सानोमा हाम्रो घरमा एउटा भाले कुखुरा थियो । टोलको मान्छेहरुलाई ठुंङेर हैरान पार्थ्यो । भाले पनि निकै ठुलो थियो । नजिक पर्नु पनि कस्तो डर लाग्थ्यो । त्यो भाले सित त हाम्रो कुकुर पनि डराउथ्यो । हाम्रो कुखुराको खोर दुई तल्ले थियो । पोथी जति तल्लो खोरमा बस्थे । सायद अण्डा टिप्नु सजिलो हुन्छ भनेर होला आमाले त्यसरी राख्नु भएको । अनि त्यो रातो जुरेली भएको भालेले आफ्नो खोर बाट तलतिर सिमेन्टको भुईमा हाम्फालेर झर्दा पनि कस्तो साह्रो ठुलो "ढ्वाक्क्" आवाज निकाल्थ्यो । सानोतिनो मान्छेले हाम्फालेको जस्तै लाग्थ्यो । त्यसको नङ्रा पनि कति साह्रो चुच्चो थियो । हाम्रो आमालाई मात्रै नठुंङ्ने । बाँकी घरको सबै डराउनु पर्ने ।
जालीको ढोका च्याँss गरेर खोल्दा ढोकाबाट निस्किने मान्छेलाई त्यो भालेले कस्तो ध्यान दिएर हेरिराको हुन्थ्यो । जाली ढोका पनि आवाज नआउने गरेर बिस्तारी खोल्नु पर्ने अनि एक्दमै बिचार पुर्आएर पाइला चाल्नु पर्ने । पछाडी हेरेर हिड्दा हिड्दै पनि कताबाट एक्कास्सी कुद्देर आएर ठुङिहाल्थ्यो । हाम्रो घरको टोइलेट पनि घर बाहिर थियो । त्यै माथि पारी पाखा कुखुराको खोर । त्यै बाटो भएर जानु पर्ने । त्यस्तो पारी कुखुराको खोर हुँदाहुदै पनि डराई डराई टोइलेट छिर्नुपर्ने । त्यसैले त्यसको खोरको ढोका खुल्लै छ भने बरु पहिला म आमालाई बोलाउथे । मलाई टोइलेट जानु पर्यो भने त हाम्रो यस्तो खाले पानी उगाउने भाडा थियो । म त त्यो भाडामा पानी लिएर जान्थे । अनि भाले नजिक-नजिक आयो भने पानीले छेप्दिन्थे । अन्त परै बस्थ्यो । अनि बेस्मारी दौडिएर टोइलेटभित्र पसेर छिट्टो छिट्टो चुक्कुल लाउथे । फेरि निस्किने बेलामा टेन्सन हुन्थ्यो । टोइलेटको ढोकाबाट बिस्तारी चिहाएर त्यो भालेको उपस्थिति हेरिकन बिचबाटो काटे झै दाया र बाया हेरेर मात्रै दगुरिन्थे । एक्दमै टाईमिङ मिलाउनु पर्ने नत्र हमला भैहाल्थ्यो ।
बिचरा हाम्रो हुन्सिङ दाईलाई पासुलामा ठुङेर कस्तो नराम्रो चोक्टै उडाईदेको थियो । अहिले सम्झिन्दा त साह्रै हास उठ्छ । त्यो भालेले ठुङ्ने बेलामा आफ्नो घाँटी तन्काएर टाउको वरपरको प्वाँखहरु जति सबै मजुरले जस्तै फुल्लाउथ्यो । काट्टीकुट्टी एउटा त्यो जुरासिक पार्कको जनावर जस्तै देखिन्थ्यो । अनि त्यै सोचेर म डराउथे । जे होस् त्यो भालेले अरु भालेहरुलाई पनि थर्काएर राखेको थियो । हुन त म पनि घरको एउटा सानोतिनो भाले नै थिए । तर मलाई त्यसले ठिक पारेको भन्नु चै मिल्दैन, त्यो संग म अलि अलि मात्रै डराउथे । पछि त्यो भालेलाई बुढेसकाल लागेर होला आफ्नै खोरमा मात्रै बस्थ्यो हरे । म त घर छोडेर होस्टल गैसकेको थिए । आमाले त्यो भाले आफै मर्यो कि नत्र काटेर खायौ भन्नु भयो कुन्नि? बिर्सिए । तर छुट्टीमा घर आउदा भने नडराईकन टोइलेट पस्नु पर्दा खल्लो लाग्नेरहेछ । त्यो भालेको निकै याद आउथ्यो । हुदा पनि रिस उठ्ने, नहुदा पनि खल्लो लाग्ने । सानोको कुराहरु सम्झिन्दा रमाईलो लाग्छ । जे होस्, कहिले कसो त्यो भालेको सम्झनाले अझै चिथार्छ ।
Thursday, December 25, 2008
Sunday, December 21, 2008
Thursday, December 18, 2008
नाममा के छ ?
