Tuesday, April 24, 2007
Monday, April 16, 2007
Flowers are Red - Harry Chapin
यो गीत मलाई साह्रै मार्मिक लाग्छ । यस गीतमा झल्काइएको शिक्षा प्रणालीसंग सम्बन्धित प्रश्न सायद नेपालमा हामीले पनि सानो छँदा भोग्यौ कि? यो मलाई साह्रै मनपर्ने गीत हो र तपाईलाई पनि पक्कै मनपर्नेछ । सानोमा मात्रै नभैइ ठुलै भएर पनि हामी कतै यस्तै मनस्थितिमा त छैनौ?
(तल लिरिक्स पढ्नुहोला)
The little boy went first day of school
He got some crayons and started to draw
He put colors all over the paper
For colors was what he saw
And the teacher said.. What you doin' young man
I'm paintin' flowers he said
She said... It's not the time for art young man
And anyway flowers are green and red
There's a time for everything young man
And a way it should be done
You've got to show concern for everyone else
For you're not the only one
And she said...
Flowers are red young man
Green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen
But the little boy said...
There are so many colors in the rainbow
So many colors in the morning sun
So many colors in the flower and I see every one
Well the teacher said.. You're sassy
There's ways that things should be
And you'll paint flowers the way they are
So repeat after me.....

The teacher put him in a corner
She said.. It's for your own good..
And you won't come out 'til you get it right
And all responding like you should
Well finally he got lonely
Frightened thoughts filled his head
And he went up to the teacher
And this is what he said.. and he said
Flowers are red, green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen
Time went by like it always does
And they moved to another town
And the little boy went to another school
And this is what he found
The teacher there was smilin'
She said...Painting should be fun
And there are so many colors in a flower
So let's use every one
But that little boy painted flowers
In neat rows of green and red
And when the teacher asked him why
This is what he said.. and he said
Flowers are red, green leaves are green
There's no need to see flowers any other way
Than the way they always have been seen.

Thursday, April 12, 2007
बि सं २०६४ नया सालको हार्दिक मंगलमय शुभकामना
मेरा नेपाली दाजुभाई तथा दिदी बहिनी एंवम् मित्रवर्गहरुमा मेरो तर्फबाट यहाँहरुको दिर्घायु जीवन र सु-सम्पन्नता कायमका लागि र उत्तरोत्तर प्रगतिकालागि कामना गर्दै बि सं २०६४ नयाँ सालको खुशियालीमा यहाँहरु प्रति म हार्दिक मंगलमय शुभकामना टक्र्याउन चाहन्छु । आशा छ यो आउदो नयाँ वर्षले हाम्रो देशमा शान्ति स्थापना गर्नेछ र सारा विश्व भरि फैलिएर बसेका हाम्रा नेपाली जनताले हर्षोल्लासका साथ खुसियाली मनाउदै नेपालीहरुको शान्तिप्रिय भाव कायम गर्नेछन् ।
मेरो किताबी नेपाली पनि गत्तिलै छ । छैन त?
मेरो किताबी नेपाली पनि गत्तिलै छ । छैन त?
Wednesday, April 11, 2007
नक्कली क्रान्तिकारी
अब म तपाईहरुलाई फोटोशपको कमाल देखाउछु । हुनु त यी तल चित्रमा देखिनु भएका विद्दार्थी हुन्, यिनी कुनै क्रान्तिकारी होइनन् तर वहाको ठुलो रहर पुरा गरिदिउ भनेर मात्रै म आज यो फोटोशप कोट्टाउदै छु । यो चित्र कृपया राम्रोसित हेर्नुहोला । नझुक्किनुहोस्, कतै यिनी नक्कली क्रन्तिकारी त परेनन ?

