएको मलाई अझै याद छ । त्यतिखेर म लगायत मेरा साथीहरु उ माथि मुर्छा परि-परि त हास्यौ तर आज यहि कुरो एसो विचार गर्दा अचम्म लाग्छ । के ठमेलमा यस्तो नेपाली र विदेशी ग्राहक छुट्ट्याउने पसलहरु पनि छन ? "
मैले यहि कुरा कमेन्टमा हालेको थिए । एसो विचार गर्दा आफ्नो ब्लग पनि खालि भाको - भरिहालौ न यहिकुरो आफ्नै ब्लगमा पनि भनेर ब्लगिहालेको । मेरा सो मित्र हालै क्यान्सस राज्यमा अध्यन्नरत हुनुहुन्छ । त्यो भन्दा बढि त के भन्ने, नत्र फेरि लात् खाइन्छ ।
Wednesday, December 19, 2007
Subscribe to:
Post Comments (Atom)
6 comments:
A, thamel ma jada kheri ko experience ta ramailo nai hunchha.
Fursad ma ghumna jane ki kinna jane tyo chahi farak kuro ho.
Nepali le kinne pasal bhrikuti mandap matra ho ra?
Time!: nabin
भृकुटी मन्डप मा त म पनि पसेको छु । त्यहा त थुप्रै नक्कली सामनहरु खरिद-बिक्री हुदरहेछ । साच्ची यस्तो पसलहरु ठुल-ठुला सहरहरुमा जहा पनि हुदरहेछन । मान्छेहरुले त्यहाबाट नक्कली Rado घडी रु.२०० मा किन्ने रैछन् अनि अरुलाई रु. ५००० मा किनेको भनेर झुक्काउदरैछन । तर मैले त्यस्तो नक्कली घडी चै किनेर लगाएको छुइन । कतिपयले त्यसो गर्छन भनेर मलाई थाहा छ । म त्रिचन्द्र कलेजमा पढ्दा केटाहरु भेटेको छु । तिनीहरुले नै मलाई त्यहा लगेका हुन् । जे होस् भृकुटी मन्डप बजार पनि देखियो । म चै बरु महाबौद्धमा प्लेस्टेसनका सस्तो सस्तो सिडीहरु किन्नु जान्थे । lol
हैन हैन भृकुटिमण्डप मा राम्रो पनि पाइन्छ --एक पटक मैले छात्रावासमा बस्दा त्यहि बाट रु. १५० मा सानो रेडियो किनेको भन्न त उस्ले ३०० रु भनेको थियो तर मोलतोल गर्दा मैले आधि घटाएको -उस्ले सहर्ष दियो - सोनी लेख्याथ्यो नाम चै -- म त्यहाँ बस्दा सम्म बिग्रिएन। वास्तव मा मलाइ छात्रावास बस्दा सम्म गित सुन्नलाई मात्रै त्यो रेडियो चाहियाथ्यो । त्यसपछि संगै बस्ने साथीलाइ नै छोडेर आएको । एक वर्ष पछि मेरो साथी त्यहि रेडियोमा मैले जस्तै गित सुन्दै थिइन। तर म चै छात्रावासमा कम्तिमा ४ महिना बसे हुम्ला:)
हे हे भृकुटि मण्डपको पसलेहरुले हास्दै 'सामना किन के किन' भन्दै पछिपछि हिड्न थाल्दा उनिहरुको समान किन्दिन मनलाग्थ्यो मलाई चै --लोल!
मेरो(उपभोक्ताको)माग रेडियोले पुरा गर्यो। मेरो(उपभोक्ताको)आबस्यक्ता अनुसार मैले त्यति नै मुल्य तिर्न तयार थिए र मूल्य अनुसार को उपयोग पनि गरे मैले। त्यो बजार सहि मानेमा बजार हो जहाँ मागकर्ता र लगानी कर्ता पूर्ण सन्तुष्ट हुन्छ।
(क्याप्छ्याकी! अब तपाइलाई मैले के पढेकोजस्तो लाग्यो ??)
अहो ठिक्कै भनेकै बेलामा फेला पर्नु भएछ । मलाई पनि सप्लाई र डिमान्डका धेरै कुराहरु सिक्नुछ । हजुरको अर्थशास्त्र र व्यापार व्यवस्थापन सम्बन्धि ज्ञान अब काम लाग्ने भो । कृपया मलाई निशुल्क पाठ दिनसक्नु हुन्छ कि ? ..जो हाँ !
त्यो बिहान को पोष्टिङ खै त? हे हे हे बिहे गर्न हतार भयो भनेर लेख्याथ्यो!!!!
जे होस लेखाइ निकै क्युट लाग्यो --यसबारेमा कमेन्ट लेख्न मसंग एउटा संझना थियो मेरो साथी को --लेख्नै पाइन जे होस अरु छिट्टै जाओस है त:)
सुरुमा पोस्ट त गरिहाले पछि फेरि लाज लाग्यो .. हा हा.. तपाईलाई मनपरेछ, हल्का जोस आयो फेरि पोस्ट गर्नु ।
Post a Comment