झम्सिखेल, जावलाखेलतिरै हो क्यारे नर्थ कोरियाको एम्बेसी भएको । अहिले सम्झिदा चै साह्रै हासुठ्छ । त्यो बेला त हामी दुई भाई बाहिर जाने भनेर निकै तात्तिएका थियौ । त्यसै क्रममा कहिले कुन एम्बेसी त कहिले कुनमा पुगिराको हुन्थ्यौ । थाईलेन्डकोमा पुगिएन कि? अस्ट्रलियाकोमा पुगिएन कि? फ्रान्स, जर्मनी कता-कताकोमा त पुगिएन होला? घुम्दा-घुम्दा वाक्कै भएर घर फर्किदै गरेको बेलामा बाटोमा झम्सिखेल नजिकै हो क्यारे-नर्थ कोरियाको एम्बेस्सी देखियो । दिनभरिको कुदाईले लखतरान परेको दुई भाई हामी साह्रै थकित भएर पनि होला,"लौ घर नजिकै रहेछ, यसमा पनि पसि हालौ" भनेर कुरा मिलाईयो । मोटरबाईक गेट नजिकै अड्याउनु अगाडी किन दिमागले काम गरेन कुन्नि? दिनभरि जुन जुन त भेट्छ त्यै त्यै एम्बसी पसेको भएर होला । गेट भित्र हेर्दा घर त सुनसान थियो । ओर्लेर गेटनिर भाको बोलाउने घन्टी थ्याच्छ थिचिहाल्लियो । घन्टी बज्ने बित्तिकै हामी दुवैको दिमागमा पनि बल्ल घन्टी बज्यो । त्यसपछि त हामी दुवै भाई एक अर्कालाई हेर्दै मनमनै प्रश्न गर्यौ । नर्थ कोरियामा मर्नु जानु छ र घन्टी थिचेको ? को पो जान्छ होला त्यहाँ काम गर्नु? त्यति भन्दै हामी दुवैको एकैचोटी हासो फुट्यो । त्यसपछि अताल्लिएर छिटो छिटो भागौ भनेर मोटरबाईकमा चढ्नु आटेको भरै त भित्रबाट एउटा नर्थ कोरियाली आईमाई आईपुगिन र इङ्लिसमा सोधिन,"तपाईहरुले कसलाई खोज्नु भएको होला?"
हामी फेरि ढाँट्नु पनि नजान्ने । इङ्लिसमै उत्तर फर्कायौ, "बाटो हराएर आईपुगिएछ, माफ गर्नुहोला, सरी!" भन्दै टाप कस्यौ ।
बिदेशिने क्रममा नर्थ कोरियाको एम्बसी पुग्ने पहिलो नेपाली हामी दुईजना दाजुभाई नै होला ।
Tuesday, February 26, 2008
Subscribe to:
Post Comments (Atom)
1 comment:
well.. it's like I said!
Post a Comment