समय पनि कति छिटो बित्छरहेछ । लघभग ४-५ बर्ष नै भैसकेछ नेपालमा हुँदा काम गरेको। त्यतिखेर म जावलाखेल अवस्थित एउटा अफिसमा काम गर्थे । यो कुरा निकाल्नुको मुख्य कारण चै मलाई office भन्ने कमेडी सिरियल हेर्दा आफ्नो पुरानो अनुभव याद आएर हो । यो शो मा कर्मचारीहरु अफिस भित्र Call of Duty खेलेर समय बिताएको देखाईएकोछ । त्यहा जावलाखेलको अफिसमा हामी कर्मचारीहरु आ-आफ्नो काम छिटो-छिटो सक्काएर अफिस बन्द गरेपछि मल्टिप्लेयर गेमिङ सुरु हुन्थ्यो । हामी संग pentium II प्रोसेसर कम्प्युटर भएकोले गर्दा नया नया गेम नचल्ने हुनाले Delta Force, Half-Life खेलिन्थ्यो अनि पछि-पछि Counter-Strike जम्न थाल्यो । त्यो दिनहरु खुब झलझलि याद आउछ । सुरेन्द्र सर, सुनिल, सन्देश, प्रोबिन, गगन दाई, माधव सर, खेम दाई, सुमेन्द्र र सुबर्ण अनि म । मेरो weapon of choice चै mp5 थियो । केटाहरु साह्रै खप्पिस थिए । आफ्नै टिमलाई गोली हानेर मार्यो भनेर रिसाउने, पख तलाई बदला लिन्छु भनेर जित्ने कुराहरु, रमाइलो हुन्थ्यो । जे होस् म चै king नै थिए । हा हा ।
भिडियोमा देखाईएको जस्तै पुरा बत्ती-सत्ती मारेर, चिया खाने ब्रेकमा माथि छतमा गएर आ-आफ्नो टिमको strategy बनाएर पुरा गहिरो छलफल हुन्थ्यो । गगन दाई जहिले पनि sniper लिएर एउटा map को कुनामा ढुकेर बस्थ्यो अन्त म चै पछाडी बाट गएर चक्कुले slit गरिदिन्थे हा हा । सुनिलको weapon of choice खालि shotgun लिन्थ्यो । प्रोबिन चै खालि त्यो दारी भाको टेरोरिस्ट लिन्थ्यो । Close encounters हुँदा opponent खालि उफ्रे को उफ्रै गर्यो भने चै त्यो सुरेन्द्र सर हो भनेर चिनिन्थ्यो । खेम दाई चै साह्रै उत्तेजित हुन्थे र उसलाई कसैले मार्यो भने भन्नुहुन्थ्यो -"मेरो mouse बिग्रेछ के त्यसैले...."
Call of Duty ले चै Loras College को सम्झना ल्याउछ ।
तपाईहरुलाई मानव अधिकार सम्बन्धि विषयमा हल्का चासो छ भने यो वेब्साइट हेर्नुहोला । यहाँ युद्ध ताका कुन पक्षका र कसलाई युद्धबन्धि मानिन्छ, कसलाई अधिनमा लिन मिल्छ वा मिल्दैन, युद्धबन्धिहरुको जेनेभा कन्भेन्सन् ३ अनुरुप् कुन् तरिकाले व्यवहार सन्चालन गरिनुपर्छ भनेर एउटा idea दिन्छ ।
मलाई हालैमा मनपरेको वेब्साइट यो हो । यो tiltviewer ले Flickr.com भन्ने वेब्साइट बाट फोटोहरु तानेर देखाउने गर्दछ । तपाईले यो cool application को प्रयोगले फोटोहरु नौलो तरिकाले हेर्नसक्नुहुन्छ । आफुलाई जता मन पर्यो त्यतै बङाएर पक्कैको फोटो एल्बम पल्टाएजस्तै पल्टाएर अरु फोटोहरु हेर्नसक्नुहुन्छ । एउटा फोटोमा क्लिक गरेपछि त्यस्लाई पछाडिपट्टि फर्काएर caption पनि पढ्नसक्नुहुन्छ र फोटो बाहिर क्लिक् गरेर सबैभन्दा तल रहेको return चिन्हलाई क्लिक् गरेर अझै थुप्रै फोटोहरु निकाल्नसक्नुहुन्छ । मलाई यो साह्रै मनपर्यो ।
