यो चै मैले काम गर्दा सुन्ने धुन मिक्स गरेको । तातो ग्रील माथी चिसो आईस फालेर ग्रील सफा गर्ने बेलामा यो धुन सुन्दै सफा गर्छु । ग्रील त टिल्लिक्कै !
Thursday, May 29, 2008
Work Beat
मैले ब्लब बिटबक्स् डी जे मिक्सर प्रयोग गरेर एउटा धुन बनाउने प्रयास गरेको छु । कृपया तपाईहरुले सुनेर कस्तो लाग्छ यहाँ कमेन्ट हालिदिनु होला । ब्लब वेब्साइटमा तपाईहरुले पनि यसरी आफुलाई मनपरे अनुसार धुनहरु संयोजन गर्न सक्नुहुनेछ । यसो गर्न एकैछिन समय लाग्छ तर यसरी धुन निर्माण गर्नु खालि त्यहाँ भएको स्लाईडर्स हरुलाई माथि र तल बढाउने र घटाउने काम मात्रै हो । गुड् लक् !
Tuesday, May 6, 2008
रेस्टुरेन्ट भाषा
रेस्टुरेन्ट भित्र भान्छा कोठामा कुनै पनि कुरा सकिएको छ भने '86' भनेर कोड प्रयोग गरिने रहेछ । "के हो यो 86 भनेको?" भनेर सोद्धा, जेट्ठा कुकले मलाई बुझाए,"यदि हामी संग किचनमा पाउरोटी सिद्धियो भने बाहिर वेट्रेसहरुलाई पाउरोटी 86!! भनेर चिच्चाउनु पर्छ अनि त्यसपछी उनीहरुले हामी संग अहिलेलाई पाउरोटी सकिएको रहेछ भनेर बुझ्नेछन!"
ठ्याक्कै आज बिहान किचनमा व्हिट ब्रेड सकिएको रहेछ अनि एकजना वेट्रेसले पनि फेरि त्यहि कुराको नै अर्डर झ्यालमा सुटुक्क् छोडेर गएछिन । अस्तिनै सिकेको कुरा आज ठ्याक्कै काम लाग्ने भयो भन्ठान्दै झ्याल निर गएर अब "व्हिट ब्रेड 86!!" भनेर जोडले चिच्च्याउछु भनेर गाको त भरै जतानामको ठुलो स्वरमा "व्हिट ब्रेड 69!!" पो भनेछु । किन त्यसो भन्न पुगेछु कुन्नि आफै अचम्म परे । उता घाँटी बटार्दै सबैजनाले मलाई हेरेर गललल हास्नुथाले । "ल्हौ मार्यो कता टाउको लुकाउने होला" जस्तो भएर एक्छिन त कता जाम-कता जाम भाको । थोत्थोरै लाज पनि लाग्यो । एउटा कुरा भन्छु भन्दा अर्कै कुरा भनिपठाएछु ।

Friday, May 2, 2008
मोडरेसन रिक्य्वायर्ड
हेर है साथी हो ! सबैजनाले थाल्नु भन्दा अगाडि राम्रो सित बिचार पुर्याउनु होला । जुनै कुरा पनि धेरै भयो भने हानिकारक हुने फिलोसफी तपाई-हाम्लाई थाहा भएकै कुरा हो । जे कुरा पनि मोडरेट अथवा ठिक्कको हुनु जरुरी भएको सबैलाई थाहा नै छ ।
मैले मेरो हटमेलमा "केरा खानुको फाइदाहरु थुप्रै छन" भनेर ईमेल पाए । यसले हाम्रो जीउ भित्र रगतको बहावलाई मद्दत पुर्याउने र मुटु, दिमाग, ब्लड प्रेसर आद्दि इत्यादि लाई ठुलो सहयोग पुर्याउने कुराहरु बयान गरिएको थियो । केरामा पाईने पौष्टिक आहारहरु जस्तै ग्लुकोज, फ्रुक्टोज, सुक्रोज अनि नाना-भाति सबैकुराको फाइदाहरु उल्लेख गरिएको थियो । खास गरेर आईमाईहरुलाई छोरा पाउने रहर छ भने गर्भ कन्सिव गर्नु अगाडि केरा खाने बानी बसाले हुन्छ भनेर लेखिएको थियो । यो कुरा चै साचो हो कि होइन, मलाई पक्का थाहा भएन तर शिकागोको कुन्नि के युनिभर्सिटीमा अनुसन्धान गरिएको भनेर चर्चा गरिएको थियो । मलाई लामो डिट्येलमा पढ्नु झ्याउ लाग्यो । तर केटाहरुलाई चै केरामा भएको भिटामीन बी ले आफ्नो पोटेन्सीलाई अझै बढाउनुको लागि ठुलो मद्दत गर्ने र आफ्नो सेक्सुअल लाईफलाई एक्टीभ र चालु राख्न मद्दत गर्ने भनेर लेखिएको कुरा चै साह्रै ईन्ट्रेस्टिङ लाग्यो । त्यै भएर मैले पनि आफ्नो फ्युचरको बारेमा पहिलो पल्ट सोच्दै दिनदिनै केरा खानु थालेको त भरै कस्तो साह्रो, आज तीन दिन भैसक्यो, टट्टी अड्केर कत्रो आपत!

Subscribe to:
Posts (Atom)