कृपया चित्र ठुलो पारेर हेर्नुको लागि चित्रमा क्लिक गर्नुहोला ।

कृपया चित्र ठुलो पारेर हेर्नुको लागि चित्रमा क्लिक गर्नुहोला ।
Tuesday, April 10, 2007
स्मुदिस
मलाई खासै भन्नु पर्दा आईसक्रिम खानु मनपर्दैन तर आईसक्रिममा लेमन लेखेको देखेर मेरो मुखमा थुक आयो । किनेर ल्याएको भरै त फ्रिजमा बिर्सेर तलपट्टि पो राखेछु अन्त पछि खाने बेलामा हेरेको त पुरै पग्लेर बाक्लो न बाक्लो पानी जस्तै भाको रैछ । तिर्खा लागेको बेलामा पर्खिनसक्नु भयो तर पनि केहिछिनको लागि फ्रिजरमा राखेको त आईस्क्रिम जम्नु साह्रै बेसि समय लग्ने जस्तो भएर मेरो पाली चम्चाले हल्का पानी-पानी नै रहेको आईस्क्रिम खानुथाले । अचम्मलाग्दो, यसरी पहिलोपल्ट खाएको आधा-पानी र आधा बरफक्रिम (बल्ल नेपालीमा आईस भनेको बरफ भनेर याद आयो त्यसैले बरफ लेखेको ) जे होस्, मलाई त निकै मिठो लाग्यो । कता-कता स्मुदिस खाको जस्तो पनि लाग्यो । अब स्मुदिसलाई नेपालीमा कसरी वर्णन गर्ने गाह्रो लाग्यो । तपाईहरु पनि यसरी बरफक्रिम खाने होइन त? :)
Monday, April 9, 2007
भोकटे
हामीले भोकटे रुखबाट झार्यो अन्त त्यस पछि भोकटेको फुटबल खेल्ने गर्थ्यौ । भोकटेले खेलाडीहरुको लात्ती खादा खादा नरम र गिलो गिलो भैसकेको हुन्थ्यो । त्यस पछि त्यो भोकटेलाई धारामा लगेर पानीले पुरा मजाले सफा गरेर, क्लासरूम भित्र गैइ नङ-काटनेको छुरीले भोकटेलाई सावधानी पुर्वक बिचबाट चिरेर, अनि त्यस्को बोक्रा चै ढ्वाङमा फाल्ने अनि खादा पनि टाउको नै चिलाउने एक्दमै पिरो नुन खुर्सानी एउटा स्टिलको भाडामा हालेर अनि रेसा रेसा छुट्टाएको भोकटे माथी झन् गुलियो चिनी थप्ने । भोकटेको हरेक रेसा रेसामा त्यो पिरो र गुलियोको समीश्रण; एउटा काटा प्रयोग् गरेर मिसाउने अनि त्यस्लाई छप्पक्क भिजुन्जेल छोडीदिने । त्यसपछि त्यो भोकटेलाई रससरी टप्प टिपेर आफ्नो मुखमा झ्वाम्म हाल्दा पुरा घाटी नै रसैरसले भित्र सम्म भिज्ने गरी खानु पाउदा कत्ति रमाईलो हुन्थ्यो । कस्तो मेरो त आफ्नै मुखमा थुक आयो । ट्वाक् ट्वाक् जिब्रो पडकाउनु मन लाग्यो ।
खै कुन्नी? के शीर्षक राखुम थाहा छैन
बिदाको दिन मौका पारेर हल्का दिमागको सन्तुलनका लागि गिटार फिट्दा रमाईलो हुन्छ । मलाई अरुपनि थुप्रै इन्सट्रुमेन्टहरु बजाउनु चासो छ । मलाई ग्राण्ड पियानो बजाउनु सिक्नु चै साह्रै रहर थियो तर के गर्नु, सिक्ने मौका आइपरेन तर भोलिपर्सी समय पाएभने एकदिन पक्कै पियानो बजाउनु सिक्ने छु ।
-------------------------------------------------
अनि भोक लाग्यो भने खाना पकाएर खानु पनि प्रशस्तै समय लिएर पाकएर खाईन्छ । मैले यहा प्याज, बोडी, श्रिम्प माछा , भेज्जी बर्गर, पातगोभी लाई भुटेको भात सित फ्राई गरेर पकाएको - मिठो भयो ।

------------------------------------------------------------------------------
मलाई ब्ल्यान्चले साह्रै हेरविचार गर्छिन् । वहा यस स्मिथ हलको सबैभन्दा पुरानो आया हुनुहुन्छ । स्मिथ् हल मात्र नभैइ सारा लोरस कलेज भरिका कर्मचारीहरु मध्य सबैभन्दा पुरानो स्टाफ वहा नै हुनुहुन्छ । सधै धेरैजसो म आफ्नो कोठामा बसेर पढिरहेको बेलामा, वहा मलाई खोज्दै "मिस्टर पापा, व्हेर आर यु?" भन्दै आएर जहिले पनि एउटा न एउटा चकलेट् व केन्डी छोडेर जानुहुन्छ । भो पुग्यो अब देखि मलाई यस्तो चकलेटहरु सधै ल्याएर दिनु पर्दैन भन्दा पनि, "ओ नो!, किप् ईट, यु लुक सो अन-नरिष्ड (unnourished) भन्दै चकलेट छोडेर जान्छिन ।