कम्प्युटर बिग्रेर मर्मत गर्दै बसेको दिनभरि आज । कतै बाहिर गएको छैन । अहिले दिमाग एक्दम खोक्रो भएको लागिरहेकोछ । त्यसैले टिभि निकै हेँरिदैछ । चेनल फ्लिप गर्दै बसेको। डिस्कवरी हेल्थ चेनलमा जोह्न एण्ड केट् प्लस एट भन्ने शो आउदरहेछ । एउटै घरमा आठ जना बच्चाहरु ! पत्ताउनै गाह्रो । Twins लाई जुम्ल्यहा भन्छ भने Sixtuplets लाई नेपालीमा के भन्छ ? तिनीहरुलाई के छम्ल्याहा भन्ने ? Sixtuplets को अर्थ एकैचोटी ६ जना जन्मेकाहरुलाई भनिन्छ । हुन त sixtuplets भन्ने अङ्रेजीमा कुनै शब्द नै छैन जस्तो लाग्छ तर जोह्न र केट जोडीले यो sixtuplets भन्ने शब्दको निर्माण मात्रै गरेनन्, सम्भव पारेर नै देखाईदिए । यो संसार अचम्मको छ । हरेक दिन नयाँ नयाँ कुराहरु देख्नुपाइन्छ ।
Wednesday, May 30, 2007
बोर्डवकमा एउटा मान्छेले आफ्नो ट्रम्पेट बजाईराखेको थियो र अन्त छेउको पसलमा कुनि कुन चै एउटा र्याप बिट् बजिरहेको थियो । त्यो दुइटा छुट्टा छुट्टै धुन एक्दम मिठो फ्युजन बनिरहेको थियो । म कुनै दिन त्यस्तै एउटा "लो बिट्" संगै स्याक्सोफोन नभए ट्रम्पेटको साउन्ड मिक्स गर्नेछु ।
काम खोज्दा पाएन । त्यसैले सुदिशले समुन्द्रबाट कछुवाको बच्चा समातेर घर ल्याएको छ । क्य्राक । आशा छ साथीले छिट्टै काम पाउने छ र जीवजन्तु समातेर घर नल्याओव्स ।
अहिले भर्खरै TV मा ipod को नयाँ विज्ञापन हेरे । यो ल्याटिनो गीत एक्दमै मनपरेर खोजि हाले । एक्दमै राम्रो ट्युन छ ।
Friday, May 25, 2007
नेपालमा हुदाँ एउटा ढलेको सिंका पनि ठाडो नपार्नेलाई यहा आएर दिन रात आव्हर्स् गन्दै काम गर्नु पर्दा त गाह्रो त हुन्छ नै । हरियो डलरले जिउमा नभएको मैला पनि निकालिदिँदा रहेछ । असम्भवलाई पनि सम्भव बनाउदरहेछ ।
काठमाण्डुमा घरमा बस्दा मधिसे मिस्त्रिहरु काम गर्नु आउदा आफु चै मज्जाले बहिर घाम तापी तापी चियाको मज्जा लिंदै उनिहरुले काम गरेको हेरेको कुरा याद आयो । यहा ओसन सिटिमा रेस्टुरेन्टमा काम गर्दा कुर्सिहरु पेन्ट गर्दा खेरी कुइरेको बच्चाहरुले मैले काम गरेको ध्यान दिएर हेर्दा त्यै कुरा याद आयो ।
सबैको पालो फर्केर आउदरहेछ ।
नेपाली दाजुभाईहरुको दुख मर्का देख्दा सुन्दा त यस्तो पाराले कहिले सम्म चल्छ होला भनेर टेन्सन पनि हुन्छ । हुन पनि किन नहोस? नेपालीहरुले कहिले सम्म यसरी आफ्नो देश छोडेर अर्काको देशमा काम गर्ने हो ? यहा विदेशमा जत्तिको दुख गरिन्छ, त्यति नै दुख आफ्नै देशमा गरे वापत अहिले सम्म हाम्रो नेपालमा पनि केहि न केहि प्रगति त भैसकेको हुन्थ्यो कि?