हैन के हो गाठे यस्तो । कहिले केस्को नाम फेरियो भनेर सुन्निन्छ कहिले कुन्नि के को। पहिले राष्ट्रिय गान फेरियो भनेर सुनेको थिए । त्यस पछि पासपोर्टमा भएको छाप । अहिले आएर फेरि त्रिभुवन विश्वबिद्यालय को नाम फेरिन्दै छ हरे । त्यसै गरी राजमार्ग अनि त्यस्तै-त्यस्तै सम्पूर्ण राजपरिवार संग जोडिएको सबै नामहरु फेरिन्दै छ हरे ।
सोच्दैछु,कता-कता कुरा पचाउनु गाह्रो भैराको छ मलाई । हुन त राम्रै गरेको हुन कि नराम्रो त्यो म अहिल्यै चै भन्नु सक्दिन । हुन त सानो-सानो कुरा पछि गएर ठुलो हुन्छ भन्छन । लामो अवगतमा राम्रै नतिजा आउछ भने त ठिकै छ तर के भनेको-सोचेको-खोजेको जस्तै होला त? हुन त परिवर्तन भनेको एकै रातमा हुने कुरा होइन, समय लाग्छ भनेको भएर मात्रै चित्त बुझाएर बसेकोछु ।
केराको बोक्रालाई रातो रंगाए पनि भित्रको गुदी त केरै रहन्छ नि होइन र? सायद मेरो एनालजी एक्दमै मिलेन तर मैले के भन्नु खोजेको भन्दा खेरि राष्ट्रिय गान फेरेर सारा नेपालीलाई आफ्नो जन्मभूमि प्रति माया जाग्ने हो भने पो बल्ल रमाईलो भयो त । त्रिभुवन विश्वविद्यालय को नाम मात्रै होइन शिक्षा प्रणालीमा परिवर्तन ल्याएर हामी नेपाली बिद्यार्थीले बिदेशीको लागि काम नगरी आफ्नै देशमा कर्मको मेहनतले उच्चस्तरको शिक्षा हासिल गर्नु पाए पो बल्ल नाम फेरेको रमाईलो पनि हुनेछ । महेन्द्र राजमार्गको नाम मात्रै होइन बाटोमा टायर जलाउनेहरुको सोचाईमा परिवर्तन, पासपोर्टमा लगाईने छाप मात्रै होइन, सरकारद्वारा बिदेसिएका लाखौ नेपाली नागरिकको सुरक्षा र हितमा देखिएको कमिमा परिवर्तन ल्याउन सके पो नाम फेरेकोमा मज्जा पनि आउछ ।
तर अहिले मलाई एउटा कुराले चै चिन्ता लागिराको छ । त्रिभुवन बिमानस्थलको नाम त उनिहरुले पक्कै पनि फेर्न सक्दैनन् । नत्र बिचरा नेपाली विद्यार्थीहरु भर्खर सेमेस्टर सकेर अमेरिकाबाट नेपाल घर छुट्टी मनाउछु भनेर निस्केकाहरु कतै त्रिभुवन बिमानस्थल नपुगि अर्कै बिमानस्थलमा पुगेको चाल पाएर नअताल्लिउन् । आजकलको जमानामा त्यसै त प्लेन भनेको ठाउँमा ल्येन्ड नभएपछि हाईजेकमा पो परिएछ कि भन्ने डर हुन्छ । यात्रुहरु त होइन फेरि पाईलटहरु नै पो झुक्किएर, "आई?? काठमान्डुको कोअर्डिनेटस हरु त सबै मिल्छ तर फेरि अएर्पोर्टको नाम चै भिन्दै छ!" भनेर फेरि ल्यान्ड नगरी सिधै कान्दाहार पुर्याउन बेर नलाउन ।
जे होस्, साह्रै कम्प्लेन गर्ने बानी पनि लागेछ यार बिदेशमा बसेर । म पनि कतै ती देश बाहिर बसेर नेपालमा खाली यो भएन र त्यो भएन, नेपालमा यो छैन र त्यो छैन भनेर थुतूनो मात्रै खेलाउने बुध्दिजिवीहरुमा परिणत हुनु आटेको त हैन? मेरो पनि नाम फेर्ने बेला भएको त होइन कतै? ओहो डर पो लाग्यो । धेरै क्रिटिसाइज नगरुम । अब चुप लाग्छु ।

Subscribe to:
Posts (Atom)