ब्ल्यान्च

Saturday, April 7, 2007
ईस्टरको बेलामा मोमो
विदाको बेलामा मोमो पकाएर खाने मौका । गूड फ्राइडेको दिनमा जसरी यिशस क्राइस्टलाई क्रुसिफिक्स गरिएको थियो, बाईबलमा यिशसको क्रुसिफिक्स ब्याख्या गरिए अनुसार फिलिप्पिन्समा त्यस्तै रुपमा कुनै धर्मावलम्बीहरु द्वारा आफ्नो हात र खुट्टामा कांटी ठोकिन्छ । उनीहरु आफुले जति पीडा पायो, त्यति आफु भगवान संग नजिक भएको महसुस हुने कुरामा विश्वास गर्दछन् । त्यस धार्मिक प्रदर्शनी हेर्न संसारभरी बाट लाखौको रुपमा पर्यटक तथा धर्मावलम्बीहरु भेला हुने गर्दछन् । तर सबैले भने यो रितिमा बिश्वास् गर्दैनन । कोही भने यो क्रिस्चियन धर्मको विपरित रहेको गुनासो गर्छन् । जे होस ज-जस्लाई आफ्नो जीउ बिगार्नु छ, जेसुकै गर्नुदिनुहोस्, हामीलाई के को टाउको दुखाई भयो र? आफु त मज्जाले साथी-भाईसंग त्यो दिन् मोमो पकाएर खाइयो । मोमो चै फेरी मोमोको भाँडामा पकाएको हैन । राजमनि भाईले सिक्किमको जस्तो मोमो बनाउछु भनेर पोका पारेको । हाम्रा साथी प्रज्वलले आज मोमो अनौठो तरिकाले पकाएर देखाउनु भयो । मोमो पकाउन त मोमोको भाँडा नै नचाहिनेरैछ । देक्चीमा पानी उमाल्यो र त्यस्को माथी एल्मुनियम फोइल राखेर, फोइलको माथि चै पोका पारेको मोमो राखेर माथिबाट छोप्ने भाँडाले छोपेर पकाएको । यहा तलको फोटोको मोमो चै सजाउनु नै टाइम पाएन किनकी मोमो थालमा हाल्ने बित्तिक्कै चारै दिशाबाट आक्रमण भैहाल्ने, त्यसैले जस्तो पाई-त्यस्तो देखिराको छ । खादा त मिठो भयो । हेमबर्गरको किमा जस्तो पनि लाग्यो तर साथीलाई सोध्नु पर्ला, पक्कै पनि चिकन हो । मोमो चै अत्ति नै झुम्म अनि रसिलो । एउटा सिंगै मोमो, एकैपालीमा मुखभित्र हाल्नुपर्ने खाल्को । नत्र हातमा राखेर आधा टोक्यो भने त बोसो पुरै आफ्नो औला भरि चुहिएर हैरान । जे होस मोमो मिठो थियो । हाम्रा मित्र प्रज्वल, राजमनि, अभिषेक, समिर, सुदिश र मोहित भाइ सबैजनाले ईस्टरको दिनमा मोमो चाख्यौ।
-----------------------------------------------------------------------
-----------------------------------------------------------------------
यस लेख सम्बन्धित व्यक्ति, ठाँउ, फोटो, आदि-इत्यादि
food,
loras college,
momo,
Nepalese,
visitation
Saturday, March 31, 2007
स्याउको रुख
सानो हुदा मैले स्याउ खादा स्याउ भित्रको दाना एक्चोटी खाएछु । अन्त मलाई मेरो दिदीले "लाह्! अब तेरो पेटबाट स्याउको रुख उम्रिन्छ !" भन्दा कस्तो साह्रो टेन्सन भाको थियो ।
यस लेख सम्बन्धित व्यक्ति, ठाँउ, फोटो, आदि-इत्यादि
apple seed
मेल्टिङ पट
मेल्टिङ पट भनेको विभिन्न थरिको खानेकुरा एउटै भाडामा पकाउने हो । सांस्कृतिक सन्दर्भमा -सबैजना एउटै सस्कृतिमा मिस्सिनु हो । अनेक धर्म, जाति, भाषा सबै एकै ठाउमा हुनु हो । तर मेरो प्रश्न के हो भने, जब मेटिङ पट मा यो जुन नौलो खाना भनौ वा खिचडी पाक्छ नि, त्यो खान खान लायकको को हुन्छ कि हुदैन? कति जनाले मेल्टिङ पट बाट बनेको कुरा पचाउनु सक्छन् वा सक्दैनन्? हुन त खास के लेखने हो म आफैलाई थाहा छैन, आज चै एक्दमै बोरिङ दिन छ । हिजो एउटा संयुक्त राज्य अमेरिकाको गोराहरु र कालाहरु बिच जातिय भेदभाव सम्बन्धी एउटा डक्युमेन्ट्री हेरेको थिए र त्यसै बिषयमा चिन्तन गर्न यो छोटो हरफ लेखेको ।
यस लेख सम्बन्धित व्यक्ति, ठाँउ, फोटो, आदि-इत्यादि
globalization,
melting pot
Thursday, March 22, 2007
लौ भन्नुहोस् , कुखुरा पहिला कि अण्डा ?
