हैन के हो गाठे यस्तो । कहिले केस्को नाम फेरियो भनेर सुन्निन्छ कहिले कुन्नि के को। पहिले राष्ट्रिय गान फेरियो भनेर सुनेको थिए । त्यस पछि पासपोर्टमा भएको छाप । अहिले आएर फेरि त्रिभुवन विश्वबिद्यालय को नाम फेरिन्दै छ हरे । त्यसै गरी राजमार्ग अनि त्यस्तै-त्यस्तै सम्पूर्ण राजपरिवार संग जोडिएको सबै नामहरु फेरिन्दै छ हरे ।
सोच्दैछु,कता-कता कुरा पचाउनु गाह्रो भैराको छ मलाई । हुन त राम्रै गरेको हुन कि नराम्रो त्यो म अहिल्यै चै भन्नु सक्दिन । हुन त सानो-सानो कुरा पछि गएर ठुलो हुन्छ भन्छन । लामो अवगतमा राम्रै नतिजा आउछ भने त ठिकै छ तर के भनेको-सोचेको-खोजेको जस्तै होला त? हुन त परिवर्तन भनेको एकै रातमा हुने कुरा होइन, समय लाग्छ भनेको भएर मात्रै चित्त बुझाएर बसेकोछु ।
केराको बोक्रालाई रातो रंगाए पनि भित्रको गुदी त केरै रहन्छ नि होइन र? सायद मेरो एनालजी एक्दमै मिलेन तर मैले के भन्नु खोजेको भन्दा खेरि राष्ट्रिय गान फेरेर सारा नेपालीलाई आफ्नो जन्मभूमि प्रति माया जाग्ने हो भने पो बल्ल रमाईलो भयो त । त्रिभुवन विश्वविद्यालय को नाम मात्रै होइन शिक्षा प्रणालीमा परिवर्तन ल्याएर हामी नेपाली बिद्यार्थीले बिदेशीको लागि काम नगरी आफ्नै देशमा कर्मको मेहनतले उच्चस्तरको शिक्षा हासिल गर्नु पाए पो बल्ल नाम फेरेको रमाईलो पनि हुनेछ । महेन्द्र राजमार्गको नाम मात्रै होइन बाटोमा टायर जलाउनेहरुको सोचाईमा परिवर्तन, पासपोर्टमा लगाईने छाप मात्रै होइन, सरकारद्वारा बिदेसिएका लाखौ नेपाली नागरिकको सुरक्षा र हितमा देखिएको कमिमा परिवर्तन ल्याउन सके पो नाम फेरेकोमा मज्जा पनि आउछ ।
तर अहिले मलाई एउटा कुराले चै चिन्ता लागिराको छ । त्रिभुवन बिमानस्थलको नाम त उनिहरुले पक्कै पनि फेर्न सक्दैनन् । नत्र बिचरा नेपाली विद्यार्थीहरु भर्खर सेमेस्टर सकेर अमेरिकाबाट नेपाल घर छुट्टी मनाउछु भनेर निस्केकाहरु कतै त्रिभुवन बिमानस्थल नपुगि अर्कै बिमानस्थलमा पुगेको चाल पाएर नअताल्लिउन् । आजकलको जमानामा त्यसै त प्लेन भनेको ठाउँमा ल्येन्ड नभएपछि हाईजेकमा पो परिएछ कि भन्ने डर हुन्छ । यात्रुहरु त होइन फेरि पाईलटहरु नै पो झुक्किएर, "आई?? काठमान्डुको कोअर्डिनेटस हरु त सबै मिल्छ तर फेरि अएर्पोर्टको नाम चै भिन्दै छ!" भनेर फेरि ल्यान्ड नगरी सिधै कान्दाहार पुर्याउन बेर नलाउन ।
जे होस्, साह्रै कम्प्लेन गर्ने बानी पनि लागेछ यार बिदेशमा बसेर । म पनि कतै ती देश बाहिर बसेर नेपालमा खाली यो भएन र त्यो भएन, नेपालमा यो छैन र त्यो छैन भनेर थुतूनो मात्रै खेलाउने बुध्दिजिवीहरुमा परिणत हुनु आटेको त हैन? मेरो पनि नाम फेर्ने बेला भएको त होइन कतै? ओहो डर पो लाग्यो । धेरै क्रिटिसाइज नगरुम । अब चुप लाग्छु ।
Thursday, December 18, 2008
Subscribe to:
Post Comments (Atom)
5 comments:
होप सबै राम्रै होस् , जुन जोगी आए पनि कान चिरेको जस्तो नहोस्।तर ईतिहास भनेको सबै मेटायो भने हाम्रो अस्तित्व के रहला ?सोचनिये बिचार छ ।
अहो खतरा डायलग हान्नु भयो नि lol.
phurad ko kurakani pani ramro nai rahe6 ...u ko blog ma pasne anumati t 6 ni hain ra?
u ko blog ma ? भनेको अलिक बुझिन । ब्लगमा पस्नु पनि अनुमति ? झन confused भए .
तपाईंको लेखने शैली एक्द मै मनपर्छ अनि तपाईंको ब्लग पनि । । ।
तपाईंले कुनैपनि कुरालाई interesting तरिकाले लेख्नुहुन्छ । ।यो नै यस ब्लगको बिशेषता हो । धन्यवाद तपाईं र तपाईंको ब्लगलाई ।
Post a Comment