आज चै काम गरेर आएको । एक्दमै थकाई लागिरहेको छ । बिस्तारी बिस्तारी मैला लुगाहरु थुप्रिदैछ । हुन त कपडा धुने लण्ड्री पनि यो पालि त घरको ठ्याक्कै पछाडी छ । इन्टर्नेट पनि घर भित्र सजिलै टिप्ने रहेछ । यो पालि चै रमाईलो भैरहेकोछ । हुन त आज खासै भन्नु पर्ने कुरा त केहि छैन त्यैपनि ब्लगलाई निरन्तरता दिनका लागि केहि दुई चार शब्द भएपनि कोरौ भनेर हो ।
बसमा चढ्नु $२.०० डलर लाग्छ । बस चढेपछि एउटा टिकट पाईन्छ र त्यो टिकटले पुरा दिन भरि चढ्ने ओर्लिने गर्नु पाईन्छ । एउटा टिकटको समय चै बिहान ६ बजे देखिन लिएर भोलिपल्ट बिहानको ६ बजे सम्म गरेर पुरा २४ घण्टा सम्म लागु हुन्छ । हरेक दिन फरक-फरक कलरको टिकटमा फरक-फरक अक्षर लेखिएको टिकट हुन्छ । यहाँ ओसन सिटिको बसमा चढ्नु पनि एउटा नौलो अनुभव हुन्छ । संसार भरिका थरि थरि देशबाट आएका मान्छेहरुले भरिएको हुन्छ । कुईरे, काले, नेपाली, रसियन, थाई, पोलिश, मोरोक्कन देखिन लिएर, जमैकन अनि त्यस्तै त्यस्तै देशहरु गरिकन मेहिकन लगायत सबै थरिको मान्छेहरु त्यो बसमा चढेको हुन्छन । रसियन केटीहरुको अगाडी अमेरिकन केटीहरु त सबै कस्तो साह्रो मोटी-मोटी देखिन्छ रहेछ । रसियन केटीहरु चै दुब्ली न दुब्ली, पातली झण्डै मोडल जस्तै ज्यान भएको हुन्दारहेछ । अमेरिकनहरु बेसी मासु र चिज्ज खाएर होला मोटा मोटा भएको ।
Monday, May 14, 2007
म आज सम्म भिजिटेसनमा बास बस्नु परेको थिएन तर आज गाडी छुटाएकोले गर्दा भिजिटेसनमा बस्नु पर्यो । तर अहिले भने यहाँ सबै साथीहरु गर्मी महिनाको बिदामा कामको खोजिमा समुन्द्र सहर तर्फ लागिसके । अहिल यहा केवल बिवेक, सन्जित, उत्सव र शिखा मात्रै छन् । यो पालि सायद समय छुटाउने लहर नै चलेकोछ । सबैभन्दा पहिला अस्तिको दिन बिप्लवले आफ्नो फ्लाइट छुटाएको थियो र त्यसपछि समिरले हिजो आफ्नो फ्लाइट छुटायो र आज चै मैले आफ्नो गाडी छुटाए । बिवेक संगै म याहा भिजिटेसनमा बसेकोछु । अहिले २ घण्टा नबित्तदै मलाई छटपट् भैसक्यो । यत्रो पुरै समरको बिदा भरी बिवेक र उत्सवले कसरी समय बिताउछन जस्तो लागिसक्यो । अहिले मलाई संसार भरिको सारा फुर्सद समय प्राप्त भएको आभास भैराकोछ । गीत पनि त्यस्तै सेन्टिमेन्टल अनि रोमान्टिक खाले मात्रै बजिरहेकोछ । साह्रो एक्लो फील् भैराकोछ । हुन त अहिले यो समरको सुरुमा मात्रै हो । काम गर्नु सुरु गरिसकेपछि म जस्तो हजारौ नेपाली विद्दार्थीहरुलाई यहा कलेजको ट्युसन फीस् तिर्ने बाध्यताले न त दिन न त रात सोचिकन केवल हरेक घण्टा-घण्टाको हिसाब गर्दै काम गर्नुपर्छ । सबै जना कामको खोजिमा ओसन सिटि जान्छन । पहिलो पल्ट संयुक्त राज्य अमेरिका आएका नेपाली विद्दार्थीहरुका लागि कुबेरको खजाना । हुन त सबैले काम पाउछन भन्ने कुनै ग्यारेण्टी हुदैन । कोहि भग्यमानी पर्न