खासगरी मैले यो ब्लग् मेरो आफ्नै बारेमा मपाई गर्नु लेख्दैछु । हुन त यो माथिको प्रश्न र मेरो बिच कुनै सम्बन्ध छैन तापनि तेत्तिकै रमाईलो को लागि हालेको । तपाईहरुलाई झुक्काको नभन्ठान्नु होला । खासमा पाठक वर्गहरुलाई आकर्षित् गर्न प्रयोग् गरेको । आकर्षित् त गर्यो कि गरेन कुन्नि तर जे होस्, एनिवे! मेरो बारेमा भन्नु पर्दा मलाई नेपाली भाषामा ब्लग् गर्नु चासो बढेको छ । नेपाली लिपिमा थोरै मात्रमा ब्लग् देखेको हुनाले मैले पनि अरु दुइ-चार जना साथीहरुले जस्तै सुरु गरेको हुँ। मेरो बारेमा भन्नुपर्दा मलाई देखनेहरु सबैजना मलाई अति सरल भन्ठान्छन् । मेरो अनुहारमा त्यस्तो सोझोपन् झल्किने कुरा के छ कुन्नि? फाइदाजनक् रहुन्जेल् त ठिकैको कुरो हो । अरु त के भन्ने खै? रुघा लागेको बेलामा मेरो नाकबाट सिंङान् झर्छ । तिर्खा लागेको बेलामा पानी पिउछु । मलाई भुटेको भात मनपर्छ । दाल मनपर्दैन । धेरै पिरो खायो भने मेरो टाउको चिलाउछ । मलाई त्यो बोत्तलको अचारहरु मनपर्दैन । गुलियो कुरा मनपर्दैन । गुन्द्रुकको झोल् मनपर्छ । साग् सब्जीहरुमा पात गोबि मनपर्छ । तामाको तरकारी मान्छेहरुले कसरी खान्छन् कुन्नि? अचम्मै लाग्छ । कस्तो साह्रो परैबाट गनाउँछ । मलाई बाख्राको खुट्टाको झोल् चै साह्रै मनपर्ने तर आजकल चै खाँदिन, पाप हो जस्तो लाग्छ किनकि बिचरा उसले त्यो दुइटा खुट्टाले अझै कति पाईला टेक्थ्यो होला भन्ठानेर... हुन त बाख्राको चारओटा खुट्टा हुन्छ । तर कुखुराको मासु चै फेरी खाइन्छ बेला-बेलामा । पेटमा बोसो लाग्नु थालेर हैरान् भैराकोछ अन्त त्यसैले आबो देखि मासु नखाउम् भनेको तर बेला-बेलामा आँखा चिम्लेर गैहाल्छ । घरमा आमाले म सानो हुँदा कुखुरा काटनु लगाउदा त मजाले छप्काउथे तर जति बुढो हुदै गयो त्यति कुखुरा काट्ने भनेपछि त्यतिनै भागिहिड्थे । तर डराएर होइन, जिवजन्तु प्रति दया जागेर । मलाई कुखुरा भुत्ल्याउनु मनपर्दैन तर सानोमा हुँदा कुखुराको आन्द्राभुँडी सबै केलाउथे र त्यहा भित्र भाको कुखुराको पहेलो-पहेलो हरियो-सेतो सुलीलाई आन्द्रामा पाइप् जोडेर अनि सिँन्काले घोचेर, मोजा उल्टो पारे जस्तै उल्टाएर, धाराको पानीले सफा गरीकन नुनसुन् हालेर आगोमा पोलेर खान्थे । सानोमा स्कूल् गएन्जेल् जुत्ता त्यति साह्रो फटाईन । त्यो बाटा जुत्ता लगाउदा खुट्टा पछाडी घाउ बनाइदिन्थ्यो । बाँसबारी र फिट् राईट् एउटै हो कि फरक् फरक कम्पनि हो कुन्नि? बिर्से । त्यो खाले जुत्ता पनि लगाए । एह् हे! " हात्ति छाप् चप्पल् बलियो कि गैडा छाप् चप्पल् बलियो, उस्तै उस्तै हो नानु " भन्ने रेडियोमा सुनेको विज्ञापन याद आयो । त्यो निलो रब्बरको चप्लिले पिटाई खादा कस्तो साह्रो डाम् बसाईदिन्थ्यो । मेरो धेरै लुगाहरु नलगाई-नलगाई छोटो भएर गयो । सायद काठमाँडौमा अझै पनि मान्छेहरु पहिला मैले जस्तै बिहान-बिहान ६:०० बजे उठेर झापाली पसलमा दुध् लिनु जान्छन् होलान् । बिहान-बिहान घरको कुकुरलाई मुताउनु बाहिर डाँडातिर लग्थे । के तपाईहरु पनि एस्तै गर्नु हुन्थ्यो कि अल्छिको पोको हुनुहुन्थ्यो?
