लेफ्टी हो भने देब्रे हत्केलाको औंला सबै तन्काउने
नत्र दुईटै हत्केला फिजाए पनि हुन्छ
बुढी औंला बाँकी औंलाहरु भन्दा अलग्गै टाढा हुनुपर्छ
र बाँकी औंलाहरु चै जोडिएकै हुनुपर्छ भन्नेपनि छैन
अनि हत्केला तयार भएपछि आफुलाई रिस उठेको मान्छेको अनुहार नजिक लगेर
अनुहारलाई हत्केलाले पछाडी तिर धकेल्दै
निधार देखिन सुरु गरेर चिउडो सम्म पुरै अनुहार मजाले सोर्ने
सकेसम्म हातको पंजालाई victim को अनुहार पुरै छोप्पिने गरेर फिजाउने

अनि बिस्तारी मज्जाले टाईम लिएर सोर्दा खेरी "ईइ..... हो तेरो" भनेर भन्ने । आफु भन्दा अलिक बलियो र डरलाग्दो opponent छ भने चै छिट्टो भन्दा छिट्टो स्वात्त्त लोप्पा खुवाउने अनि भाग्ने ।
No comments:
Post a Comment