जान्छन र फ्याट्टै काम पनि पाईहाल्छन । कोहि भने कामको खोजिमा महिनौ लगाउछन । कसैलाई भनेको जस्तो काम मिल्दैन भने कसैलाई जस्तो सुकै भएपनि काम पाए हुन्थ्यो भन्ने कुराले पिरोलिरहेको हुन्छ । ओसन सिटि पुगेपछि सबैभन्दा पहिलो कुरा बास मिलाउने काम । सम्पर्क कायम राखन सकेकाहरुले पहिल्यै नै घर खोजिसकेका हुन्छन । पहिलो पल्ट गएकाहरु मध्ये कसैलाई पनि नचिनेका नेपाली दाजु भाई दिदी बहिनीहरुको भने विचल्ली देखिन्छ । तर नेपालीहरु यस्तो मामिला सुल्झाउनमा अलिक सफल नै देखिएको हो कि कसरी हो जसो तसो बस्ने कोठा चै जसरी भए पनि मिलाउछन । त्यहा नेपालीले नेपालीको मद्दत गर्ने मान्छेहरु पनि भेटिन्छन भने मत्लब नै नगर्नेहरु पनि भेटिन्छन । एउटा नेपालीले छेउ बाट अर्को नेपाली जाँदा नेपाली भएको नाताले यसो हल्का श्रद्दापुर्वक हाँसिदिनु त पर्ने हो । यो कमै मात्रामा हुने गर्छ ।
धेरै जसो नेपाली मित्रहरुको लामो लामो कपाल भएको मैले देखे । यो फेसन हो कि के हो भनेर खोज तलास गर्दा के थाहा लाग्यो भने यहाँ कपाल काटेको मात्रै केवल $ १०.०० डलर लाग्दछ । नेपालमा हजामकोमा गएर रु. २५.०० तिर्नुपर्ने ठाउमा थर्काई-थर्काई १५-२० रुपियामा कपाल काट्ने गरेको बानी
पैसाको खडेरी परेको बेलामा दश-दश डलर तिरेर कपाल काट्नु भन्दा बरु फेसन नै बनाइदिउ भन्ने मनस्थितिले पो धेरै जसो नेपाली मित्रहरुको लामो लामो कपाल देखिंदरहेछ । सय मिटर बाटो पारी कपाल लामो लामो पारेर लङ-ख्रङ लङ-ख्रङ हिढिरहेको केटा देख्यो भने तपाईले आखा चिम्लेर त्यो पक्कै पनि नेपाली केटा हो भनेर ठोकुवा गर्न सक्नुहुनेछ । हुन त विचरा कैयौ मित्रहरुले रहरले होइन कर ले पनि कपाल लामो राख्ने गरेकाछन । कोहि भने आफु पाश्चात्य संगितप्रेमी रहेको दावी गर्छन् । तर कोहि भने ठीक त्यसको विपरित कपाल पुरै खौरेर आफु हिप-हप संस्कृति रुचाउने भनेर सोहि प्रकार ठुला-ठुला कपडा लगाउछन ।
यो गीत मलाई साह्रै मार्मिक लाग्छ । यस गीतमा झल्काइएको शिक्षा प्रणालीसंग सम्बन्धित प्रश्न सायद नेपालमा हामीले पनि सानो छँदा भोग्यौ कि? यो मलाई साह्रै मनपर्ने गीत हो र तपाईलाई पनि पक्कै मनपर्नेछ । सानोमा मात्रै नभैइ ठुलै भएर पनि हामी कतै यस्तै मनस्थितिमा त छैनौ?
The little boy went first day of school
He got some crayons and started to draw
He put colors all over the paper
For colors was what he saw
And the teacher said.. What you doin' young man
I'm paintin' flowers he said
She said... It's not the time for art young man
And anyway flowers are green and red
There's a time for everything young man
And a way it should be done
You've got to show concern for everyone else
For you're not the only one
And she said...
