Nepalese Folk Music

Tuesday, January 29, 2008

धेरै हतार नगरौ

जाडोको महिना थियो क्यारे । टि भी कोठामा हिटर बालेको थियौ । पाहुनालाई डाईनिङ रूममा चिसो होला भनेर टि भी कोठामा नै भात खुवाउने भन्नुभयो । त्यस्तो राम्रो कार्पेट माथि भातको सिठा अथवा चिल्लो तरकारी वा तेल-सेल झार्ला भनेर टेबल मेट बिछाईयो । पाहुनाले खाना खाएर सकाउनुभयो । पाहुनालाई Tissue Paper ल्याएर दिनु नभ्याउदै पाहुनाले त हत्त न पत्त छेउको newspaper ट्याप्प टिपेर काच्याक कुचुक पार्दै हातमुख पुछ्न थाल्नुभयो । Newspaper परेछ एक्दमै low quality paper को । हुन्छ नि त्यो सुन्धारा असन तिर बेचिने दृष्टि, देशान्तर, जनादेश खाले खबरपत्रिका । पक्कै पनि त्यस्तो पत्रिकामा सस्तो खाले मसीको प्रयोग भएको हुनुपर्छ । अब त्यस्तो खाले कागजले मुख पुछेपछि के होला ?

बिचरा हाम्रो पाहुनाले मुख पुछेर टाउको ठाडो पार्दा त उन्को गाला, मुख र निधार भरि जताततै देशान्तर र जनादेश लेखिएको अक्षरै अक्षरले पोतिएको ।

5 comments:

vivaforever said...

Know what? I can excess and comment on blogspot without any problem now.But the question arises , till when?

Anonymous said...

हा,हा,हा............... पाहुना ले त्यसो गर्नु भन्दा पहिले नै भन्नु पर्छ नि !!! के गर्ने पत्रिका निकालेर पेट पाल्नुपर्छ,महंगो कागज मा छापेर के गर्ने लगानि नै ऊठ्दैन होला ???

Basanta said...

रमाइलो भएछ!

Anonymous said...

:):)

Administrator,Bhojpure said...

good jokes
क्या हसायो , धन्यवाद