मेरो बिचार
जिवन भनेको एउटा ठुलो नाटक हो । हामी सबै यसका पात्र हौ । कलाकार भने पनि, दर्शक भने पनि, दुवै हामी हौ । त्यसैले कि त नाटक गरौ कि त तमासा हेरौ । मेरो बिचारमा नाटक हेर्नु भन्दा खेल्नु रमाईलो हुन्छ । दर्शक भयौ भने हरेक कुराको मनन् गरौ । जसरी जिवन् एउटा भ्रम हो, त्यसरी यसका हरेक् पक्षलाई केलाएर हेर्ने गरौ । यो एउटा बल्झिएको जालो हो जसलाई फुकाउन निकै समय लाग्छ । हामी सबैलाई चिन्ह भनौ वा कुनै एउटा कुराको पहिचान दिने तथा अस्तित्व जनाउने चिन्हले सदैव अकर्षित गरिआएकोछ । मानवजाति र चिन्ह बिच गहिरो सम्बन्ध छ । हामीलाई कुनै कुरा मनपर्यो भने त्यस्लाई एउटा चिन्ह स्वरूप सम्मान दिन्छौ । मानिसहरु सामाजिक प्राणी भएकाले गर्दा समाजभित्र मानिसलाई मानसिक् तथा भौतिक दुवै रुपमा वशमा राखनुकोलागि अनेक किसिमको जालो बिछाईएको हुन्छ । अब त्यो जालो मान्छेहरु लढे भने बचाउनको लागि भनेर राखिएको हो कि नत्र सामाज भित्र भौतरिएका पात्रहरुलाई समातेर बाहिर जालोमा फाल्नको लागि बनाईएको हो? विचार गर्नुहोस् । हत्तेरिका ! झण्डै झण्डै गत्तिलै निबन्ध पो भएछ । तर खास् भन्ने हो भने मैले के भन्नु खोजेको हो म आफैलाई थाहा छैन । लेखनु त अलिकति मार्मिक कुरो नै लेखे की जस्तो लाग्दैछ । ब्लग् लेख्नु सुरु गरेपछि के लेखने पत्तो नभएर त्यत्तिकै जे पाई त्यै शब्दहरु हालेर हुन्छ वा लामो लामो वाक्य बनाएर सक्दोसम्म यो पेज भर्ने कोसिस गर्दैछु । तपाईहरुले यहाँ सम्म पढने दुख गरिदिनु भएकोमा म यहाँहरुलाई धेरै धेरै धन्यबाद् टक्र्याउदछु । स्कूल छाडेपछि यत्तिका वर्षसम्म नेपाली नलेखेकोले गर्दा पो मेरो औला चिलाईरहेको रैछ । त्यती बेला भने नेपाली विषयलाई हेप्ने गरेको बानी अहिले आएर नेपालीमा मात्रै लेखनु र नेपालीमा मात्रै पढ्नु मन लाग्दैछ ।
Friday, February 23, 2007
"खाओवादीहरुको हातबाट रायमाझीको चिकन् टेण्डरको हत्या"
लोरस खबर पत्रिका - करिब बिहानको ११:०० बजे भिजिटेसन् निवासी लोरस कलेजका विधार्थी अभिषेक रायमाझी आफ्नो कोठाबाट काममा निस्कीरहेको बेला १ जना नकाबधारीद्वारा पिस्तोल देखाई निजको अपहरण भएको थियो । निजको झोलामा चिकन टेण्डरको "TO-GO wrap" गरेको ३ वटा पाकेट फेला पारे पछि अपहरणकारीले रायमाझीलाई गाडीबाट धक्का दिई लाईब्रेरी अगाडि छाडेको थियो । प्रहरी निरीक्षक सुदिस श्रेष्ठ यस छानबिनको सिलसिलामा हालसम्म कुनैपनि सबूत बरामद् नभएको बताउनु हुन्छ । आफ्नो प्राण भन्दा पनि प्यारो चिकन टेण्डर गुमाएको दु:खद् अवसरमा शोक व्य्त्त गर्दै रायमाझी भन्नुहुन्छ, " ज्ये पाई त्यै, इटस् ईम्पोसिबल !!! " प्रहरी द्वारा छानबिनको क्रम जारी नै रहेको जनाउदै प्रहरी निरीक्षक श्रेष्ठ चिकन टेण्डरको पक्कै पनि खान नपाएको भोको मानिसद्वारा अपहरण भएको हुनसक्ने सबूत बरामद् भएको बताउनुहुन्छ र हामी अपहरणकारीलाई छिट्ठै नै फेला पार्ने छौ भन्नुहुन्छ " अपहरणकारीलाई आफ्नै आखाँले देखेको बताउने स्मिथ निवासी अनन्त थापाज्यू चै आफैलाई शुद्ध शाकाहारी रहेको बताउनुहुन्छ ।