Flowers are red young man
Green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen
But the little boy said...
There are so many colors in the rainbow
So many colors in the morning sun
So many colors in the flower and I see every one
Well the teacher said.. You're sassy
There's ways that things should be
And you'll paint flowers the way they are
So repeat after me.....
And she said...
Flowers are red young man
Green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen
But the little boy said...
There are so many colors in the rainbow
So many colors in the morning sun
So many colors in the flower and I see every one
The teacher put him in a corner
She said.. It's for your own good..
And you won't come out 'til you get it right
And all responding like you should
Well finally he got lonely
Frightened thoughts filled his head
And he went up to the teacher
And this is what he said.. and he said
Flowers are red, green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen
Time went by like it always does
And they moved to another town
And the little boy went to another school
And this is what he found
The teacher there was smilin'
She said...Painting should be fun
And there are so many colors in a flower
So let's use every one
But that little boy painted flowers
In neat rows of green and red
And when the teacher asked him why
This is what he said.. and he said
Flowers are red, green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen.
मेरा नेपाली दाजुभाई तथा दिदी बहिनी एंवम् मित्रवर्गहरुमा मेरो तर्फबाट यहाँहरुको दिर्घायु जीवन र सु-सम्पन्नता कायमका लागि र उत्तरोत्तर प्रगतिकालागि कामना गर्दै बि सं २०६४ नयाँ सालको खुशियालीमा यहाँहरु प्रति म हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु । आशा छ यो आउदो नयाँ वर्षले हाम्रो देशमा शान्ति स्थापना गर्नेछ र सारा विश्व भरि फैलिएर बसेका हाम्रा नेपाली जनताले हर्षोल्लासका साथ खुसियाली मनाउदै नेपालीहरुको शान्तिप्रिय भाव कायम गर्नेछन् ।
अब म तपाईहरुलाई फोटोशपको कमाल देखाउछु । हुनु त यी तल चित्रमा देखिनु भएका विद्दार्थी हुन्, यिनी कुनै क्रान्तिकारी होइनन् तर वहाको ठुलो रहर पुरा गरिदिउ भनेर मात्रै म आज यो फोटोशप कोट्टाउदै छु । यो चित्र कृपया राम्रोसित हेर्नुहोला । नझुक्किनुहोस्, कतै यिनी नक्कली क्रन्तिकारी त परेनन ?
कृपया चित्र ठुलो पारेर हेर्नुको लागि चित्रमा क्लिक गर्नुहोला ।