यस लेख सम्बन्धित व्यक्ति, ठाँउ, फोटो, आदि-इत्यादि
abishek raymajhi,
ananta thapa,
loras college,
sudish shrestha
CHINESE PEN vs. FOUNTAIN PEN
This is a very common story for Nepalese students back in the 80s till late 90s. They know they had to use fountain pens in schools where most of us blotched our white school shirts with ink all over, every where! Only the students above the 4th grade were allowed to write with pens and once they passed on to the 5th grade, they were allowed to write with ink pens. There were two brands of pen available , the "Fountain Pen" and the "Chinese Pen."
Chinese pen were expensive but gave a feel of flair writing while Fountain pens were cheap and affordable, not really flair. We used to cutoff tip of the nib to facilitate our calligraphy skills. People chose buying expensive Chinese pen cause they lasted more. Buying cheaper fountain pens let us need not be worried even if we lost them.
Fountain pens had syringe on it but Chinese pen had suckler like those baby milk bottles. The most popular brand of ink was Chelpark, an Indian product. Suga was the Nepalese brand. The Chinese pen cost around 35 Nepalese bucks while the Fountain pen cost around only 5.00. Lord knows how many times I bought those cheap ones and broke millions nibs for calligraphy. It was harder to refill fountain pen especially if you did not use it for a long time and the syringe would get rusty and stuck. I had couple of Chinese pens, they were easy to refill because of the sucklers.
Chinese pens were for lighter looking fonts. Fountain pens for thicker ones. Later came ballpoint Dot pens that cost around only two bucks each. These days, I don't know if anybody uses them or know about them or do they still exist? I guess many use these Pilot pens that are really expensive and cost around NRs. 45.00 or 55.00 something. Those were terribly expensive pens for my small budget which I would have saved from my lunch money. They sold refills for the Pilot pens too but I ever wonder if it really worked.
Have you guys ever used these pens in your life? I guess Chinese pen is still there. Is Fountain Pen still available? Students today probably still make ink blotches all over their white school shirts. Wonder what its like for kids today.

Chinese Pen,
Fountain pen,
Nepalese,
Students
Subscribe to:
Comments (Atom)