मलाई खासै भन्नु पर्दा आईसक्रिम खानु मनपर्दैन तर आईसक्रिममा लेमन लेखेको देखेर मेरो मुखमा थुक आयो । किनेर ल्याएको भरै त फ्रिजमा बिर्सेर तलपट्टि पो राखेछु अन्त पछि खाने बेलामा हेरेको त पुरै पग्लेर बाक्लो न बाक्लो पानी जस्तै भाको रैछ । तिर्खा लागेको बेलामा पर्खिनसक्नु भयो तर पनि केहिछिनको लागि फ्रिजरमा राखेको त आईस्क्रिम जम्नु साह्रै बेसि समय लग्ने जस्तो भएर मेरो पाली चम्चाले हल्का पानी-पानी नै रहेको आईस्क्रिम खानुथाले । अचम्मलाग्दो, यसरी पहिलोपल्ट खाएको आधा-पानी र आधा बरफक्रिम (बल्ल नेपालीमा आईस भनेको बरफ भनेर याद आयो त्यसैले बरफ लेखेको ) जे होस्, मलाई त निकै मिठो लाग्यो । कता-कता स्मुदिस खाको जस्तो पनि लाग्यो । अब स्मुदिसलाई नेपालीमा कसरी वर्णन गर्ने गाह्रो लाग्यो । तपाईहरु पनि यसरी बरफक्रिम खाने होइन त? :)
हामीले भोकटे रुखबाट झार्यो अन्त त्यस पछि भोकटेको फुटबल खेल्ने गर्थ्यौ । भोकटेले खेलाडीहरुको लात्ती खादा खादा नरम र गिलो गिलो भैसकेको हुन्थ्यो । त्यस पछि त्यो भोकटेलाई धारामा लगेर पानीले पुरा मजाले सफा गरेर, क्लासरूम भित्र गैइ नङ-काटनेको छुरीले भोकटेलाई सावधानी पुर्वक बिचबाट चिरेर, अनि त्यस्को बोक्रा चै ढ्वाङमा फाल्ने अनि खादा पनि टाउको नै चिलाउने एक्दमै पिरो नुन खुर्सानी एउटा स्टिलको भाडामा हालेर अनि रेसा रेसा छुट्टाएको भोकटे माथी झन् गुलियो चिनी थप्ने । भोकटेको हरेक रेसा रेसामा त्यो पिरो र गुलियोको समीश्रण; एउटा काटा प्रयोग् गरेर मिसाउने अनि त्यस्लाई छप्पक्क भिजुन्जेल छोडीदिने । त्यसपछि त्यो भोकटेलाई रससरी टप्प टिपेर आफ्नो मुखमा झ्वाम्म हाल्दा पुरा घाटी नै रसैरसले भित्र सम्म भिज्ने गरी खानु पाउदा कत्ति रमाईलो हुन्थ्यो । कस्तो मेरो त आफ्नै मुखमा थुक आयो । ट्वाक् ट्वाक् जिब्रो पडकाउनु मन लाग्यो ।
बिदाको दिन मौका पारेर हल्का दिमागको सन्तुलनका लागि गिटार फिट्दा रमाईलो हुन्छ । मलाई अरुपनि थुप्रै इन्सट्रुमेन्टहरु बजाउनु चासो छ । मलाई ग्राण्ड पियानो बजाउनु सिक्नु चै साह्रै रहर थियो तर के गर्नु, सिक्ने मौका आइपरेन तर भोलिपर्सी समय पाएभने एकदिन पक्कै पियानो बजाउनु सिक्ने छु । ------------------------------------------------- अनि भोक लाग्यो भने खाना पकाएर खानु पनि प्रशस्तै समय लिएर पाकएर खाईन्छ । मैले यहा प्याज, बोडी, श्रिम्प माछा , भेज्जी बर्गर, पातगोभी लाई भुटेको भात सित फ्राई गरेर पकाएको - मिठो भयो । ------------------------------------------------------------------------------ मलाई ब्ल्यान्चले साह्रै हेरविचार गर्छिन् । वहा यस स्मिथ हलको सबैभन्दा पुरानो आया हुनुहुन्छ । स्मिथ् हल मात्र नभैइ सारा लोरस कलेज भरिका कर्मचारीहरु मध्य सबैभन्दा पुरानो स्टाफ वहा नै हुनुहुन्छ । सधै धेरैजसो म आफ्नो कोठामा बसेर पढिरहेको बेलामा, वहा मलाई खोज्दै "मिस्टर पापा, व्हेर आर यु?" भन्दै आएर जहिले पनि एउटा न एउटा चकलेट् व केन्डी छोडेर जानुहुन्छ । भो पुग्यो अब देखि मलाई यस्तो चकलेटहरु सधै ल्याएर दिनु पर्दैन भन्दा पनि, "ओ नो!, किप् ईट, यु लुक सो अन-नरिष्ड (unnourished) भन्दै चकलेट छोडेर जान्छिन । ब्ल्यान्च
विदाको बेलामा मोमो पकाएर खाने मौका । गूड फ्राइडेको दिनमा जसरी यिशस क्राइस्टलाई क्रुसिफिक्स गरिएको थियो, बाईबलमा यिशसको क्रुसिफिक्स ब्याख्या गरिए अनुसार फिलिप्पिन्समा त्यस्तै रुपमा कुनै धर्मावलम्बीहरु द्वारा आफ्नो हात र खुट्टामा कांटी ठोकिन्छ । उनीहरु आफुले जति पीडा पायो, त्यति आफु भगवान संग नजिक भएको महसुस हुने कुरामा विश्वास गर्दछन् । त्यस धार्मिक प्रदर्शनी हेर्न संसारभरी बाट लाखौको रुपमा पर्यटक तथा धर्मावलम्बीहरु भेला हुने गर्दछन् । तर सबैले भने यो रितिमा बिश्वास् गर्दैनन । कोही भने यो क्रिस्चियन धर्मको विपरित रहेको गुनासो गर्छन् । जे होस ज-जस्लाई आफ्नो जीउ बिगार्नु छ, जेसुकै गर्नुदिनुहोस्, हामीलाई के को टाउको दुखाई भयो र? आफु त मज्जाले साथी-भाईसंग त्यो दिन् मोमो पकाएर खाइयो । मोमो चै फेरी मोमोको भाँडामा पकाएको हैन । राजमनि भाईले सिक्किमको जस्तो मोमो बनाउछु भनेर पोका पारेको । हाम्रा साथी प्रज्वलले आज मोमो अनौठो तरिकाले पकाएर देखाउनु भयो । मोमो पकाउन त मोमोको भाँडा नै नचाहिनेरैछ । देक्चीमा पानी उमाल्यो र त्यस्को माथी एल्मुनियम फोइल राखेर, फोइलको माथि चै पोका पारेको मोमो राखेर माथिबाट छोप्ने भाँडाले छोपेर पकाएको । यहा तलको फोटोको मोमो चै सजाउनु नै टाइम पाएन किनकी मोमो थालमा हाल्ने बित्तिक्कै चारै दिशाबाट आक्रमण भैहाल्ने, त्यसैले जस्तो पाई-त्यस्तो देखिराको छ । खादा त मिठो भयो । हेमबर्गरको किमा जस्तो पनि लाग्यो तर साथीलाई सोध्नु पर्ला, पक्कै पनि चिकन हो । मोमो चै अत्ति नै झुम्म अनि रसिलो । एउटा सिंगै मोमो, एकैपालीमा मुखभित्र हाल्नुपर्ने खाल्को । नत्र हातमा राखेर आधा टोक्यो भने त बोसो पुरै आफ्नो औला भरि चुहिएर हैरान । जे होस मोमो मिठो थियो । हाम्रा मित्र प्रज्वल, राजमनि, अभिषेक, समिर, सुदिश र मोहित भाइ सबैजनाले ईस्टरको दिनमा मोमो चाख्यौ। -----------------------------------------------------------------------
सानो हुदा मैले स्याउ खादा स्याउ भित्रको दाना एक्चोटी खाएछु । अन्त मलाई मेरो दिदीले "लाह्! अब तेरो पेटबाट स्याउको रुख उम्रिन्छ !" भन्दा कस्तो साह्रो टेन्सन भाको थियो ।
मेल्टिङ पट भनेको विभिन्न थरिको खानेकुरा एउटै भाडामा पकाउने हो । सांस्कृतिक सन्दर्भमा -सबैजना एउटै सस्कृतिमा मिस्सिनु हो । अनेक धर्म, जाति, भाषा सबै एकै ठाउमा हुनु हो । तर मेरो प्रश्न के हो भने, जब मेटिङ पट मा यो जुन नौलो खाना भनौ वा खिचडी पाक्छ नि, त्यो खान खान लायकको को हुन्छ कि हुदैन? कति जनाले मेल्टिङ पट बाट बनेको कुरा पचाउनु सक्छन् वा सक्दैनन्? हुन त खास के लेखने हो म आफैलाई थाहा छैन, आज चै एक्दमै बोरिङ दिन छ । हिजो एउटा संयुक्त राज्य अमेरिकाको गोराहरु र कालाहरु बिच जातिय भेदभाव सम्बन्धी एउटा डक्युमेन्ट्री हेरेको थिए र त्यसै बिषयमा चिन्तन गर्न यो छोटो हरफ लेखेको ।
खासगरी मैले यो ब्लग् मेरो आफ्नै बारेमा मपाई गर्नु लेख्दैछु । हुन त यो माथिको प्रश्न र मेरो बिच कुनै सम्बन्ध छैन तापनि तेत्तिकै रमाईलो को लागि हालेको । तपाईहरुलाई झुक्काको नभन्ठान्नु होला । खासमा पाठक वर्गहरुलाई आकर्षित् गर्न प्रयोग् गरेको । आकर्षित् त गर्यो कि गरेन कुन्नि तर जे होस्, एनिवे! मेरो बारेमा भन्नु पर्दा मलाई नेपाली भाषामा ब्लग् गर्नु चासो बढेको छ । नेपाली लिपिमा थोरै मात्रमा ब्लग् देखेको हुनाले मैले पनि अरु दुइ-चार जना साथीहरुले जस्तै सुरु गरेको हुँ। मेरो बारेमा भन्नुपर्दा मलाई देखनेहरु सबैजना मलाई अति सरल भन्ठान्छन् । मेरो अनुहारमा त्यस्तो सोझोपन् झल्किने कुरा के छ कुन्नि? फाइदाजनक् रहुन्जेल् त ठिकैको कुरो हो । अरु त के भन्ने खै? रुघा लागेको बेलामा मेरो नाकबाट सिंङान् झर्छ । तिर्खा लागेको बेलामा पानी पिउछु । मलाई भुटेको भात मनपर्छ । दाल मनपर्दैन । धेरै पिरो खायो भने मेरो टाउको चिलाउछ । मलाई त्यो बोत्तलको अचारहरु मनपर्दैन । गुलियो कुरा मनपर्दैन । गुन्द्रुकको झोल् मनपर्छ । साग् सब्जीहरुमा पात गोबि मनपर्छ । तामाको तरकारी मान्छेहरुले कसरी खान्छन् कुन्नि? अचम्मै लाग्छ । कस्तो साह्रो परैबाट गनाउँछ । मलाई बाख्राको खुट्टाको झोल् चै साह्रै मनपर्ने तर आजकल चै खाँदिन, पाप हो जस्तो लाग्छ किनकि बिचरा उसले त्यो दुइटा खुट्टाले अझै कति पाईला टेक्थ्यो होला भन्ठानेर... हुन त बाख्राको चारओटा खुट्टा हुन्छ । तर कुखुराको मासु चै फेरी खाइन्छ बेला-बेलामा । पेटमा बोसो लाग्नु थालेर हैरान् भैराकोछ अन्त त्यसैले आबो देखि मासु नखाउम् भनेको तर बेला-बेलामा आँखा चिम्लेर गैहाल्छ । घरमा आमाले म सानो हुँदा कुखुरा काटनु लगाउदा त मजाले छप्काउथे तर जति बुढो हुदै गयो त्यति कुखुरा काट्ने भनेपछि त्यतिनै भागिहिड्थे । तर डराएर होइन, जिवजन्तु प्रति दया जागेर । मलाई कुखुरा भुत्ल्याउनु मनपर्दैन तर सानोमा हुँदा कुखुराको आन्द्राभुँडी सबै केलाउथे र त्यहा भित्र भाको कुखुराको पहेलो-पहेलो हरियो-सेतो सुलीलाई आन्द्रामा पाइप् जोडेर अनि सिँन्काले घोचेर, मोजा उल्टो पारे जस्तै उल्टाएर, धाराको पानीले सफा गरीकन नुनसुन् हालेर आगोमा पोलेर खान्थे । सानोमा स्कूल् गएन्जेल् जुत्ता त्यति साह्रो फटाईन । त्यो बाटा जुत्ता लगाउदा खुट्टा पछाडी घाउ बनाइदिन्थ्यो । बाँसबारी र फिट् राईट् एउटै हो कि फरक् फरक कम्पनि हो कुन्नि? बिर्से । त्यो खाले जुत्ता पनि लगाए । एह् हे! " हात्ति छाप् चप्पल् बलियो कि गैडा छाप् चप्पल् बलियो, उस्तै उस्तै हो नानु " भन्ने रेडियोमा सुनेको विज्ञापन याद आयो । त्यो निलो रब्बरको चप्लिले पिटाई खादा कस्तो साह्रो डाम् बसाईदिन्थ्यो । मेरो धेरै लुगाहरु नलगाई-नलगाई छोटो भएर गयो । सायद काठमाँडौमा अझै पनि मान्छेहरु पहिला मैले जस्तै बिहान-बिहान ६:०० बजे उठेर झापाली पसलमा दुध् लिनु जान्छन् होलान् । बिहान-बिहान घरको कुकुरलाई मुताउनु बाहिर डाँडातिर लग्थे । के तपाईहरु पनि एस्तै गर्नु हुन्थ्यो कि अल्छिको पोको हुनुहुन्थ्यो?